गान्धार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमी गान्धार क्षेत्र

गान्धार प्राचिन भारतीय उपमहाद्वीपको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक ऐतिहासिक राज्य हो । यो क्षेत्र आजको समयमा पाकिस्तानको पेशावर क्षेत्र वरपर रहेको छ । गान्धारको उल्लेख हिन्दु ग्रन्थ महाभारतमा बाह्लिक प्रदेशको एक राज्य मानिएको थियो ।

गान्धार छैटौँ देखि पाँचौ शताब्दी ईसा पूर्वमा प्राचिन फारस (पर्सिया)को अकामनी वंशको शासनमा रहेको थियो । त्यसपछि युनानी (ग्रीक) सम्राट अलेक्जेन्डर द ग्रेट (सिकन्दर महान) ले ईसा पूर्व चौथौं शताब्दीमा गान्धारको कब्जा गरेका थिए । उनीपश्चात गान्धार मौर्य साम्राज्यमा समाहित भयो । मौर्य वंशको शासनमा गान्धार बौद्ध धर्मको केन्द्र बनेको थियो । मौर्यकाल पश्चात इन्डो-ग्रीक राज्य, शक, कुषाण राजवंश, पार्थियन साम्राज्यद्वारा शासित भयो ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]