मराठा साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सन् १६७४–सन् १८१८
मराठाको झण्डा
सन् १७६० मा मराठा नियन्त्रणमा रहेको भूभाग (पहेँलो)
सन् १७६० मा मराठा नियन्त्रणमा रहेको भूभाग (पहेँलो)
राजधानी
आम भाषाहरूमराठी (औपचारिक)
धर्म
हिन्दू
सरकारपूर्ण राजतन्त्र (सन् १६४५-१७३१)
सीमित राजतन्त्र राजा सहितको कुलीनतन्त्र (सन् १७३१-१८१८)
छत्रपति (सम्राट) 
• सन् १६४५-१६८०
शिवाजी (प्रथम)
• सन् १८०८-१८१८
प्रताप सिंह (अन्तिम)
पेशवा (प्रधानमन्त्री) 
• सन् १६७४–१६८३
मोरोपन्त पिङ्गले (प्रथम)
• सन् १८०३-१८१८
बाजीराव द्वितीय (अन्तिम)
व्यवस्थापिकाअष्ट प्रधान
इतिहास 
सन् १६७४
सन् १७६७-१७९९
सन् १७७५-१८१८
सन् १७८५-१७८७
सन् १८१८
क्षेत्रफल
सन् १७६०[२]२५,००,००० किमी (९,७०,००० वर्ग माइल)
मुद्रारुपया, पैसा, मोहर, शिवराई
पूर्ववर्ती
उत्तरवर्ती
मुगल साम्राज्य
बिजापुर सल्तनत
सिख साम्राज्य
कम्पनी शासन
अचेलभारत
पाकिस्तान

मराठा साम्राज्य वा मराठा सङ्घ १८औँ शताब्दीमा भारतीय उपमहाद्वीपको ठूलो भागमा प्रभुत्व जमाएको एक शक्ति थियो। छत्रपतिको रूपमा शिवाजीको राज्यभिषेकसँगै औपचारिक रूपमा सन् १६७४ देखि साम्राज्य अस्तित्वमा आएको थियो। इस्ट इन्डिया कम्पनीसँग पेश्वा बाजीराव द्वितीयको हार भएसँगै सन् १८१८ मा यो साम्राज्यको पतन भएको थियो। भारतीय उपमहाद्वीपको अधिकांश भागमा मुगल शासनको अन्त्यको लागि मराठाहरूलाई श्रेय दिइन्छ। Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).[३]Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).[note १]

मराठा पश्चिमी डेक्कन पठार (वर्तमान महाराष्ट्र)को एक योद्धा समुदाय थियो। उनीहरूले मराठी भाषा बोल्थे। उनीहरू हिन्दु स्वराज्यको स्थापनालाई प्रमुखताका साथ उठाएका थिए।[४][५] १७औँ शताब्दीमा शिवाजी महाराज मराठा प्रमुख भएर नेतृत्व सम्हालेका थिए। उनले आदिल शाही वंशविरुद्ध विद्रोह गरे र रायगढमा राजधानी स्थापित गरि एक राज्यको निर्माण गरेका थिए। उनको बुवा, शाहजीले पहिले थन्जावुरमाथि विजय हासिल गरेका थिए, जुन शिवाजीका सौतेनी भाइ, वेन्कोजी रावलाई विरासतमा प्राप्त भएको थियो र उक्त राज्यलाई तन्जावुर मराठा राज्यको रूपमा चिनिन्थ्यो। मराठा मुगल-मराठा युद्धको समयमा आफ्नो क्षेत्रलाई मजबुत गर्न सफल भए र पछि मराठा साम्राज्य सम्पूर्ण भारतवर्षमा फैलिएको थियो।

सन् १७०७ मा औरङ्गजेबको मृत्यु पश्चात्, मुगलद्वारा शाहूलाई, (शिवाजीका नाति)लाई रिहा गरिएको थियो।[६] आफ्नी सौतेनी आमा ताराबाईसँग केही शक्ति सङ्घर्षपछि, बालाजी विश्वनाथधनजी जाधवको सहायता लिएर साहू शासक छत्रपति बनेका थिए। उनको सहायताबाट प्रसन्न भएर साहुले बालाजी विश्वनाथ र पछि, उनको वंशजलाई पेशवा अर्थात साम्राज्यको प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका थिए।[७] मराठा शासनको विस्तारमा बालाजी र उनको वंशजको प्रमुख भूमिका थियो। आफ्नो चरम अवस्थामा मराठा साम्राज्य दक्षिणमा तमिलनाडु,[८] उत्तरमा पेशावर (वर्तमान खैबर पख्तुनख्वा, पाकिस्तान[९][note २]), र पूर्वमा ओडिसा तथा पश्चिम बङ्गालको हुगली नदीसम्म फैलिएको थियो।[११] इतिहासकारहरूले अटकलाई मराठा साम्राज्यको अन्तिम मोर्चा मन्ने गर्छन्।[१०][१२] बालाजी बाजीराव पेशवाले मुगल सिंहासनलाई समाप्त गर्नको लागि सदाशिव राव भावलाई दिल्ली पठाएका थिए।[१३] सन् १७६१ मा, मराठा सेना अफगान दुर्रानी साम्राज्यको अहमद शाह अब्दालीविरुद्ध पानीपतको तेस्रो युद्धमा पराजित भएको थियो। यो पराजयको कारणले गर्दा मराठा साम्राज्य अफगानिस्तानमा विस्तार हुन सकेको थिएन्।

विशाल साम्राज्यलाई प्रभावकारी ढङ्गले प्रबन्धन गर्न तथा साम्राज्यलाई मजबुत गर्नको लागि माधवरावले अर्ध-स्वायत्तता दिई मराठा राज्यलाई एक सङ्घको रूपमा विस्तारित गरेका थिए। यसमा बडौदाको गायकवाड, इन्दौरमालवाको होल्कर, ग्वालियरउज्जैनको सिन्धियाको नाममा चिनिन्छ। १७औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले पुणेमा पेशवा परिवारक उत्तराधिकार सङ्घर्षमा हस्तक्षेप गरेपछि पहिलो अङ्ग्रेज-मराठा युद्ध भयो, जसमा मराठा विजयी भएका थिए।[१४] द्वितीय मराठा-अङ्ग्रेज युद्धतृतीय मराठा-अङ्ग्रेज युद्धमा मराठा पराजित भएपछि उनीहरूको साम्राज्यको अन्त भएको थियो।

शासक[सम्पादन गर्ने]

सातारा वंश[सम्पादन गर्ने]

इतिहास[सम्पादन गर्ने]

शिवाजी[सम्पादन गर्ने]

छत्रपति शिवाजी राजे भोसले (सन् १६३०- सन् १६८०)ले सन् १६७४ मा पश्चिम भारतमा मराठा साम्राज्यको आधार राखेका थिए।

सम्भाजी[सम्पादन गर्ने]

शिवाजीका दुई छोरा सम्भाजी र राजाराम थिए तर उनीहरूको आमा भने फरक थिए। सन् १६८१ मा सम्भाजी आफ्नो बुवाको मृत्यु पछि छत्रपति बनेर आफ्नो बुवाको विस्तारवादी नीतिलाई निरन्तरता दिएका थिए। साम्भाजीले पुर्तुगाली र मैसुरका चिक्का देव रायलाई पराजित गरेका थिए। मराठाको विस्तार रोक्न मुगल वादशाह औरङ्गजेब सन् १६८१ मा दक्षिणको अभियानमा लागेका थिए। उनको अभियानमा दरबारी, प्रशासन र सेनाको ५,००,००० फौज रहेको थियो। उनले बिजापुर सल्तनत र गोल्कोन्डा सल्तनतको भूभाग जितेर मुगल साम्राज्यको बिस्तार गरेका थिए।

मुगल सेनाले सन् १६८९ फेब्रुअरी १ मा सम्भाजी र उनका सल्लाहकार कवि कलासलाई बन्दी बनाएका थिए। उनीहरूलाई मुगल सेनाले बहादुरगढसम्म धपाएर त्यहाँ सन् १६८९ मार्च २१ मा मृत्युदण्ड दिइएको थियो।[१५]

राजाराम र महारानी ताराबाई[सम्पादन गर्ने]

सम्भाजीको मृत्युपछि उनको भाइ राजारामले गद्दी सम्हालेका थिए। मुगलले रायगढ कब्जा गरेपछि आफ्नो सुरक्षाको लागि राजाराम भागेर विशालगढ र त्यसपछि जिन्जीसम्म पुगेका थिए। त्यहाँबाट मराठाले मुगल क्षेत्रमा आक्रमण गरेर धेरै किल्लाहरू पुनः प्राप्त गर्न सफल भएका थिए। सन् १६९७ मा राजारामले मुगल सम्राट औरङ्गजेब समक्ष युद्धविरामको प्रस्ताव राखेको भएता पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। सन् १७०० मा राजारामको मृत्यु सिंहगढमा भएको थियो। उनको बिधवा ताराबाइले छोरा रामराजा (शिवाजी द्वितीय)को नाममा शासन चलाउन थालेकी थिइन्।

साहु महाराज[सम्पादन गर्ने]

पेश्वा युग[सम्पादन गर्ने]

यो समयमा भाट परिवारका पेश्वाले मराठा सेनाको नियन्त्रण हातमा लिए र पछि सन् १७७२ सम्म मराठा साम्राज्यको वास्तविक शासक बनेका थिए। यो समयसम्म मराठा साम्राज्यले अधिकांश भारतीय उपमहाद्वीपमा प्रभुत्व जमाएको थियो।

बालाजी विश्वनाथ[सम्पादन गर्ने]

पेश्वा बालाजी विश्वनाथ

सन् १७१३ मा छत्रपति साहुले बालाजी विश्वनाथलाई पेश्वा नियुक्त गरेका थिए। उनको समयदेखि पेश्वा नै साम्राज्यको अधिपति बनेका थिए भने साहु आलङ्कारिक छत्रपतिमात्र सीमित भएका थिए।[१६]

  • उनको पहिलो प्रमुख उपलब्धि पश्चिमी तटको शक्तिशाली जनरल कान्होजी आग्रेसँगको सन् १७१४ को "लोनावालको सन्धि" थियो। उनले पछि साहुलाई छत्रपतिको रूपमा स्वीकार गरेका थिए।
  • सन् १७१९ मा, मराठा सेनाले सैयद हुसेन अलीलाई पराजित गरि दिल्ली प्रवेश गरेका थिए। यो घटनापछि मुगल बादशाह मराठाको कठपुतली बन्न पुगेका थिए।[१७]

बाजी राव[सम्पादन गर्ने]

सन् १७२० मा बाजी विश्वनाथको मृत्युपछि, साहुले विश्वनाथका पुत्र बाजीरावलाई पेश्वा नियुक्त गरे। उनको कार्यकालमा मराठा साम्राज्यको भुभाग १० गुणाले बढ्यो। १७२० देखि १९४० को अवधिमा आधुनिक भारतको ३% हिस्सा ओगट्ने मराठा साम्राज्य ३०% भुभागमा फैलियो। उनले आफ्नो जीवनमा ४१ लडाइँ लडे र कुनै पनि लडाइँमा उनले पराजय भोग्नु परेन। १७४० अप्रिलमा उनको मृत्यु भयो। [१८]

  • पालखेडको लडाई २८ फरवरी १७२८ को बाजीराव तथा हैदराबादका निजामका बीच भएको थियो। बाजीरावले निजामलाई पराजित गरे। यो युद्ध सैन्य रणनीतिको उत्कृष्ट क्रियान्यवनको उदाहरण हो।[१७]
  • १७३७ मा, बाजीराव मातहतको मराठा सेनाले दिल्लीको लडाइँमा दिल्ली लुट मच्चाए। [१९][२०]
  • डेक्कानका निजामले मराठा विरुद्ध मुगलको सहयोग गरे। तर १९३७ डिसेम्बर २४ मा भएको भोपालको लडाइँमा उनी पराजित भए। [२१][२२] मराठाले मुगलबाट ठूलो युद्ध क्षतिपूर्ति पाए र माल्वा मराठालाई दिइयो।[२३]
  • वसईचीको लडाइँ मराठा र वसईचीको पोर्चुगिज शासक बीच भएको थियो। यस लडाइँमामा मराठा सेनाको नेतृत्व चिमाजी अप्पाले गरेका थिए। यो युद्धको विजयलाई बाजीरावको कार्यकालको प्रमुख उपलब्धि मानिन्छ।[२१]

बालाजी बाजीराव[सम्पादन गर्ने]

बाजीरावको मृत्यु पछि, अन्य दरबारीहरूको बिरोधको बाबजुद साहुले उनका पुत्र बालाजी बाजीराव (नानासहेब)लाई पेश्वा नियुक्त गरे।

बङ्गाल आक्रमण[सम्पादन गर्ने]

मराठाको अफगान विजय[सम्पादन गर्ने]

दिल्ली र रोहिलखण्डमा मराठा आक्रमण[सम्पादन गर्ने]

१७६१ को पानीपतको लडाई ठीक अघि, दिल्लीको अभियानमा मराठाहरूले दिल्लीको लाल किल्लामा "दिवान-ए-खास" लुटेका थिए। यो मुगल बादशाहले दरबारी र शाही अतिथीलाई स्वागत गर्ने स्थान थियो।

१७५० को दशकमा रोहिलखण्डमा मराठा आक्रमणको समयमा

पानीपतको तेस्रो युद्ध[सम्पादन गर्ने]

पेशवा माधव राव प्रथम[सम्पादन गर्ने]

प्रशासन[सम्पादन गर्ने]

प्रतापगढ किल्ला, शिवाजीले शासन गरेको सुरुवाती मध्येको एक किल्ला
मराठा दरबार वा भारदारी
शिवाजी युग, १७औं शताब्कोदीको सुनको सिक्का

साम्राज्यको प्रशासन चलाउन अष्टप्रधान (आठ जनाको परिषद)को वयवस्था थियो। यो प्रणाली शिवाजीले बनाएका थिए। [२४] अन्य ओहोदा तथा पद संस्कृत शब्दबाट झिकिएका थिए। :[स्रोत नखुलेको]

  • पन्तप्रधान वा पेशवा – प्रधानमन्त्री, साम्राज्यको सामान्य प्रशासन
  • अमात्य वा मजुमदार – अर्थमन्त्री ढाँचा:Reliable
  • सचिव – सचिव
  • मन्त्री – आन्तरिक मामिला, गुप्तचर हेर्ने
  • सेनापति – रक्षा मामिला
  • सुमन्त – वैदेशिक मामिला
  • न्यायध्यक्ष – प्रधानन्यायाधीश
  • पन्डित्राय – राजपुरोहित

पेशवाको शासनकालमा, मराठा साम्राज्य आफ्नो चरम शिखरमा पुग्यो। त्यतिबेला भारतीय महाद्विको अधिकांश भागमा यसको राज चल्थ्यो। पेशवाकै शासनकालमा साम्राज्यको अन्त भयो र ब्रिटिस साम्राज्यमा १८१८ मा बिलय भयो।

मराठाले प्रशासनमा धर्म निरपेक्ष निति लिएका थिए र पूर्ण धार्मिक स्वतन्त्रताको अधिकार थियो। Tम[२५]

पादटिप्पणीहरू[सम्पादन गर्ने]

  1. Some historiansLua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value). may consider 1645 as the founding of the empire because that was the year when the teenaged Shivaji captured a fort from the Adilshahi sultanate.
  2. Many historians consider Attock to be the final frontier of the Maratha Empire[१०]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hatalkar (1958).
  2. Turchin, Adams & Hall (2006), p. 223.
  3. Capper (1997):This source establishes the Maratha control of Delhi before the British
  4. Pagdi (1993), p. 98: Shivaji's coronation and setting himself up as a sovereign prince symbolises the rise of the Indian people in all parts of the country. It was a bid for Hindawi Swarajya (Indian rule), a term in use in Marathi sources of history.
  5. Jackson (2005), p. 38.
  6. Manohar (1959), p. 63.
  7. Ahmad & Krishnamurti (1962).
  8. Mehta (2005), p. 204
  9. Sen (2010), p. 16.
  10. १०.० १०.१ Majumdar (1951b).
  11. Marshall 2006, पृष्ठ 72.
  12. P. J. Marshall (२००६), Bengal: The British Bridgehead: Eastern India 1740–1828, Cambridge University Press, पृ: ७२, आइएसबिएन 978-0-521-02822-6 
  13. Ghazi (2002), p. 130.
  14. Naravane (2006), p. 63.
  15. Richards (1995), p. 223.
  16. Sen (2010), p. 11.
  17. १७.० १७.१ Sen (2010), p. 12.
  18. Montgomery (1972), p. 132.
  19. Mehta (2005), p. 117.
  20. Sen (2006), p. 12.
  21. २१.० २१.१ Sen (2006).
  22. Sen (2010), p. 23.
  23. Sen (2010), p. 13.
  24. Sardesai (2002).
  25. Edwardes & Garrett (1995), p. 116.