अरनिको
अरनिको | |
---|---|
![]() चीनको बेइजिङ स्थित मिआओइङ मन्दिरमा रहेको अरनिकोको प्रतिमा | |
जन्म | सन् १२४५ पाटन, ललितपुर महानगरपालिका |
मृत्यु | सन् १३०६ चीन |
अन्य नाम | बलबाहू आनिक |
पेशा | कलाकार |
चिनारीको कारण | प्यागोडा शैली |
उल्लेखनीय कार्य | स्वेत चैत्य, चीन |
अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरू निर्माण गर्ने दक्ष कलाकार हुन् ।
अनुवादमा केही भ्रमको लागि, उनको नाम पुरानो ग्रन्थहरूमा अर्निको वा अरनिको भनेर विभिन्न रूपमा लेखिएको छ। बाबुराम आचार्यले गरेको गल्तीले उनको संस्कृत नाम बालाबाहु राख्यो । जे होस्, पछि उहाँले अनिको सम्भवतः संस्कृत नाम Aneka को लागि चिनियाँ उच्चारण हुन सक्छ भनेर तर्क गर्छन्।यो पनि सम्भव छ कि उनको नाम "आ नी का" को अर्थ "नेपालका आदरणीय दाजु" हुन सक्छ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएको थियो। यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए। चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए, जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए। अरू ल्याइले श्रीमतीहरू पनि थिए।[१]
चीनका तत्कालिन प्रभावशाली सम्राट कुब्ला खाँ का राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पुर्याएका थिए।[२] यिनैले अरनिकोलाई सम्राट कुब्ला खाँ सँग भेट गराइदिएका थिए।[१]
अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ।
युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति-निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो- अरनिको । उनको वास्तविक् नाम् बलबाहु भएपनि अरनिको नामले विश्व प्रसिद्ध भए । अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए ।
वैज्ञानिक एवं मूर्तिकार अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम गरेका थिए। उनले तिब्बत र चीनमा सुनको जलप भएका अनेकौँ रंगले रङ्गिएका मूर्ति बनाउने, पुराना मूर्तिको जीर्णोद्धार गर्ने काममा अत्यन्त कुशलतापूर्वक हात हालेर सुन र पारोटको रासायनिक गुणको राम्रो ज्ञान भएको तथ्यतालाई प्रमाणित गरेर गएको देखिन्छ। यिनले चीनमा प्यागोडा शैलीमा भव्य श्वेत प्यागोडाको निर्माण गरेका थिए । चीनमा उनलाई क्वान्ह्यु नाइफ र 'नासथु' उपाधि दिइएको थियो । चीनमा बादशाहले उनलाई 'साङ्नु' भन्ने दर्जा पनि दिइएको थिए ।
उनले आफ्नो जीवनकालमा तामा, पित्तल र जस्ता आदि धातुबाट मिश्रित धातु बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई व्यवहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान र मूर्ति लक्षणको पूर्णज्ञान लिई कार्य गर्ने गरेकाले नै उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ।
ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९ मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिषगणितमा प्रयोग हुने यन्त्रसमेत निर्माण गरेका थिए। यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए। त्यस्तै अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका थिए। उनको जन्म संभवतः पाटनमा सन् १२०० सयको तेस्रो या चौथो दशकतिर भएको अनुमान छ। उनको मृत्यु सन् १३०६ मा पहिलो महिनामा चीनको पेकिङमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ जोशी, सत्यमोहन (७ साउन २०७५), "बुद्ध खोज्दै चीन पुग्दा फेलापरे अरनिको", सेतोपाटी अनलाइन, अन्तिम पहुँच २४ जुलाई २०१८।
- ↑ कर्माचार्य, केके (१ चैत्र २०७६), "चीनतिर फर्किरहेका अरनिको", कान्तिपुर, अन्तिम पहुँच २२ जेष्ठ २०७९।
