रत्न मल्ल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रत्न मल्ल , काठमाण्डौका राजा थिए। उनी राजा यक्ष मल्लका माहिला छोरा थिए। यक्ष मल्लको मृत्यु पछि अखण्ड राज्यको राजा भए तर उनले राज्य टुक्राएर कान्तिपुरमा छुट्टै राज्य स्थापना गरे। नेपालमा सर्वप्रथम मुसलमानहरूको प्रवेश रत्न मल्लको शासन कालमा भएको थियो।

शासनकाल[सम्पादन गर्नुहोस्]

रत्न मल्ल वि.सं. १५४१ देखी वि.सं. १५७७ सम्म शासन सत्ता सञ्चालन गरेका थिए |

राजाको जेठो छोरो राजा हुने चलन अनुसार यक्ष मल्ल पछि भक्तपुरमा राय मल्ल राजा भए पनि माहिला रत्न मल्लले वि सं १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हातमा लिई त्यहाँकै राजा भए । उनले १२ जना महापात्रहरूलाई पटकपटक गरी मारे । रत्न मल्ल अत्यन्तै चतुर शासक थिए ।

राजा रत्न मल्ल महत्त्वाकांक्षी शासक हुनाले वि सं १५४८ नुवाकोट माथी अधिकार गरे । ललितपुरका पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे । दाजुभाइहरूसँग रत्न मल्लको सम्बन्ध राम्रो थिएन । त्यो थाहा पाएर तिब्बतबाट कुक जातका नायकले आक्रमण गरेकाले रत्न मल्लले मुनिमुकुन्द सेनसँग सैनिक सहयोग मागेका थिए ।त्यसरी पाल्पाली राजाले सहयोग गरी आफ्नो शासनको रक्षा गरिदिएका हुनाले उनले पाल्पाका मगर र तिरहुतेहरूलाई प्रशस्त बिर्ता दिएका थिए । त्यसबाट उपत्यकामा बस्ती बाक्लो भयो । तिरहुत र पहाडतिरबाट धेरै मानिस उपत्यकामा गई बस्न थाले।[१]

आर्थिक व्यवस्था[सम्पादन गर्नुहोस्]

रत्न मल्लको राज्यकालमा तिब्बत र तिरहुतसँग व्यापारको ज्यादै प्रगती भएको थियो। उनैले तिब्बतमा व्यापार गर्ने मुसलमानहरूलाई कान्तिपुरमा पनि कोठी थापी व्यापार गर्न बोलाए। उनीहरूले कान्तिपुरलाई स्थानीय सामान हटाई विलासका वस्तुहरूसँग परिचित गरिदिए। राजा रत्न मल्लले चित्लाङबाट तामा झिकाई मुद्रा टकसारी गरेका थिए। टकसारीको राम्रो विकास भएको थियो।

प्रमुख कार्यहरु[सम्पादन गर्नुहोस्]

  • यिनले सोम शेखरानन्द नामक स्वामीलाई पशुपतिका प्रमुख पुजारी बनाएका थिए।
  • यिनले बनेपाका २ नेवारलाई भण्डारे बनाएका थिए।
  • सुकीको सट्टा तामाको मुद्रा प्रचलनमा ल्याए।

मृत्यु[सम्पादन गर्नुहोस्]

रत्न मल्लले ३६ वर्षसम्म शासन गरे । वि स १५७७ को भदौ महिनामा उनको मृत्यु भयो। उनी पछि उनका छोरा सूर्य मल्ल राजा भए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]