सामग्रीमा जानुहोस्

शाह वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शाह वंश
देश लमजुङ राज्य, गोरखा राज्य, कास्की राज्य, नेपाल अधिराज्य
पुर्ख्यौली थलो शाह वंशको दाबी अनुसार (बझांग र बाजुरा वरपर थलो मानिएको--> name=Hindu/> [स्रोत नखुलेको]
उपाधि शाह
संस्थापक यशोब्रम्ह शाह
अन्तिम शासक ज्ञानेन्द्र शाह
हालको शिर्ष विघटन
स्थापना १६औं शताब्दि
विघटन २८ मे २००८ (२०६३ बैशाख)
धर्म हिन्दू

शाह वंश नेपाल राजतन्त्रका प्रशासक थिए । राजा रामशाहको पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।[१] तर चितौडगढका गुहिलवंशी सिसोदिया राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र भारद्वाज गोत्र (पछि पृथ्वीनारायण शाहद्वारा परिवर्तित कश्यप गोत्र) हो।

त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औँ वंशका राजा भूपति राणाजीका [स्रोत नखुलेको]उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई कालीगण्डकी, रिडी क्षेत्रका दानी र मानवहित भएका त्यस क्षेत्रका स्थानीय मानिसहरूले राजपुत्रका छोराहरु रहेछन् ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरूलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछि उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरू व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरी आएको राज्य तिमीहरूलाई भयो हामी राजाको पदबाट हट्छौ तर तिमीहरूलाई राजाको पद दियौ) भनेर राजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ |

यथार्थ यो हो, शाहका पुर्खा जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका पुर्खा हुन । जयन खान अघि भारत तीर शाह वंशको पुर्खा निम्न प्रमाणले जोडिदैन जुन तल विस्तृतमा वर्णन सन्दर्भ सामग्री सहित गरिएको छ । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन् । उनिहरूका सन्तान कुलमण्डनले दिल्लीका बादशाहबाट 'शाह' पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई मागी आफ्नो राज्यका राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन् | विक्रमाब्दको दशौ शताव्दी पछि कर्णाली प्रदेशका मगरातको मगरहरूले भारतीय ब्राम्हणहरूबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको राय रहेको पाइन्छ l फ्रेन्च इतिहासकार ह्यामिल्टनले गोर्खाको शाह वंश मगर नै हुन् भनेको पाइन्छ | मगर समुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्म भन्दा पुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । "म मगर हुँ ।" भनेर दरिलो उदाहरण दिदैं पृथ्वीनारायणले आफूलाई मगरातको राजा बताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायण अघिका गोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरका राजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्नेव्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जोपृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) । </br> ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालतचलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८)

हर्षबहादुर बुढा मगरको किरात वंश र मगरहरु भन्ने पुस्तकमा पनि ठकुरी र मगर विचमा भएको निकटता स्पष्टसँग उल्लेख गरेका छन् | यसै गरी हरेक मगर विद्वानहरु जस्तै एम.एस. थापा मगर, बमकुमारी बुढा मगर, वि.के. राना मगरको भनाइले पनि ठकुरीहरु र मगरको सम्बन्ध नजिक गराउँछ | एम.एस थापा मगरले राजदरवारको सुगुरको वली दिने चलन भएको बताउँछन र यो सत्य पनि थियो, बहादुर शाहले आफ्नी भाउजू राजेन्द्र लक्ष्मी शाहसँग उनको दाजु सिह प्रताप शाह मरे पछि विवाह प्रस्ताव राख्दा वाहुन र पण्डित वादले झाँगीसकेको दरवारमा भएको तत्कालिन विविध षडयन्त्र मध्ये एउटा यो भाउजु विवाह गर्न पाउनु पर्ने वहादुर शाहको विद्रोहको घटना मुख्य मान्छन ( हिन्दु धर्ममा यस्तो अनमेल विवाह मानिन्छ तर मगर जातिमा यस्तो विवाहको चलन छ ) ऋषिकेश शाहले पनि आफुलाई पृथ्वी नारायण शाहले झैँ मगर वा मगारातको राजा भनेर प्रमाण दिए जस्तो मगर हुँ भनेनन किनकि समय निकै ढिलो भैसकेको थियो तर आफ्नो नाकं हेरर कुरा गर्न बाहुन छेत्रीलाई प्रश्न गर्न चुनौती दिन्थे | यसको अर्थ शाह वंश मगर वा मगर जस्तै नेपाली आदिवासी र जनजाति हुन् भन्ने उनको बलियो तर्क थियो |

राज्य विस्तार[सम्पादन गर्नुहोस्]

यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले सन् १५५८ मा गोर्खा, लिगलिगकोटका घले राजवंशलाई समाप्त गरी पूर्वतर्फ शाहवंशीय राज्यविस्तारको वीजरोपण गर्दै सन् १५५९[२] मा (विसं १६१६)[३] गोर्खा राज्यको स्थापना गरेका थिए । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घलेहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमिका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रयाशित रूपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्त्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर अनाल गङ्गाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरूले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरू, थापा, भुसाल, मास्के, रानाहरू समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले विरगति प्राप्त गरे यसप्रकार विसं १६१६ भाद्रमा द्रव्य शाह गोरखाका राजा भए ।[३]

प्राचीन कालदेखि नै काठमाडौँ कृषि तथा तिब्बत र भारतवीचको व्यापारका निम्ति महत्त्वपूर्ण रहेकाले यसमा धेरैका आँखा लाग्दै आइरहेको थियो । सन् १२८७ मा पश्चिम नेपालको खस राज्यका राजा जितारी मल्लले काठमाडौँ उपत्यकालाई तीन पटक आक्रमण गरेका थिए । यो कार्यलाई शाहवंशीय राजाहरूले पनि निरन्तरता दिए । गोर्खाका राजा नरभूपाल शाहले सन् १७३७ मा काठमाडौँ आक्रमण गरेका थिए । तर उनी यस आक्रमणमा पराजित भए । यस पराजयमा असन्तुष्ट बनेका राजकुमार पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकालाई लिन नयाँ रणनीति लिएको देखिन्छ । उनले सन् १७४१ मा काठमाडौँ उपत्यकाको भ्रमण गरे । त्यसवेला काठमाडौँकै सबै भन्दा पुरानो र महत्त्वपूर्ण राज्य भक्तपुरका राजा रणजीत मल्लका छोरा राजकुमार बीरनरसिं मल्लसंग मित लगाई भक्तपुर राज्यलाई मितेर सम्बन्धमा आबद्ध पारे । जयप्रकाश मल्लले पनि उनीसंग मित लगाई गोर्खा राज्यसंगको सम्बन्ध सुदृढ पार्न चाहेको देखिन्छ ।

नेपाल एकिकरण[सम्पादन गर्नुहोस्]

सन् १७४२ मा २० वर्षको कलिलै उमेरका पृथ्वीनारायण शाह गोर्खा राज्यमा गद्दिनासिन भएपछि काठमाडौँ लिनु नै उनको प्रमूख कार्यक्रम रहेको देखिन्छ।

नुवाकोट[सम्पादन गर्नुहोस्]

त्यसै शिलशिलामा १७४३ मा उनले काठमाडौँ अधिनस्थ राज्य नुवाकोट आक्रमण गरे। यद्यपि यस युद्धमा उनी सफल भएनन् लगत्तै अर्को वर्ष १७४४ मा नुवाकोट माथि आक्रमण गरे। उही वर्षको सेप्टेम्बर २६ का दिन उनले नुवाकोट माथि सान्दार विजय हाँसिल गरे। यो काठमाडौँ विरुद्ध गोर्खाको शक्ति परीक्षण युद्ध थियो। अझ स्पष्ट भन्नुपर्दा यो युद्ध जय प्रकाश मल्लको हैसियत जाँच्ने युद्ध थियो।

उपत्यका[सम्पादन गर्नुहोस्]

भक्तपुर गोर्खाको मितेरी सम्बन्धमा गाँसिएको राज्य थियो। पाटन अस्थिर राजनीतिका कारण कमजोर राज्य थियो। तसर्थ काठमाडौँ उपत्यका माथिको विजय जय प्रकाश मल्लमाथिको विजयमा निर्भर थियो। काठमाडौँलाई सिधै आक्रमण गर्नु मूर्खता ठान्ने गोर्खाका नवराजाले काठमाडौँ वरिपरिका राज्य र क्षेत्रहरूलाई कब्जा गरे सन् १७४६ मा। एउटा लामो सान्नाटा पछि गोर्खाले अचानक १७५७ मे २८मा कीर्तिपुर आक्रमण गरे। यस युद्धमा पृथ्वीनारायण शाहलाई जय प्रकाश मल्लले जिते। किनकि युद्ध नीति जय प्रकाश मल्लको थियो। उनले उपत्यकाका राज्यहरूका सैनिक एकता गरी गोर्खा विरुद्ध युद्ध लडे। पाटन राज्यको अधिनस्थ राज्य कीर्तिपुर सेप्टेम्बर २६, १७६४को युद्धमा पनि विजयी बने। १७६४ ताका उपत्यकाका राज्यहरूको स्थिति १७५७ तिर जस्तो थिएन। राज्यहरू वीच मतभेत विद्यमान थियो। वास्तवमा आपसि फूट र अदुरदर्शिता नै मल्ल वंशको पतनको मूल कारण बन्यो। १७६५मा गोर्खाले कीर्तिपुर लियो। पृथ्वीनारायण शाहको मूल निशाना बाँकी नै थियो। एकातर्फ सन् १७६८ सेप्टेम्बर २५ का दिन इन्द्र जात्राको भोजसंगै काठमाडौँ उपत्यकाकै सबै भन्दा शक्तिशाली राज्यको अन्त भयो भने अर्को तर्फ विशाल नेपालका निम्ति शाहवंशीय राज्यसत्ताको उदय भयो। त्यसपछि अक्टोबर ६, १७६८ मा पाटन र नोवेम्बर १३, १७६९ मा मितेरी सम्बन्धको अन्त गर्दै भक्तपुरमाथि सहज जित हासिले गरे। काठमाडौँमा हारेका जय प्रकाश पाटनमा हारे अनि अन्तमा भक्तपुर राज्यसंगै उनको जीवनको अन्त भयो। भौगोलिक रूपले पृथ्वीनारायण शाहबाट जग बसालिएको नेपाल एकीकरण बहादुर शाह र राजेन्द्र लक्ष्मीले सम्पन्न gareka thie । तैपनि नेपालको मानाचित्र जंग बहादुर राणाको समयसम्म फेरबदल भइरह्यो। सन् १८१६ को सुगौली सन्धिले १/३ नेपाली भूभागलाई भारतमा मिलायो। जंग बहादुर राणाको नेतृत्वमा १८५७को भारतको सिपाही विद्रोहमा नेपाली जनताले दिएको पसिना रगतको मोल स्वरूप कैलाली, कंचनपुर, दाङ, देउखुरी नेपाललाई फिर्ता भयो। तब बर्तमान नेपालको मानाचित्र १८१६ को हार र १८५७ को विजयले कोरेको देखिन्छ।

एकिकरण पश्चातको नेपाल[सम्पादन गर्नुहोस्]

पृथ्वीनारायण शाहद्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएकोछ। शाह वंशको उदय र पतनको इतिहासमा अब पूर्णविराम लागेको छ। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो। युद्धमा विजय हुन्छ भने त्यो विजयको कारक नेतृत्व र फौज दुबै हुन्छ। विजयपछि नेतृत्वले फौजलाई कदर नगर्ने हो भने नेतृत्व आफैं खतरामा हुन्छ। शाह वंशको पतन हुनुमा एकीकरण काल तथा त्यसपछिका समयहरूमा शाहवंशीय राजाहरूलाई पसिना र रगत दिने जनताको उपेक्षा नै सबैभन्दा ठूलो कारण देखिन आउँछ। गण्डक क्षेत्रका जनता एकीकरणपछि उपेक्षित बनेका थिए। युद्धमा शहिद बनेका कैंयौं वीर योद्धाहरूको सपना र चाहनाको उपेक्षा गर्दै शाह राजाहरू काठमाडौँ उपत्यकाका दरवारहरूमा विलासी जीवनमा लिप्त बने। केही बर्ग र आसपासेको माध्यमबाट जनतालाई घुमाउन सकिन्छ भन्ने भ्रममा परे। अझ राणा शासकहरू एकीकरण गर्न वलिदान दिने जनताको रगत र पसिनाको उपेक्षा मात्र होइन जनतालाई नांगो खुट्टामा भारी बोक्न लगाउने, अशिक्षाको अन्धकारमा थुनिराख्ने नियतमा उद्दत देखियो। एकीकरणमा गण्डक क्षेत्र मात्र होइन राप्ती क्षेत्र तथा सुदुर पश्चिमका युवाहरूको पसिना रगत बगेको थियो। ती क्षेत्र एकीकरणपछि गण्डक क्षेत्र भन्दा बढि उपेक्षित बने। त्यसरी नै मध्य क्षेत्रका नेवार तथा तामाङजस्ता महत्त्वपूर्ण जातिहरू एकीकरणपछि उपेक्षामा परे। पूर्वका वीर योद्धाहरू त्यसरी नै उपेक्षामा परेको देखियो। तराईबासी उत्तिकै उपेक्षामा परे। मानिसलाई भौतिक सम्पन्नता मात्र होइन सम्मान जनक जीवन महत्त्वपूर्ण हुन्छ। केही जाति र वर्गले बाहेक बाँकी नेपाली जनताले नेपालमा सम्मानजनक जीवन विताउने अवसर पाएनन्। यसको परिणति आज देखिएको छ। नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्‍यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]