रणजीत मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रणजीत मल्ल , भक्तपुरका अन्तिम राजा थिए | यिनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए | उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो ।[१]

शासनकाल[सम्पादन गर्ने]

बाबु भूपतीन्द्र मल्ल कै पालामा वि.सं. १७७८ मा भक्तपुरका राजा भएका थिए | यिनी केहि समय पाटन का राजा पनि बनेका थिए तर यिनले ६ प्रधानको चित्त बुझाउन नसक्दा बाहिरिनु पर्यो |

प्रजातन्त्रिक राजा[सम्पादन गर्ने]

रणजित मल्ल जनप्रेमी र प्रजातन्त्रिक राजा राजा थिए ।तर राजनीतिक रुपमा यिनी नितान्त अदूरदर्शी थिए।

भक्तपुरका राजा रणजित मल्ल अत्यन्तै उदार र जनताको विचारको कदर गर्ने राजा थिए । ई.स. १७६२ मा भत्तपुरका राजा भएको वेलाम उनले जनतामाथि अन्याय हुन नदिन थिति बन्देज बाँधेका थिए । देशमा अनुकूल परिस्थिति नभएको अवस्थामा रणजित मल्लले भक्तपुरका चौबिसै टोलमा प्रतिनिधि डाकी राय लिने गरेको कतिपय उदाहरणहरु छन् । ती चौबिस टोलका नाईके नै जनप्रतिनिधिको रुपमा काम गर्दथे ।

गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्लतेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरुको भेला डाकी उनीहरुकै राय बमोजिम तिनीहरुलाई सरण दिएका थिए ।[२]

उत्तराधिकारी विवाद[सम्पादन गर्ने]

राजा रणजित मल्लले भित्रिनीबाट धेरै छोराहरू पाएका हुनाले राजगद्दीमा बस्न योग्री ठानिँदैनथे । यिनले आफ्ना उत्तराधिकारी छान्ने क्रममा भित्रिनी रानीबाट विरोध भइ कचिङ्गल  उठ्यो । यसलाई समाधान गर्न यिनले दरबारका सबै बर्गका प्रतिनिधिको भेला डाकी राय लिएका थिए । वि सं १७९६ मा जनताको राय बमोजिम रानीको विरोधका बावजुद विबाहिता रानीवट्टिका चोखा छोरा वीर नरसिंह मल्ललाई नै उत्तराधिकारी घोषित गरे। [२] वि सं १७९६ मा नै रणजित मल्ल र नरभूपाल शाहको मितेरीस्वरुप शिरपोस साटेकाले एक वर्ष पृथ्वीनारायण शाह भक्तपुर बसेका थिए ।

अन्त्य[सम्पादन गर्ने]

वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो । रणजित मल्ललाई स्वेच्छानुकूल चल्ती सम्पत्तिसाथ काशिवास गराइयो ।

ग्रन्थ रचना[सम्पादन गर्ने]

भक्तपुरको युद्ध[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. रणजीत मल्लको इतिवृत्त https://www.kantipurdaily.com/literature/2018/06/01/152782122751925714.html
  2. २.० २.१ मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11