लङ्का
Jump to navigation
Jump to search
लंका (हालको श्रीलङ्का ,सिंहाली: ලංකාපුර (लंकापुर), मलाय: लंकापुरी) हिन्दु धर्मको ग्रन्थ रामायणमा उल्लेख गरिएका पात्र राजा रावणको राज्य हो ।
यो 'त्रिकुट' नामक तीन पर्वतद्वारा घेरिएको थियो। [१][२][३] रामायणको अनुसार, जब रावणले हनुमानलाई दण्ड दिनको लागि उसको पुच्छरमा कपडा बाँधेर तेलमा भिँजाएर आगो लगाएको थियो तब हनुमानले पुरै लंकामा आगो लगाएका थिए। जब रामले रावणको वध गरे तब रावणका भाइ विभीषणलाई लंका का राजा बनाइयो।
आजको श्री लंका नै पौराणिक लंका मानिन्छ। पाण्डवको समयमा रावण को वंशज नै लंकामा राज्य गरिरहेका थिए। महाभारत अनुसार, युधिष्ठिर राजसूय यज्ञ को पूर्तिको लागि सहदेव अश्व लिएर लंका गएका थिए।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Valmiki Ramayana – Sundara Kanda – Sarga 9", Sanskritdocuments.org, २००८-१२-०७, अन्तिम पहुँच २०१२-११-०७।
- ↑ Guruge, Ananda W. P. (१९९१), The Society of the Rāmāyaṇa – Ananda W. P. Guruge – Google Books, आइएसबिएन 9788170172659, अन्तिम पहुँच २०१२-११-०७।
- ↑ Vālmīki (१९७६), Srimad Valmiki-Ramayana - Vālmīki - Google Books, अन्तिम पहुँच २०१२-११-०७।