शवरी
| शबरी | |
|---|---|
२०औँ शताब्दीको सुरुवाती समयको चित्रमा शबरीको प्रसङ्ग | |
| भक्त | राम |
| गुरु | ऋषि मतङ्ग |
| जानकारी | |
| लिङ्ग | महिला |
| धर्म | हिन्दु धर्म |
शबरी, जसलाई भिलनी, भिलानी र श्रमणा नामले पनि चिनिन्छ, हिन्दु महाकाव्य रामायणकी एक वृद्धा तपस्विनी हुन्। उनलाई एक अत्यन्तै समर्पित महिलाको रूपमा वर्णन गरिएको छ, जसले राम प्रतिको आफ्नो निस्वार्थ भक्तिका कारण उनबाट आशीर्वाद प्राप्त गरेकी थिइन्।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]शबरी एक गाउँकी महिला थिइन्।[१] कृष्ण दत्तका अनुसार, उनी ज्ञानको खोजीमा थिइन् र धर्मको अर्थ जान्न चाहन्थिन्। धेरै दिनको यात्रापछि, उनले ऋष्यमूक पर्वतको फेदीमा ऋषि मतङ्गलाई भेट्छिन्। उनले ऋषिलाई आफ्नो 'गुरुको रूपमा स्वीकार गर्दै धेरै वर्षसम्म भक्तिपूर्वक उनको सेवा गर्छिन्।[१] मतङ्ग ऋषिको मृत्युको समय नजिक आएका कारण वृद्धावस्थामा पुगेकी शबरीले जीवनभर उनको सेवा गरेपछि अब उनी पनि मतङ्ग पुगेकै "शान्तिको धाम"मा पुग्न चाहेको बताउँछिनन्।[१] ऋषिले यदि उनले निस्वार्थ सेवा जारी राखिन् भने, भगवान रामले उनलाई दर्शन दिने जवाफ दिन्छन्। उनले शबरीलाई रामको आगमनको प्रतीक्षा गर्न आग्रह गर्छन्। त्यसपछि, पद्मासनमा बसेर ऋषिले महासमाधि प्राप्त गर्छन्। आफ्नो गुरुको सल्लाह पछ्याउँदै, शबरीले रामको आगमनको प्रतीक्षा गर्छिन्।[१]
हरेक दिन, शबरी लौरोको सहाराले आफ्नो आश्रम'बाट बाहिर निस्कन्थिन् र रामका लागि बयरहरू टिप्ने गर्थिन्। उनी एउटा बयर टिप्थिन्, त्यसलाई चाख्थिन् र यदि त्यो मीठो छ भने मात्र आफ्नो टोकरीमा राख्थिन् र तीता बयरहरू फालिदिन्थिन्। उनी रामलाई केवल राम्रा र मीठा बयरहरू मात्र दिन चाहन्थिन्।[२] भगवानलाई चढाइने वस्तु पहिले चाख्नु नहुने उनलाई यो थाहा हुँदैन। यसरी, केही बयरहरू जम्मा गरेर शबरी आश्रममा फर्कन्थिन् र उत्सुकताका साथ रामको आगमनको प्रतीक्षा गर्थिन्।[२][३]
रामको आगमन
[सम्पादन गर्नुहोस्]धर्मशास्त्रका विवरणहरूका अनुसार, सयौँ अन्य योगीहरू आ-आफ्ना आश्रममा रामलाई स्वागत गर्न पर्खिरहेका भए तापनि, राम शबरीको निष्कपट भक्तिका कारण उनको आश्रममा मात्र जान्छन्। रामलाई देख्नेबित्तिकै शबरी हर्षविभोर हुँदै "तपाईंको दर्शनका लागि धेरै उच्च कोटीका योगीहरू पर्खिरहेका थिए, तर तपाईं यस अयोग्य भक्तकहाँ आउनुभएको बताउँछिन्।
शबरीले निकै मेहनतका साथ सङ्कलन गरेका ती फलहरू अर्पण गर्छिन्। रामले ती बयरहरू चाख्न थाल्दै गर्दा लक्ष्मणले शबरीले पहिले नै चाखिसकेकाले ती बयरहरू जुठो भएको र खान अयोग्य भएको भन्दै आपत्ति जनाउँछन्। यसमा रामले[४] उनले चाखेका धेरै प्रकारका भोजनहरूमध्ये, "यति धेरै भक्तिपूर्वक अर्पण गरिएका यी बयरहरूसँग कुनै पनि कुरा तुलना हुन नसक्ने जवाफ फर्काउँछन्। परम्परागत लेखकहरूले यस कथालाई भक्तिमा भगवानले भक्तका सानातिना गल्तीहरू हेर्दैनन् भन्ने कुरा बुझाउन प्रयोग गर्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 Keshavadas 1988, p. 121
- 1 2 Keshavadas 1988, p. 122
- ↑ Raj, Sundara (२००७-०९-२८), "A novel attempt", The Hindu, मूलबाट २००८-०२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०६-११। अभिलेखिकरण २००८-०२-१८ वेब्याक मेसिन
- ↑ "Rosary of Divine Wisdom" (अङ्ग्रेजीमा), Brig. Partap Singh Ji (Retd.), २७ अगस्ट १९९९।