जनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान श्रीरामको स्वागतमा रहेका राजा जनकको चित्र

राजा जनक (संस्कृत: जनक,तेलगु: జనకుఁడు,तमिल: ஜனகன், थाइ: ชนก) अथवा राजर्षि जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी नेपालको धनुषा जिल्ला स्थित जनकपुर शहरमा थियो । राजा हुँनुका बावजुत सांसारिक मोह र बन्धनबाट मुक्त भइ राज्य गरेकाले यिनको प्रसिद्धी राजर्षि को रुपमा भएको हो ।

जन्म[सम्पादन गर्नुहोस्]

राजा जनकको जन्म नेपालमा पर्ने जनकपुर शहरमा भएको थियो । राजा जनक को वास्तविक नाम सिरध्वज हो । जनक उनको वंसको नाम थियो भन्ने विश्वास गरिन्छ।

सन्तान[सम्पादन गर्नुहोस्]

पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए।

यिनी नेपालका राष्ट्रिय विभूति हुन्।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • Dictionary of Hindu Lore and Legend (ISBN ०-५००-५१०८८-१) by Anna Dhallapiccola

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=जनक&oldid=1172815" बाट अनुप्रेषित