भाष्कर मल्ल
स्वरूप
| भाष्कर मल्ल | |
|---|---|
| कान्तिपुरको राजा | |
| शासनकाल | वि सं १७५७-१७७९ |
| पूर्वाधिकारी | भूपालेन्द्र मल्ल |
| उत्तराधिकारी | जगज्जय मल्ल |
| सन्तान | निसन्तान |
| वंश | मल्ल वंश |
| बाबु | भूपालेन्द्र मल्ल |
भास्कर मल्ल कान्तिपुरका राजा हुन् । वि.सं. १७५७ मा पिता राजा भूपालेन्द्र मल्लको निधन भएपछि उनी कान्तिपुरका राजा भए । ललितपुरको गद्दी पनि खाली हुनाले त्यहाँका पनि राजा भए । उनी निसन्तान भएकाले जगज्जय मल्ललाई आफ्नो उत्तराधिकार बनाए । प्लेग रोगको महामारीले वि.सं. १७७९ मा उनको मृत्यु भयो । [१][२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ राजा महीन्द्रसिंहदेव (भाष्कर मल्ल) को तमसुक ताडपत्र वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०८ मिति
- ↑ नेपालको तथ्य इतिहास पृष्ठ ९०, प्रा.डा.राजाराम सुवेदी, साझा प्रकाशन २०६१