खैबर पख्तुनख्वा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खैबर पख्चुनख्वा
خیبر پښتونخوا
خیبر پختونخوا
—  प्रदेश  —
Bab-e-Khyber.jpg
MKmosque.jpg
Kalam, Swat (Pakistan).jpg
Bahrain Valley, Swat, KPK.JPG
Saif ul malook lake-01.jpg
KP logo
देश Flag of Pakistan.svg पाकिस्तान
स्थापना १४ अगस्ट १९४७
१ जुलाई १९७० मा पुन स्थापित
राजधानी पेशावर
सरकार
 - प्रकार प्रदेश
 - अङ्ग प्रदेशीय सभा
 - गभर्नर शाह फरमान [१]
 - मुख्यमन्त्री महम्मद खान
 - मुख्य सचिव नाभेद कमरान बलुच
 - व्यवस्थापिका खैबर पख्तुनखवा राष्ट्रिय सभा
 - उच्च अदालत पेशावर उच्च अदालत
क्षेत्रफल
 - जम्मा १०१,७४१ किमी (३९,२८२.४ वर्ग मी)
जनसङ्ख्या (२०१७)[२]
 - जम्मा ३५,५२५,०४७
 जनघनत्व ३४९.२/किमी (९०४.३/वर्ग मी)
समय क्षेत्र पाकिस्तानी समय (युटिसी+५)
टेलिफोन कोड ९२९१
प्रमुख भाषाहरू अन्य भाषा: उर्दु, हिन्दको, खोवर, कलामी, तोरवाली, बेतारी, कलकोटी, वोखी,
खेलकुद टोलीहरू पेशावर जल्मी
पेशावर प्यानथर
अटोकाबाद अल्कोन
सभा सिटहरू १२४
जिल्ला २६
शहरहरू
सङ्घिय परिसद ९८६
वेबसाइट अाधिकारिक वेबसाइट

खैबर पख्तुनख्वा (उर्दू: خیبر پختونخوا; अफगानी: خیبر پښتونخوا) पाकिस्तानको चार प्रशासकिय प्रदेशहरूको एक भाग हो जुन पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रमा रहेको छ जुन अफगानिस्तानको र पाकिस्तानको सिमान क्षेत्रको रुपमा रहेको छ । यस प्रदेशलाई पहिला उत्तर-पश्चिम प्रदेशको नामले चिनिन्थ्यो भने सन् २०१० मा पाकिस्तान सरकारले प्रदेशको नाम खैबर पख्तुनख्वामा परिवर्तन गरिएको थियो । खैबर पख्तुनख्वा जनसङ्ख्या र अर्थतन्त्रका अाधारमा पाकिस्तानकै सबैभन्दा तेस्रो ठूलो प्रदेशको रुपमा रहेको छ भने भौगोलिक अवस्थाका अनुसार सबैभन्दा सानो प्रदेश हो । पाकिस्तानमा खैबर पख्तुनख्वा पञ्जाब, बलुचिस्तान, आजाद कश्मीर, गिल्गित-बाल्तिस्तान, र इस्लामाबादसँग सिमान जोडिएको छ । यो प्रदेश पाकिस्तानको कुल अर्थतन्त्रको १०.५ प्रतिशत अर्थतन्त्र धानेको छ भने कुल जनसङ्ख्याको १०.५ प्रतिशत मानिसहरूको घर हो । यस प्रदेशमा मुख्यतया पश्तुन जनजातिहरू बसोबास गर्छन् । यो प्रदेश प्रचिन गान्धार राज्यको एक भाग थियो ।

शव्दको उत्पत्ति[सम्पादन गर्ने]

खैबर पख्तुनख्वाको वास्तविक अर्थ खैबर पठान जनजातिको अाधिकारिक भूमि हो जसमा पख्तुनख्वाले पठान जातीको भूमिको अर्थ दिन्छ । केही विद्वानहरूका अनुसार खैबर पख्तुनख्वाको अर्थ "पठानको संस्कृति र समाज" हो । यो प्रदेश भारतीय साम्राज्यबाट उत्तर-पश्चिमका पर्ने भएकाले पहिला यस प्रदेशलाई ब्रिटिस्टहरूले उत्तर-पश्चिम सिमाना प्रदेशको नामले चिनिन्थ्यो । पाकिस्तानको स्वतन्त्र पछि पनि यस प्रदेसको नाम परिवर्तन गरिएको थिएन तर पठान राष्ट्रिय पार्टी र अवामी राष्ट्रिय पार्टीले यस प्रदेशको नाम पख्तुनख्वा राख्न सुझाव दिइएको थियो । पाकिस्तानका अन्य प्रदेशको नाम त्याहाँ बसोबास गर्ने मानिसको जनजातिको नामले राखिएको हुँदा यस प्रदेशलाई पनि पठान जनजातिले पख्तुनख्वा राख्न जोड गरेका थिय ।

प्रदेशका राष्ट्रिय सङ्केतहरू
प्रदेशीय झण्डा खैबर पख्तुनख्वाको झण्डा Flag of Khyber Pakhtunkhwa.svg
प्रदेशको निशाना छाप खैबर पख्तुनख्वाको निशाना छाप Coat of arms of Khyber Pakhtunkhwa.svg
जनावर काबुल मारखोर Capra falconeri Markhor Parc Bouillon 31082014 2.jpg
चरा कालिज Kaleej Pheasant Lophura leucomelanos by Dr. Raju Kasambe IMG 1181 (4).jpg
रुख अफगानी अशोकको रुख Kızılçam ağacı - Pinus brutia 02.JPG
फूल ट्यूलिप Tulipa clusiana1ScottZona.jpg
खेलकुद पठान धनुस काड Makha (shooting game).jpg

भूगोल[सम्पादन गर्ने]

जनशाङ्खिकि[सम्पादन गर्ने]

यस प्रदेशको सन् २०११ को अनुमानित जनसङ्ख्या लगभग २७.५ मिलियन रहेको छ जुन सन् १९९८ को जनगणनाको भन्दा ५१.६ प्रतिशतले बढेको छ । यो शहरमा बसोबास गर्ने जनजातिहरू मध्य सबैभन्दा धेरै सङ्ख्या पठान जातीहरू रहेका जसले यस प्रदेशमा शताब्दीअौँ देखि बसोबास गर्दै अाएका छन् । यस शहरमा १.५ हाराहारीमा अफगानी सरणार्थीहरू पनि रहेका छन् । यस प्रदेशमा अन्य जनजातिहरू जस्तै ताजिक, हजारस र अन्य जनसमुदाय पनि बसोबास गर्दै अाएका छन् ।

सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार यस प्रदेशको कुल जनसङ्ख्या १७ मिलियन रहेका छन् जसमध्य ५२% पुरुष र ४८% महिलाहरू रहेका छन् ।[३]

मुख्य शहर[सम्पादन गर्ने]

पेशावर यस शहरको प्रमुख र सदरमुकाम शहर हो । यो शहर खैबर पख्तुनख्वाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हो जसले प्रदेशकै अाठ भागमा एक भाग जनसङ्ख्या अोगटेको छ ।

खेलकुद[सम्पादन गर्ने]

क्रिकेट खेल यस प्रदेशकै सबैभन्दा लोकप्रिय खेल हो । यस प्रदेशबाटै पाकिस्तानका उत्कृष्ट खेलाडीहरू जस्तै- उमर गुल, युनिस खान, फकर झमान, शाहिद आफ्रिदी अादि खेलाडीहरू यहि प्रदेशका हुन् । खैबर पख्तुनख्वा धेरै विश्व स्तरीय स्क्वास खेलाडीहरुको जन्म स्थल हो जसमा हशीम खान, कमार जमान, जहङ्गर खान र जनशर खान रहेका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "खैवर पख्तुनख्वामा प्रमुख अध्यक्ष", डेल्ली टाइम्स, अन्तिम पहुँच २५ फेब्रुअरी २०१६ 
  2. "२०१७ पाकिस्तानको प्रदेशको जनगणना र घरहरूको सङ्ख्या", पिबिएस सेन्सस डट जिअोभि डट पिक। 
  3. "विश्व मौसम तथ्याङ्क:", वेदरबेस, २०१०, अन्तिम पहुँच १ सेप्टेम्बर २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]