राम शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामशाहबाट अनुप्रेषित)
राम शाह
गोरखाको राजा
राजा राम शाह
शासनकालवि.सं. १६६३ - १६९०
पूर्वाधिकारीछत्र शाह
उत्तराधिकारीडम्बर शाह
जन्मगोरखा दरबार
मृत्युवि.सं. १६९०
सन्तानडम्बर शाह
नाम
स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज राम शाह
वंशशाह वंश
बाबुपुरेन्द्र शाह
धर्महिन्दू

राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् ।[१] दाजु छत्र शाहको पद परित्यागमा यिनी राजा घोषित भएका हुन्। उनको शासन कालमा वि.सं.१६६३ देखी १६९० सम्म २७ वर्ष चलेको थियो । उनले स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज को उपाधि धारण गरेका थिए।

शासनकालमा गरिएका कार्यहरु[सम्पादन गर्नुहोस्]

उनले आफ्नो राज्यमा ढक, तराजु, माना, मुरि, दाम, पैसाको प्रचलन र जिन्सिमा २५ प्रतिशत र नगदमा १० प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने चलन चलाए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन चलाए । राम शाहको न्याय प्रियताले गर्दा न्याय नपाए गोर्खा जानू भन्ने उक्ति चलेको थियो । उनका अनेकौँ प्रजा हितकारी कामले गर्दा केहि छिमेकी राज्य राम शाहको प्रशासनिक कौशलबाट प्रभावित भइ गोरखामा मिल्न गएका थिए भने उनका सुधारका काम छिमेकी राज्यलाई प्रेरणा बनेको थियो । यिनी नेपालका राष्ट्रिय विभूति हुन्।

यिनले लकाङ, मिर्कोट देउराली, धुवाँकोट, च्याङ्ली, मझुवा, आठार सय खोला आदि विजय गरी राज्य सुदृढ गर्ने काम गरेका थिए। यिनले वि.सं. १६७१ मा गोरखाको पोखरी थोकमा मुरली नारायणको मन्दिर, वि.सं. १६९३ मा रामेश्वर महादेवको मन्दिर स्थापना गरेका थिए। ३७ वर्ष शासन गरी वि.सं. १६९० मर्स्याङ्दी र दरौंदीको दोभानमा पर्ने मझुवा खैरेनीमा यिनको मृत्यु भएको थियो।

मृत्यु[सम्पादन गर्नुहोस्]

यिनको मृत्यु सन् १६३६ (वि.सं. १६९३) मा गोरखा दरबारमा भयो।

पूर्वाधिकारी
छत्र शाह
गोरखाको राजा
सन् १६०६ – १६३६
उत्तराधिकारी 
डम्बर शाह

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]