सामग्रीमा जानुहोस्

तारा (रामायण)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किष्किन्धाका महलमा लक्ष्मण , सुग्रीवहनुमान तारालाई भेट्दै

तारा हिन्दू महाकाव्य रामायणमा वानरराज वालिकी पत्नी हुन् । ताराको बुद्धिमता, प्रत्युत्पन्नमतित्वता, साहस तथा आफ्नो पतिका प्रति कर्तव्यनिष्ठालाई सबै पौराणिक ग्रन्थहरूमा वर्णन गरिएको छ । तारालाई हिन्दू धर्मले पञ्चकन्याहरू मध्येकी एक मानिएको छ ।[] पौराणिक ग्रन्थहरूमा पञ्चकन्याहरूका विषयमा भनिएको छ-

अहिल्या, द्रौपदी सीता तारा मन्दोदरी तथा

पञ्चकन्या स्मरणित्यं महापातक नाशक॥[]

(अर्थात् अहिल्या, द्रौपदी, सीता, तारा तथा मन्दोदरी, यी पाँच कन्याहरूको प्रतिदिन स्मरण गर्नाले सारा पापहरू मेटिन्छन्)[]
तर पनि तारालाई मुख्य भूमिकामा वाल्मीकि रामायणमा केवल तीन ठाउँमा मात्र दर्शाइएको छ, तर त्यसको चरित्रले रामायणको कथालाई समझनेहरूका मनमा कहिले पनि नमेटिने छाप छोडेको छ । जसरी भएनी ताराको चरित्र मुख्य भूमिकामा छ, त्यो यस प्रकार छन्:-

  • सुग्रीव र वालिका द्वितीय द्वंद्वभन्दा पहिले ताराको वालिलाई चेतावनी।
  • वालिको वध पश्चात् ताराको विलाप।
  • सुग्रीवकी पत्नी बने पश्चात् क्रोधित लक्ष्मणलाई शान्त गर्नु ।

केही ग्रन्थहरूका अनुसार तारा देवताहरूका गुरु बृहस्पतिकी पौत्री थिइन् ।[] एक कथाका अनुसार तारा समुद्र मन्थनका बेला चौध रत्नहरू मध्येकी एक अप्सरा थिइन् । [] वालि र सुषेण दुवै समुद्र मन्थनमा देवतागणको मदद गर्दै थिए । जब उनले तारालाई देखे दुइटैमा तिनलाई पत्नी बनाउने होड लाग्यो । वालि ताराको दायाँ पट्टी तथा सुषेण ताराको बायाँ पट्टी उभिए । तब भगवान विष्णुले विवाहको समयमा कन्याको दाहिने तर्फ वर र बायाँ तर्फ कन्यादान कर्ता हुन्छ भनेर फैसला गरे । अतः वालि ताराको पति तथा सुषेण तिनका पिता घोषित गरिए ।[]

रामले सुग्रिवलाई वालीलाई मार्ने आश्वासन दिएकाले सुग्रीवले वालिलाई लडाईको लागि हाँक दिए । वालि हाँक सुनेर बाहिर आए दुइटैमा घमासान युद्ध भयो, किन भने दुवै भाइहरूको मुख तथा देह रचना समान थियो, यस कारण रामले को बालि हो र को सुग्रिव हो भनेर नचिनेका कारण आफ्नो बाण चलाएनन् । अन्ततः वालिले सुग्रीवलाई नराम्रोसँग परास्त गरेर टाडा भगाइ दिए । सुग्रीव निराश भएर फेरि रामको नजिक आए ।[] रामले यस पल्ट लक्ष्मणलाई सुग्रीवको गलामा माला हाल्न लगाए, जसबाट त्यो द्वंद्वका बेला सुग्रीवलाई चिन्नमा गल्ती हुने छैन । सुग्रीवलाई वालिलाई पुन: हाँक दिनु भने ।

ताराको वालिलाई चेतावनी

[सम्पादन गर्नुहोस्]

सुग्रीवले किष्किन्धा गएर वालिलाई फेरी द्वंद्वका लागि हाँक दिए । जब वालिले दोबारा सुग्रीवको हाँक सुने पछि तिनको क्रोधको ठेगाना रहेन । तारालाई शायद यस कुराको बोध भएको थियो कि सुग्रीवलाई रामको संरक्षण हासिल छ किन भने एक्लै त सुग्रीव वालिलाई दोबारा हाँक दिने हिम्मत कदापि गर्दैन । अतः कुनै अनहोनीको भय देखेर ताराले वालिलाई सावधान गर्ने चेष्टा गरिन् । तिनले यहाँसम्म भनिन् कि सुग्रीवलाई किष्किन्धाको राजकुमार घोषित गर्नका लागि वालि तिनसँग सन्धि गरुन् । किन्तु वालिले यस संकाले कि तारा सुग्रीवको अनुचित पक्ष लिरहेकी छन्, तिनलाई दुत्कारे । किन्तु बालिले तारालाई यो आश्वासन दिए कि म सुग्रीवलाई मार्ने छैन मात्र त्यसलाई राम्रो सबक सिखाउनेछु ।[]

ताराको विलाप

[सम्पादन गर्नुहोस्]
ताराको काखमा मरणासन्न वालि, चित्रका बीचमा हनुमान

यस्तो मान्न्यता छ कि रामले वालिमा जो तीर चलाएका थिए त्यो एक साधारण तीर थियो, अर्थात् रामको ठुक्रोमा अनेकानेक अस्त्र थिए जिसले पल भरमा जीव त के पूर्णको पूर्ण सभ्यताको विनाश हुन सक्थ्यो, जस्तै ब्रह्मास्त्र इत्यादि। तर मर्यादा पुरुषोत्तम राम — जो कि विष्णुका अवतार थिए, र सर्वज्ञाता थिए —ले एक साधारण तीर यस कारण चलाए कि वालिको तुरन्त मृत्यु न होस् र मर्नुभन्दा पहिले त्यसलाई आफ्नो प्रश्नहरूको उत्तर राम्ररी प्राप्त हउन् ताकि त्यो शान्तिसँग प्राण त्याग गरोस् र मर्नुभन्दा पहिला त्यो स्वजनहरूलाई राम्ररी भेटोस् । वालिको वध भएको समाचार सुनेर तारा आफ्नो पुत्र अंगदसँग रणभूमि तर्फ भागीन् । बाटामा उनलाई रणदेखि भाग्दै आएका वानरहरू भेटिए । बाँदरहरूले तिनलाई अंगदलाई किष्किन्धा लिएर अंगदको राज्याभिषेक गरेर रामका प्रकोपदेखि बच्ने सल्लाह दिए । तर ताराले त्यस वानर समूहलाई आफ्नो साथमा लिएर मरणासन्न वालितर्फ प्रस्थान गरिन् । वहाँ गएर वालिको समक्ष ताराको विलाप अति महत्त्वपूर्ण छ किन भने मनुष्यका अतिरिक्त कुनै र प्राणी आफ्ना स्वजनको मरणमा यति विलाप गर्दैन । पहिले त ताराले मर्न लागेको वालिलाई अंगालो हालिन्, त्यस पश्चात् सुग्रीव तथा रामलाई खरी खोटी सुनाउँन थालिन् । हनुमानले मध्यस्थता गर्दै तारालाई समझाए र तिनलाई दर्शन शास्त्र सुनाए ।[] यो एक अनूठा सन्दर्भ छ कि ताराले वालिको चितामा आफ्नो पनि प्राण त्याग्ने संकल्प लिइन् यसको अभिप्राय यो हो कि सती प्रथा हाम्रो समाजमा प्रचीन कालदेखि चली आएको छ । यस सन्दर्भमा यति नैं भन्नु उचित छ कि विलापको समयमा ताराले जो वचन भनिन् त्यस्तो वचन कुनै साधारण नारीले भन्न सक्दैनन् । तारालाई राजनीति तथा कूटनीतिको राम्रो ज्ञान थियो । यसै कारणले वानरहरूले जती भने पनि उनले अंगदको राज्याभिषेक नगराएर सुग्रीवलाई नैं राजा मनोनीत गरिन् । आफ्नो पुत्रमा कुनै प्रकारको आँच न आवस् भनेर ताराले सुग्रीवलाई आफ्नो स्वामी स्वीकार गरिन् ।[]

लक्ष्मणलाई शान्त गर्नु

[सम्पादन गर्नुहोस्]
तारा तथा सुग्रीव लक्ष्मणका साथमा

वालिको वध पश्चात् ताराले यही सुग्रीवलाई स्वामी स्वीकार गर्नु नै उचित ठानिन् किनभने उनले अंगदको रक्षा पनि गर्नु थियो । जब सुग्रीव राजोल्लासमा तल्लीन भएपछि रामलाई सीता खोज्ने वचन दिएको विर्सिए । सुग्रिवलाई आफ्नो वचन याद गराउन रामले लक्ष्मणलाई पठाए । लक्ष्मण त्यसै पनि निकै रिसालु स्वभावका थिए । उनले किष्किन्धाको राजधानी पम्पापुरमा आक्रमणको धावा बोल दिए। सुग्रीवलाई आफ्नो गल्तीको ज्ञान त भयो तर लक्ष्मणको सामना गर्ने हिम्मत आएन । सुग्रिवले तारासँग लक्ष्मणलाई शान्त गर्न आग्रह गरे । तारा निवासबाट मदोन्मत्त निस्किन् र लक्ष्मणलाई शान्त गरिन् । ताराले लक्ष्मणलाई महर्षि विश्वामित्रको उदाहरण दिएर यस्ता महात्मा पनि इन्द्रिय विषयका भोगहरूका अघाडी लाचार भएका थिए भने सुग्रीवको त बिसात नैं के त्यसमा पनि यि मनुष्य नभएर एक बाँदर हुन् । ताराले यो पनि वर्णन गरिन् कि सुग्रीवले चार दिशाहरूमा सेना एकत्रित गर्नका लागि दूत पठाई सकेका छन् । वाल्मीकि रामायण तथा अन्य भाषाहरूका रूपान्तरणहरूमा यो उल्लेख छ कि अधखोलेको नयन वाली मदोन्मत्त ताराका तर्कहरूलाई सुनेर लक्ष्मण अलि शान्त भए । त्यस पश्चात् सुग्रीव लक्ष्मण भएको ठाउँमा आए र सुग्रिवबाट सीतालाई खोज्ने आश्वासन पाएर लक्ष्मण फर्किए । रामायणका केही क्षेत्रीय रूपान्तरणहरूमा यो पनि दर्शाइएको छ कि जुन बखत लक्ष्मणले किष्किन्धाको राजधानीको राजमहलको गर्भागृहमा क्रोधित भएर प्रवेस गरेका थिए त्यस समय सुग्रीवका साथमा मदिरा-पान गर्न उनकी प्रथम पत्नी रूमा नभएर तारा थिइन् । भोग विलासमा ति दुइटै तल्लीन थिए । यसमा यो याद दिलाउन उचित हुन्छ कि रामसँग मैत्री गर्ने समयमा सुग्रीवले आफ्नो राज्य छिनिएको भन्दा पनि बालि द्वारा आफ्नो पत्नी रूमाको हरण भएकोमा दुःख प्रकट गरेका थिए । तर तारा जस्ता सहभागिनी (किन भने यस सन्दर्भमा पत्नी भन्न त उचित छैन होला) पाएर सुग्रीवले आफ्नो प्रीय पत्नी रूमालाई पनि विर्सेका थिए ।

तारा एक नारी

[सम्पादन गर्नुहोस्]

रामायणका धेरै रूपान्तरणहरूमा यो उल्लेख भएको छ कि जब मायावीसँग युद्ध गर्ने समयमा बालिलाई धेरै समय लाग्यो । धेरै समयसम्म बालि नफर्केको देखेर मायावीले बालिको बध गरेको सोची सुग्रीवले कन्दराको मुहानमा एक शिला लगाएर त्यसको द्वार बन्द गरिदिए । किष्किन्धा वापस आएर यस कुराको सूचना मन्त्रीहरूलाई दिए कि सायद बालिलाई मायावीले मारेछ । त्यो सुनेर मंत्रणा गरी मन्त्रीहरूले सुग्रीवलाई किष्किन्धाको राजा चुने र प्रकट रूपले विधवा भएकी तारा आफ्नो पतिका भाईकी पत्नी स्वीकृत भईन् । यस प्रथालाई न त वाल्मीकि रामायणमा न त्यसको क्षेत्रीय रूपान्तरणहरूमा पापको दर्जा दिइएको छ । तरजब वालि मायावीको वध गरेर वापस किष्किन्धा आउँछ र क्रोधका कारण सुग्रीवलाई देश-निकालो दिन्छ र त्यसकी पत्नी रूमालाई हरण गर्छ । किष्किन्धाकाण्डमा सुग्रीव-राम मिलापका बेला राम यसलाई घोर पापको संज्ञा दिन्छन् । [] वालिको वध पछि पनि तारा पुनः सुग्रीवकी पत्नी बनिन् । सायद त्यस कालको समाजमा बहु-पत्नी तथा बहु-पति (द्रौपदी) प्रथाको चलन स्वीकार्य रहेको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ Bhattacharya, Pradip (मार्च–Apr २००४), "Five Holy Virgins, Five Sacred Myths: A Quest for Meaning (Part I)", Manushi (141): 7–8। 
  2. "तारा", अन्तिम पहुँच २०१२-०५-०१  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  3. "ताराको विवाह", अन्तिम पहुँच २०१२-०५-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०६ मिति
  4. "सुग्रीव-वालि प्रथम द्वंद्व", अन्तिम पहुँच २०१२-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-१७ मिति
  5. "सुग्रीव-वालि द्वितीय द्वंद्व", अन्तिम पहुँच २०१२-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २००९-०९-२१ मिति
  6. "ताराको विलाप", अन्तिम पहुँच २०१२-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०७ मिति
  7. "ताराको बुद्धिमता", अन्तिम पहुँच २०१२-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-२२ मिति
  8. "सुग्रीव-राम मिल्योप", अन्तिम पहुँच २०१२-०५-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२१ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]