महिन्द्र मल्ल
महिन्द्र मल्ल | |
---|---|
कान्तिपुर राज्यको राजा | |
शासनकाल | वि सं १६१७-१६३१[१] |
पूर्वाधिकारी | नरेन्द्र मल्ल |
उत्तराधिकारी | सदाशिव मल्ल |
वंश | नेवार मल्ल वंश |
बाबु | नरेन्द्र मल्ल |
धर्म | हिन्दु |
महिन्द्र मल्ल स्वतन्त्र कान्तिपुर राज्यका पाँचौ राजा हुन, जसको शासनकाल १६१७ -१६३१ सम्म रह्यो। नेपालको इतिहासमा प्रजावत्सल (प्रजाले नखाएसम्म आफुले नखाने) मल्ल राजाको रूपमा चिनिएका राजा हुन। पिता नरेन्द्र मल्लको निधन पछि १६१७ मा तत्कालिन कान्तिपुरका राजा भएका महिन्द्रको करिव १४ वर्ष कान्तिपुरमा शासन गरी विस १६३१ मा निधन भयो।
शासनकाल
[सम्पादन गर्नुहोस्]अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यिनले प्रचलनमा ल्याएको चादीको मुद्रा हो, जसलाई "महेन्द्र मल्ली" भनिन्छ। यो प्रचलनमा ल्याउने सुझाव एक जोडा हास र एउटा सिकारी बाज उपहार पठाई दिल्लीका मुगल बादशाहलाई खुशी पारी यिनले पाएका थिए र त्यसको सटही दर कायम गराएका थिए। त्यो कामबाट मुगल बादशाहको क्षेत्रमा पनि कान्तिपुरको चाँदीको मुद्राले उचित मान्यता पाउँदा त्यसको प्रचार प्रसार र प्रख्यात बढी भएको थियो। त्यहीँ मुद्राले तिब्बती बजारमा पनि मान्यता पाएको थियो किनभने तिब्बतमा टकमरी हुने चलन थिएन।[२] घरेलु उद्योगलाई प्रोत्साहन दिने राजा यिनले दिल्लीसँग संझौता गरी विनिमय दर निश्चित गर्नुको साथै तिब्बतसंगको व्यापार पनि राम्रो बनाएका थिए। यिनले जुवा खेल्नेलाई दण्ड दिने व्यवस्था गरेका थिए।
संकृति
[सम्पादन गर्नुहोस्]तलेजु मन्दिर निर्माण, स्वेत विनायक यात्राको चलन यिनले चलाएका थिए।[३]
महिन्द्र मल्ललाई नेपाल भाषाका आदिकविका रूपमा लिइन्छ।
सैन्य
[सम्पादन गर्नुहोस्]मृत्यु
[सम्पादन गर्नुहोस्]महिन्द्र मल्लको बि.स. १६३१ भाद्रमा निधन भयो। डिल्लीरमण रेग्मीका अनुसार उनका भवानी र शान्ता नाउँका दुई दिदीबहिनी र अरु दुयिनी र हेरा उनको साथ सति गए । [४] महेन्द्र मल्लले छोरा सदाशिव मल्ललाई युवराज बनाएका थिए, सदाशिव मल्ल बाहेक उनका शिवसिंह र रणजितसिंह छोरा थिए ।
यो पनि हर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५०
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १४९
- ↑ http://aryalfamilygulmi.blogspot.com/2011/06/blog-post_2739.html
- ↑ Regmi, Dilli Raman, "Medieval Nepal", Medieval Nepal 2: 43।