मुगल साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुगल साम्राज्य ((Persian: هند مغولان‎, Hind-e Moǧulān; उर्दू: مغلیہ سلطنت‎)उर्दू: मुगल साम्राज्य, अनुवादित मुग्लिया सल्तनत) वा मोग साम्राज्य भारतीय उपमहाद्वीपमा एक साम्राज्य थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

बाबर र हुँमायु (१५२६-१५५६)[सम्पादन गर्नुहोस्]

बाबर, मुगल साम्राज्यका संस्थापक, र उनका योद्धा हिन्दु मन्दिरको भ्रमण गर्दै

मुगल साम्राज्यको संस्थापना बाबर (राज्यकाल १५२६-१५३०) बाट भएको थियो। उनी मध्य एसियाका शासकका वंशज थिए। उनका पिता तिमुरका वंशज थिए भने उनको आमा जंगेज खानका वंशज थिइन्। [१] आफ्नो पुर्वजको विरासतबाट निस्केर आफ्नो महत्वाकांक्ष पूरा गर्न उनी भारतीय उप महाद्वीप तर्फ लागे। [२] उनले आफूलाई काबुलमा स्थापित गरे र अफ्गानिस्तानबाट दक्षिण तर्फ खाइबर पास हुँदै दक्षिण तिर भारत तिर लागे। [१] बाबरको सेनाले इब्राहिम लोदीलाई पानीपतमा पराजित गर्यो। यद्यपि, यो समय सम्ममा दिल्ली सल्तनतको लोदी वंश कमजोर भैसकेको थियो र उत्तर भारतको मेवाड राज्य सबैभन्दा शक्तिशाली राज्य थियो र यसका शासक राना साँगा थिए। आग्रा नजिकैको निर्णायक युद्धमा बाबरको तिमुरिद फौजले साँगाको राजपुत सेनालाई पराजित गर्यो। यो लडाइँ भारतेर्य इतिहासको सबैभन्दा निर्णायक र महत्त्वपूर्ण लडाइँ थियो जसले उत्तर भारतको दुई शताब्दीको भाग्य सधैंको लागि फेरिदियो।

यो लडाइँ पछि, मुगल साम्राज्यको केन्द्र काबुलबाट आग्रा सर्यो। युद्ध र सैन्य अभियानबाट बनेको यो नयाँ साम्राज्यले जड समात्न समय लाग्यो। [३] उनको पुत्र हुमायु (शासन १५३०-१५५५) को समयमा साम्राज्यमा अस्थिरता छायो र बिद्रोहीको कारण हुमायु पर्सियामा निर्वासित हुन बाध्य भए। मुगल शासनको समयको बीचमा सुर साम्राज्य(१५४०-१५५५)को शासन चलेको थियो। [१] हुमायु पर्सियामा निर्वासित हुँदा सफविद वंश र मुगल बीच सम्बन्ध राम्रो बन्यो र मुगल दरबारमा फारसी संस्कृतिको प्रवाभ देखिन्छ। हुमाय १५५५ मा पर्सियाबाट फर्किए र भारतमा मुगल शासन पुनर्स्थापना गरे, तर एक दुर्घटनामा परेर अर्को वर्ष उनको मृत्यु भयो। [१]

पतन[सम्पादन गर्नुहोस्]

१७५१ मा साम्राज्यको अवशेष

औरंगजेबका छोरा बहादुर शाह प्रथमले आफ्नो पिताको धार्मिक नीतिहरू खारेज गरे र प्रशासन सुधार गर्ने प्रयास गरे। "यद्यपि, १७१२ मा उनको मृत्यु पछि, मुगल वंशमा अराजकता र हिंसक झगडा प्रशय पायो। १७१९ मा मात्र, चार सम्राटहरू क्रमशः गद्दी आरोहण गरे"।[४]

आक्रमणकारी मराठा साम्राज्यका घोडाहरू


मुहम्मद शाह (शासनकाल: १७१९–१७४८ )को शासनकालमा, साम्राज्य टुट्न थाल्यो र मध्य भारतको विशाल भूभाग मुगलबाट मराठा हातमा गयो। पश्चिम एसिया, काकेशस र मध्य एसियाका धेरैजसो भूभागमा पहिले नै इरानी आधिपत्य पुनर्स्थापित गारेका नादिर शाहको सुदूर भारतीय अभियान दिल्लीको लुटसँगै टुङ्गियो र मुगल शक्ति र प्रतिष्ठा धुलोमा मिल्यो। साम्राज्यका धेरै अभिजात वर्गहरूले अब आफ्नै मामिलाहरू नियन्त्रण गर्न खोजे, र स्वतन्त्र राज्यहरू बनाउनको लागि छुट्टिए। तर, सुगाता बोस र आयशा जलालका अनुसार, मुगल सम्राट सार्वभौमसत्ताको उच्चतम स्थान रूपमा निरन्तर नै थियो । मुस्लिम समुह मात्र होइन, मराठा, हिन्दू र सिख समुहले भारतको सार्वभौमसत्ताको रूपमा बादशाहलाई औपचारिक मान्यता दिएका थिए। [५]

यसैबीच, खण्डित मुगल साम्राज्य भित्रका बढ्दो क्षेत्रीय राजनीतिले साम्राज्यलाई कमजोर बनायो, जसले गर्दा कर्नाटक युद्ध र बंगाल युद्धको दौडान हार भोग्नु पर्यो।

शाह आलम द्वितीय घोडामा

मुगल बादशाह शाह आलम द्वितीय (१७५९-१८०६) ले मुगल पतनलाई उल्टाउने व्यर्थ प्रयासहरू गरे तर अन्ततः अफगानिस्तानका अमीर, अहमद शाह अब्दालीको सुरक्षा खोज्नुपर्‍यो, परिणामस्वरुप सन् १७६१ मा मराठा साम्राज्य र अफगान (अब्दालीको नेतृत्वमा) बीच पानीपताको तेस्रो लडाइँ भयो। सन् १७७१ मा मराठाहरूले अफगान नियन्त्रणबाट दिल्लीलाई पुनः कब्जा गरे र १७८४ मा उनीहरू आधिकारिक रूपमा दिल्ली बादशाहका संरक्षक बने,[६] यो अवस्था दोस्रो अंग्रेज -मराठा युद्धसम्म जारी रह्यो। त्यसपछि, ब्रिटिश ईस्ट इन्डिया कम्पनी दिल्लीमा मुगल वंशको संरक्षक बन्यो।[५] ब्रिटिश ईस्ट इण्डिया कम्पनीले सन् १७९३ मा पूर्व मुगल प्रान्त बंगाल-बिहारलाई नियन्त्रणमा लियो र स्थानीय शासन (निजामत) लाई खारेज गर्यो र यसको निरन्तरता सन् १८५७ सम्म भएको थियो जति बेला भारतीय उपमहाद्वीपमा ब्रिटिश औपनिवेशिक युगको सुरुवात भएको थियो। सन् १८५७ सम्ममा पूर्व मुगल भारतको ठूलो हिस्सा ईस्ट इन्डिया कम्पनीको नियन्त्रणमा थियो। १८५७-१८५८ को युद्ध मा पछी अन्तिम मुगल, बहादुर शाह जफर, ब्रिटिश ईस्ट इण्डिया कम्पनी द्वारा अपदस्थ र १८५८ मा निर्वासित गरियो। गभर्मेन्ट अफ इन्डिया एक्ट १८५८, मार्फत ब्रिटिश क्राउनले ब्रिटिश राजको रूपमा भारतमा ईस्ट इन्डिया कम्पनी-नियन्त्रित क्षेत्रहरू प्रत्यक्ष नियन्त्रण ग्रहण गर्यो। । सन् १८७६ मा बेलायती महारानी भिक्टोरियाले भारतको महारानीको उपाधि ग्रहण गरिन् ।

मुगल बादशाहको सूची[सम्पादन गर्नुहोस्]

मुगल बादशाहको सूची यस प्रकार छ:

  • बैजनी रंगको पंक्तिले उत्तर भारतमा सूरी साम्राज्य को संक्षिप्त शासनकाललाई जनाउँछ।
  • भारतमा मुगल वंश[७] को संस्थापक बाबर थिए। बाबर एव उनको उतराधिकारी मुगल शासक तुर्क एव सुन्नी मुसलमान थिए। बाबर एक मुगल शासक थिए। उनले भारतमा मुगलशासक को पद‌-पादशाहीको धारण गरेका थिए।
  • बाबर पश्चात कयौं पिढी मुगलले भारतमा शासन गरेका थिए ।
  • यी शासक मध्ये अकवर एक महान शासक साबित भए ।
चित्र नाम जन्म नाम जन्म राज्यकाल मृत्यु टिप्पनी
Babur of India.jpg बाबरبابر ज़हीरुद्दीन मुहम्मदظہیر الدین محمد १४ फेब्रुअरी १४८३ २० अप्रिल १५२६ – २६ डिसेम्बर १५३० २६ डिसेम्बर १५३० (आयु ४७)
Humayun of India.jpg हुमायूँہمایوں नसीरुद्दीन मुहम्मद हुमायूँنصیر الدین محمد ہمایوں(पहला राज्यकाल) ६ मार्च १५०८ २६ डिसेम्बर १५३० – १७ मे १५४० २७ जनवरी १५५६ (आयु ४७) हुमायूं को मकबरा
Humayun of India.jpg हुमायूँ

ہمایوں

नसीरुद्दीन मुहम्मद हुमायूँنصیر الدین محمد ہمایوں(दूसरा राज्यकाल) ६ मार्च १५०८ २२ फेब्रुअरी १५५५ – २७ जनवरी १५५६ २७ जनवरी १५५६ (आयु ४७) १५४० मा सुरी वंशका शेर शाह सूरीले हुमायूलाई अपदस्त गरे, तर इस्लाम शाह सूरी (शेर शाह सूरी को छोरा र उत्तराधिकारी) को मृत्यु पश्चात १५५५ मा हुमायुंले सिंहासन पुनः हासिल गरे ।
Akbar Shah I of India.jpg अकबर-ए-आज़म

اکبر اعظم

जलालुद्दीन मुहम्मदجلال الدین محمد اکبر १५ अक्टुबर १५४२ ११ फरवरी १५५६ – २७ अक्टुबर १६०५ २७ अक्टुबर १६०५ (आयु ६३)
Jahangir of India.jpg जहांगीरجہانگیر नूरुद्दीन मुहम्मद सलीमنور الدین محمد سلیم ३१ अगस्ट १५६९ ३ नोबेम्बर १६०५ – २८ अक्टुबर १६२७ २८ अक्टुबर १६२७ (आयु ५८)
Shah Jahan I of India.jpg शाह-जहाँ-ए-आज़मشاہ جہان اعظم शहाबुद्दीन मुहम्मद ख़ुर्रमشہاب الدین محمد خرم ५ जनवरी १५९२ १९ जनवरी १६२८ – ३१ जुलाई १६५८ २२ जनवरी १६६६ (आयु ७४) शाहजहां को कब्र
Alamgir I of India.jpg अलामगीर

(औरंगज़ेब)

عالمگیر

मुइनुद्दीन मुहम्मद

محی الدین محمداورنگزیب

३ नोबेम्बर १६१८ ३१ जुलाई १६५८ – ३ मार्च १७०७ ३ मार्च १७०७ (आयु ८८)
Bahadur Shah I of India.jpg बहादुर शाह क़ुतुबुद्दीन मुहम्मद मुआज्ज़म

قطب الدین محمد معظم

१४ अक्टुबर १६४३ १९ जून १७०७ – २७ फेब्रुअरी १७१२ २७ फेब्रुअरी १७१२ (आयु ६८) उनले मराठाहरु को साथ बस्तिहरु बनाए, राजपूहरुलाई शान्त गरे र पञ्जाब मा सिखहरु को साथ मित्रता बनाए।
Jahandar Shah of India.jpg जहांदार शाह माज़ुद्दीन जहंदर शाह बहादुर

معز الدین جہاں دار شاہ بہادر

९ मे १६६१ २७ फेब्रुअरी १७१२ – १० जनवरी १७१३ १२ फेब्रुअरी १७१३ (आयु ५१) अपने विज़ीर ज़ुल्फ़िकार खान द्वारा अत्यधिक प्रभावित।
Farrukhsiyar of India.jpg फर्रुख्शियार फर्रुख्शियार

فروخ شیار

२० अगस्ट १६८५ ११ जनवरी १७१३ – २८ फेब्रुअरी १७१९ १९ अप्रिल १७१९ (आयु ३३) १७१७ मा ब्रिटिश ईस्ट इण्डिया कम्पनीलाई एक आदेश जारी गरी बंगालमा स्वतन्त्र व्यापार गर्ने अधिकार प्रदान गरे, जसकारण पूर्वी तटमा कम्पनीको शक्ति बढ्यो ।
Rafi ud-Darajat of India.jpg रफी उल-दर्जत रफी उल-दर्जत

رفیع الدرجات

१ डिसेम्बर १६९९ २८ फेब्रुअरी – ६ जून १७१९ ६ जून १७१९ (आयु १९)
Shah Jahan II of India.jpg शाहजहां द्वितीय रफी उद-दौलत

رفیع الدولہ

जून १६९६ ६ जून १७१९ – १७ सेप्टेम्बर १७१९ १८ सेप्टेम्बर १७१९ (आयु २३)
Muhammad Shah of India.jpg मुहम्मद शाह रोशन अख्तर बहादुर

روشن اختر بہادر

७ अगस्ट १७०२ २७ सेप्टेम्बर १७१९ – २६ अप्रिल १७४८ २६ अप्रिल १७४८ (आयु ४५)
Ahmad Shah Bahadur of India.jpg अहमद शाह बहादुर अहमद शाह बहादुर

احمد شاہ بہادر

२३ डिसेम्बर १७२५ २९ अप्रिल १७४८ – २ जून १७५४ १ जनवरी १७७५ (आयु ४९) सिकंदराबाद को लड़ाई मा मराठाहरु द्वारा मुगल सेना को हार
Alamgir II of India.jpg आलमगीर द्वितीय अज़ीज़ुद्दीन ६ जून १६९९ ३ जून १७५४ – २९ नोबेम्बर १७५८ २९ नोबेम्बर १७५९ (आयु ६०)
Sin foto.svg शाहजहां तृतीय मुही-उल-मिल्लत १७११ १० डिसेम्बर १७५९ – १० अक्टुबर १७६० १७७२ (आयु ६०-६१) बक्सर के युद्ध के दौरान बंगाल, बिहार र ओडिशा के निजाम का समेकन। १७६१ मा हैदर अली मैसूर के सुल्तान बने;
Ali Gauhar of India.jpg शाह आलम द्वितीय अली गौहर २५ जून १७२८ १० अक्टुबर १७६० – १९ नोबेम्बर १८०६ १९ नोबेम्बर १८०६ (आयु ७८) १७९९ मा मैसूर के टीपू सुल्तान का निष्पादन
Akbar Shah II of India.jpg अकबर शाह द्वितीय मिर्ज़ा अकबर अर्थात अकबर शाह सानी २२ अप्रिल १७६० १९ नोबेम्बर १८०६ – २८ सेप्टेम्बर १८३७ २८ सेप्टेम्बर १८३७ (आयु ७७)
Bahadur Shah II of India.jpg बहादुर शाह द्वितीय अबू ज़फर सिराजुद्दीन मुहम्मद बहादुर शाह ज़फर अर्थात बहादुर शाह ज़फर २४ अक्टुबर १७७५ २८ सेप्टेम्बर १८३७ – २१ सेप्टेम्बर १८५७ ७ नोबेम्बर १८६२ अन्तिम मुगल सम्राट। १८५७ के भारतीय स्वतन्त्रता संग्राम के बाद ब्रिटिश द्वारा अपदस्थ र बर्मा मा निर्वासित गरियो

Portrait of Bahadur Shah II

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

मुगल साम्राज्यको समयमा भारतीय अर्थतन्त्र बृहत् र समृद्ध थियो। [८] मुगल कालमा, सन् १६००मा भारतको जीडिपी विश्वैक अर्थतन्त्रको अनुमानित २२% थियो। विश्व अर्थतन्त्रमा यो हिस्सा चीनको मिङ वंश पछिको दोस्रो ठूलो र युरोपको भन्दा ठूलो थियो। १७०० आइपुग्दा, विश्व अर्थतन्त्रमा मुगल भारतको जिडिपी २४% पुगेको थियो। र चीनको चिङ वंशलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको थियो। [९] १८औं शताब्दी सम्म, मुगल साम्राज्यले विश्वको औद्योगिक उपजको करिब २५% उत्पादन गर्ने गरेको थियो। [१०] मुगल शासनकालमा, भारतको जिडिपी मुगल काल भन्दा १५०० यता सबैभन्दा तीव्र गतिमा वृद्धि भएको थियो। [९] १८ औं शताब्दीको पश्चिम युरोपमा भएको औद्योगिक विकासलाई औद्योगिक क्रान्ति भनिए झै मुगल भारतको अर्थतन्त्रलाई प्रारम्भिक औद्योगीकरण पनि भनिन्छ।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ Berndl, Klaus (२००५), National Geographic Visual History of the World, National Geographic Society, पृ: 318–320, आइएसबिएन 978-0-7922-3695-5 
  2. Bayley, Christopher, The European Emergence. The Mughals Ascendant, पृ: १५१, आइएसबिएन 0-7054-0982-1 
  3. Bayley, Christopher, The European Emergence. The Mughals Ascendant, पृ: १५४, आइएसबिएन 0-7054-0982-1 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Berndl2
  5. ५.० ५.१ Bose, Sugata; Jalal, Ayesha (२००४), Modern South Asia: History, Culture, Political Economy (2nd संस्करण), Routledge, पृ: ४१, आइएसबिएन 978-0-203-71253-5 
  6. Rathod, N.G. (१९९४), The Great Maratha Mahadaji Scindia, New Delhi: Sarup & Sons, पृ: ८, आइएसबिएन 978-8185431529 
  7. Singh, Adityaraj (२०२०-०७-२५), "मुगल साम्राज्य का इतिहास र मुगल बादशाहहरु संग जोडिएको रोचक जानकारी mughal empire family tree", HindwaFact (en-USमा), मूलबाट २५ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-२९ 
  8. Schmidt, Karl J. (२०१५), An Atlas and Survey of South Asian History, Routledge, पृ: 100–, आइएसबिएन 978-1-317-47681-8 
  9. ९.० ९.१ Maddison, Angus (२००३), Development Centre Studies The World Economy Historical Statistics: Historical Statistics, OECD Publishing, पृ: 256–, आइएसबिएन 978-92-64-10414-3 
  10. Jeffrey G. Williamson & David Clingingsmith, India's Deindustrialization in the 18th and 19th Centuries, Global Economic History Network, London School of Economics
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named voss