सामग्रीमा जानुहोस्

मेघनाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेघनाद
राजा रवि वर्माद्वारा चित्रित इन्द्रमाथि विजय प्राप्त गरेपछिको मेघनादको चित्र
जानकारी
उपनामहरूरावणी
शक्रजित्
वरिदानद
घननाद
वासवजित्
शीर्षकइन्द्रजित
"इन्द्रलाई जित्ने"
परिवाररावण (पिता)
मन्दोदरी (माता)
अतिकायअक्षयकुमार (भाइहरू)
जीवनसाथीसुलोचना (रामायणका केही संस्करणहरूमा)
गृहलङ्का

मेघनाद (संस्कृत: मेघनाद, शाअ'बादलको गर्जन'), जसलाई उनको उपाधि इन्द्रजित (संस्कृत: इन्द्रजित्, शाअ'इन्द्रलाई जित्ने') नामले पनि चिनिन्छ, हिन्दु धर्मग्रन्थहरूका अनुसार रावणका जेठा छोरा र लङ्काका युवराज थिए, जसले इन्द्रलोक (स्वर्ग) माथि विजय प्राप्त गरेका थिए। उनलाई हिन्दु ग्रन्थहरूमा सबैभन्दा महान् योद्धाहरूमध्ये एक मानिन्छ। उनी भारतीय महाकाव्य रामायण का एक प्रमुख पात्र हुन्। मेघनाद बङ्गाली महाकाव्य मेघनाद बध काव्य का मुख्य पात्र पनि हुन्। उनले राम र रावणबीचको महान् युद्धमा सक्रिय भूमिका खेलेका थिए। उनले आफ्ना गुरु शुक्रबाट धेरै प्रकारका दिव्य अस्त्रहरू प्राप्त गरेका थिए। उनको सबैभन्दा प्रमुख उपलब्धि स्वर्गमा देवताहरूलाई पराजित गर्नु हो।

ब्रह्मास्त्रको प्रयोग गरेर इन्द्रजितले एकै दिनमा ६७ करोड वानरहरूको वध गरेका थिए; जसले वानर प्रजातिलाई लगभग समाप्त नै पारेको थियो। रामायणमा यसअघि कुनै पनि योद्धाले यस्तो तथ्याङ्कीय सफलता हासिल गरेका थिएनन्।[] उनी सम्पूर्ण रामायणमा राम र लक्ष्मण दुवै सशस्त्र अवस्थामा हुँदा अस्त्र र जादु (एक पटक "नागपाश अस्त्र" र अर्को पटक ब्रह्मास्त्र) को सहायताले दुई पटक बेहोस बनाएर पराजित गर्ने एक मात्र योद्धा हुन्। अन्ततः उनको मृत्यु लक्ष्मणको हातबाट भएको थियो।[] भगवान् ब्रह्मा र ऋषि अगस्त्यले उनलाई आफ्ना पिता रावणभन्दा पनि शक्तिशाली र श्रेष्ठ योद्धा बताएका थिए।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

इन्द्रजितसँग आकाशबाट, बादलको पछाडि लुकेर युद्ध गर्ने विशेष क्षमता थियो। त्यसैकारण युद्धको समयमा राम र लक्ष्मण दुवै पराजित भएका थिए र सर्प (नागपाश) द्वारा बाँधिएका थिए। संस्कृतमा, "इन्द्रजीत" नामको शाब्दिक अर्थ "इन्द्रको विजेता" भनी उल्लेख गरिएको छ। उनले देवताहरूका राजा इन्द्रलाई पराजित गरेका थिए, जसपश्चात् उनलाई "इन्द्रजीत" (इन्द्रलाई जित्ने) भनेर चिनिन थालिएको थियो।[] उनलाई शक्रजित, रावणी, वासवजित, वरिदानद र घननादका नामले पनि चिनिन्छ।

ब्रह्माको वरदान

[सम्पादन गर्नुहोस्]

देवता र रावणबीचको युद्धको क्रममा, अन्य सबै देवताहरूसहित स्वर्गका राजा इन्द्रले रावणलाई बन्दी बनाउँछन्। आफ्ना पिताको रक्षा गर्न मेघनादले इन्द्रलाई समातेर कम्मरमा पक्रिन्छन्। उनले इन्द्रलाई घिसार्दै आफ्नो दिव्य रथमा पुर्‍याएर कम्मरमा कसिलो गरी बाँध्छन्। उनले इन्द्रलाई बन्दीका रूपमा लङ्काको दरबारमा ल्याउँछन्। मेघनादले इन्द्रलाई वर्षौँसम्म आफ्नो निवासमा थुनेर राख्छन् र उनलाई शारीरिक तथा मानसिक यातना दिन्छन्। रावण र मेघनादले इन्द्रलाई मार्ने निर्णय गर्छन्। यस मोडमा, ब्रह्माले हस्तक्षेप गर्छन् र मेघनादलाई इन्द्रलाई मुक्त गर्न भन्छन्। मेघनादले आज्ञा पालन गर्छन् र बदलामा उनलाई ब्रह्माबाट वरदान माग्ने अवसर दिइन्छ।

मेघनादले अमरताको वरदान माग्छन्, तर ब्रह्माले पूर्ण अमरता प्रकृतिको नियम विरुद्ध हुने बताउँछन्। आफ्नो कुलदेवी प्रत्यङ्गिराको यज्ञ (अग्नि-पूजा) अर्थात् "निकुम्भिला यज्ञ" पूरा गरेपछि उनले एउटा दिव्य रथ प्राप्त गर्नेछन्, जसमा सवार भएपछि युद्धमा कुनै पनि शत्रुले उनलाई मार्न सक्ने छैनन् र उनी अपराजित हुनेछन् भनि उनलाई अर्को वरदान दिइन्छ। तर जसले यो यज्ञ नष्ट गर्नेछ, उसैले उनलाई मार्नेछ भनि ब्रह्माले उनलाई चेतावनी पनि दिन्छन्। यस युद्धमा मेघनादको वीरताबाट ब्रह्मा अत्यन्तै प्रभावित हुन्छन् र ब्रह्माले नै उनलाई "इन्द्रजित" (इन्द्रलाई जित्ने) नाम दिन्छन्। ब्रह्माले मेघनादलाई अर्को एउटा वरदान पनि दिएका थिए, जसमा उनलाई १४ वर्षसम्म निरन्तर नसुतेको साधारण मानिसले मात्र मार्न सक्ने वाचा गरिएको थियो।[]

युद्धमा भूमिका

[सम्पादन गर्नुहोस्]

मेघनाद रावणको तर्फबाट सबैभन्दा महान् योद्धा थिए। उनी एक कुशल धनुर्धारी र मायावी युद्ध प्रविधिका अद्वितीय ज्ञाता थिए।

इन्द्रजीतको नागपाशद्वारा बाँधिएका राम र लक्ष्मण

रामको सेनासँगको युद्धको पहिलो दिनमा, इन्द्रजित आफ्ना अस्त्रहरूको प्रयोगमा निकै तीव्र थिए। अङ्गदले इन्द्रजितको रथमा उफ्रिएर त्यसलाई ध्वस्त पारिदिन्छन् र उनका घोडाहरू तथा सारथीलाई मारेर मेघनादलाई युद्धमा पराजित गर्छन्।[] लगत्तै, इन्द्रजित अदृश्य भई बादलमा लुक्छन्, जहाँबाट उनले आक्रमण गरेर सुग्रीवको सेनालाई छिट्टै सखाप पार्छन्। उनले आफ्ना काका र भाइहरूको मृत्युको बदला लिनका लागि आफ्नो मायावी जादुको प्रयोग गर्दै राम र लक्ष्मणलाई प्रत्यक्ष युद्धका लागि चुनौती दिन्छन्।

लक्ष्मण उनको सामुन्ने आउँछन् र उनीहरूबीच भीषण युद्ध हुन्छ। रामले शब्द-भेदी वाणको प्रयोग गरेर उनलाई गम्भीर घाइते बनाउँछन् र लक्ष्मणले ब्रह्मास्त्र प्रयोग गरेर उनलाई मार्नै लागेका थिए, तर रामले अदृश्य शत्रुमाथि आक्रमण गर्नु युद्धको नियम विपरीत हुने भन्दै उनलाई रोक्छन्। रामले मेघनादलाई सधैँका लागि समाप्त गरिदिने घोषणा गर्छन् र रामको मनसाय बुझेर मेघनाद युद्धभूमिबाट भाग्छन्। त्यसपछि मेघनादले आफ्नो सबैभन्दा घातक अस्त्र नागपाश (लाखौँ सर्पहरूले बनेको जाल) प्रयोग गर्छन्।[]

हनुमानको अनुरोधमा आएका गरुडले उनीहरूलाई नागपाशबाट मुक्त गराउँछन्। गरुड जटायुसम्पातीका काका, सर्पहरूका शत्रु र विष्णुका वाहन थिए, जसका सातौँ अवतार राम थिए।[]

सन्दर्भसूची

[सम्पादन गर्नुहोस्]
  1. George M. Eberhart, Mysterious Creatures: A Guide to Cryptozoology, ABC-CLIO, पृ: ३८८, आइएसबिएन 978-1-57607-283-7
  2. DUTT, MANMATHA NATH (१८९४), The Ramayana, CALCUTTA: Elysium Press।
  3. "The Ramayana index"
  4. B. A van Nooten William (२०००), Ramayana, University of California Press, आइएसबिएन 978-0-520-22703-3
  5. "Valmiki Ramayana - Yuddha Kanda - Sarga 44"
  6. "Valmiki Ramayana - Yuddha Kanda - Sarga 45"
  7. "Valmiki Ramayana - Yuddha Kanda - Sarga 50"