पञ्चकन्या (हिन्दू धर्म)
स्वरूप
पञ्चकन्या हिन्दू धर्मका पाँच आदर्श नारीहरूको समूह हो । हिन्दू धर्मको प्रमुख ग्रन्थ रामायणका अनुसार अहिल्या, द्रौपदी, सीता, तारा र मन्दोदरीको समूहलाई पञ्चकन्या भनिएको छ भने अर्को धार्मिक ग्रन्थ महाभारतका अनुसार सितालाई छोडेर कुन्तीलाई पञ्चकन्याको समूहमा राखिएको छ । वास्तवमा भन्नु पर्दा रामायणको कुरालाई नै आधिकारीक मानिएको छ । किन भने रामायणका अनुसार पञ्चकन्या मानिएका नारीहरूले एक न एक कष्ट भोगेका छन् । हुनत पाण्डवहरूकी माता कुन्तीले पनि कष्ट भोगेकी थिइन् । तर जती रामायणमा उल्लेख गरिएका पञ्चकन्याहरूले कष्ट भोगेका थिए त्यती कष्ट कुन्तीले भोगेको देखिन्न । पञ्चकन्याहरूको विवरण यस प्रकार रहेको छ ।