सामग्रीमा जानुहोस्

भारतीय उपमहाद्वीप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतीय उपमहाद्वीप
भारतीय उपमहाद्वीपको भूराजनीतिक नक्सा
क्षेत्रफल४४,४०,००० किमी (१७,१०,००० वर्ग माइल)
जनसङ्ख्याअन्दाजी १.८ बिलियन
वासिन्दा नामदक्षिण एसियाली, देसी
देशहरू
भाषाहरू

भारतीय उपमहाद्वीप दक्षिणी एसियाको एक भौतिक क्षेत्र हो, जो भारतीय प्रस्तरमा अवस्थित छ, हिमालयबाट हिन्द महासागरमा दक्षिणतिर प्रक्षेपण गर्दछ। भौगोलिक रूपमा, यसले बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, र श्रीलंका देशहरू समावेश गर्दछ।[१][२] "भारतीय उपमहाद्वीप" र "दक्षिण एसिया" शब्दहरू प्राय: क्षेत्रलाई जनाउनको लागि एकान्तरको रूपमा प्रयोग गरिन्छ, यद्यपि दक्षिण एसियाको भूराजनीतिक शब्दले प्रायः अफगानिस्तान समावेश गर्दछ, जसलाई अन्यथा मध्य एसियाको रूपमा वर्गीकृत गर्न सकिन्छ।[३] उपमहाद्वीप वरपरका छिमेकी भौगोलिक क्षेत्रहरूमा उत्तरमा तिब्बती पठार, पूर्वमा इन्डोचाइन्स प्रायद्वीप र पश्चिममा इरानी पठार र दक्षिणमा हिन्द महासागर पर्दछन्।[४]

परिभाषा[सम्पादन गर्नुहोस्]

स्वतन्त्र देशहरू भयेको जमिनको एक ठुलो भू-भाग जसले दक्षिण एसियाको ठुलो भाग ओग्टेको छ “भारतिय उपमहाद्वीप” हो। शब्दकोशमा दिए अनुसार शब्द “उपमहाद्वीप”को मतलब हो कुनै खास महाद्वीपमा “एउटा छुटै भौगोलिक अथवा राजनीतिक स्वतन्त्रता भयेको” अथवा भौगोलिक रूपमा मुख्य महाद्वीपको एउटा उपखण्ड। “भारतीय उपमहादेश” र दक्षिण एसिया एक अर्काका पुरक हुन। ई शब्द एक अर्काको ठाँउमा प्रयोगमा लिइन्छ। राजनीतिक गतिविधीले गर्दा “भारतीय उपमहाद्वीप” लाई कसै-कसैले “दक्षिण एसियाली उपमहादेश”, “भारत-पाक उपमहादेश” “उपमहादेश” अथवा मात्र “दक्षिण एसिया” भनेर सम्बोधन गर्छन। इतिहासविद् सुगाता बोस र आयेशा जलाल अनुसार “भारतीय उपमहाद्वीप” लाई “दक्षिण एसिया” हालमा भन्न थालियेको हो। इन्डलजिस्ट रनाल्ड बी. इन्डेनले तर्क गर्नुहुन्छ कि “दक्षिण एसिया” शब्द धेरै छिटो फैली रहेको छ र चल्तीमा छ र यसले साफ तवरमा पूर्व एशीयादेखी छुट्टै रहेको देखाउछ। केही संस्थानहरूको भनाई अनुसार युरोप र उत्तरी अमेरिकामा “उपमहाद्वीप” वा “भारतिय उपमहाद्वीप” भन्दा “दक्षिण एसिया” शब्दको प्रयोग धेरै छ।

दक्षिण एसियाको परिभाषा जस्तै “भारतीय उपमहाद्वीप”को भौगोलिक स्थितिको परिभाषा पनि धेरै प्रकारले दिइन्छ भू-चित्रण अनुसार दक्षिण एसियाको बीचको भू-भाग त्रिकोणीय छ हिरा जस्तै, यसको उत्तरमा हिमालयले घेरेको छ र पश्चिमको भाग हिन्दु-कुश द्वारा घेरियेको छ, र पूर्वमा अराकनीले घेरेको छ, र दक्षिणका सबै भागहरू हिन्दमहासागरले घेरियेको छ। भू-राजनीतिक तवरमा, इतिहासमा यि सबै क्षेत्रहरू मिलेर एक विशाल भारत थियो जुन अब तीन वटा मुलुक बनेको छ भारत, पाकिस्तान र बंड्लादेश। १९४७ भन्दा पहिला इ तीनवटै मुलुकहरू मिलेर एक देश थियो जुन ब्रिटिस भारत भनाइन्थ्यो। यसमा नेपाल, भुटान र द्वीपीय देश श्रीलङ्का र कहिले काही अफगानिस्तान र द्वीपीय देश मालद्वीपलाई पनि राख्ने गरिन्छ। यस क्षेत्रमा विवादीत क्षेत्र अक्साई चीनलाई पनि राख्न सकिन्छ, जुन ब्रिटिस भारतको क्षेत्र जम्मु-कश्मिरको भाग थियो, तर अब यस क्षेत्रमा, चीनको स्वायत्त क्षेत्र सिड्जियाडको शासन छ। राष्ट्र सङ्घको स्टेट डिपार्टमेंट द्वारा १९५९ मा प्रकाशित एक बुकलेटमा अफगानिस्तान, सिलोन (श्रीलङ्का) भारत, नेपाल र पाकिस्तान (त्यति बेला बंड्लादेश पनि पाकिस्तानको अङ्ग थियो जुन पूर्व पाकिस्तान भनेर चिनिन्थ्यो) लाई “दक्षिण एसियाको उपमहाद्वीप” भनेर लेखेको थियो। जब भारतिय महाद्वीपलाई दक्षिण एसियाको रूपमा प्रस्तुत गरिन्छ तब, द्वीपीय देश श्रीलङ्का र मालद्वीपलाई कहिले काही यसमा जोडिन्दैन, जब कि तिब्बत र नेपाललाई कहिले काही जोडिन्छ भने कहिले काही जोडिन्दैन।

भूगोल[सम्पादन गर्नुहोस्]

भौतिक भूगोल[सम्पादन गर्नुहोस्]

यस उपमहाद्वीपमा सामान्यतया भारत, पाकिस्तान, र बङ्गलादेश सम्मिलित गरिन्छन्; र नेपाल, भुटान, र श्रीलङ्कालाई पनि प्रायः सम्मिलित गरिन्छ, र कहिल्यै कभार अफगानिस्तानमालदिभ्स पनि सम्मिलित गरिन्छन्। यस क्षेत्रमा अक्साई चिनको विवादित क्षेत्र पनि छ जुन ब्रिटिस राजका रियासती राज्य जम्मू र कश्मीरको भाग थियो,मा वर्तमानमा चीनका शिंग्जियांग स्वायत्तशासी प्रान्तको एक भाग छ। जब कहिल्यै भारतीय उपमहाद्वीपको उपयोग दक्षिण एसियाका सन्दर्भमा गरिन्छ त यसमा कहिले काँही श्रीलङ्का र मालदीवलाई सम्मिलित गरिँदैन, जबकि नेपाल र तिब्बतलाई प्रेरणानुसार यसमा सम्मिलित गरे या गरिँदैन।

मानव भूगोल[सम्पादन गर्नुहोस्]

भौगोलिक रूपबाट, भारतीय उपमहाद्वीप एक प्रायद्वीपीय क्षेत्र छ जुन दक्षिण-मध्य एसियामा स्थित छ। यस क्षेत्रमा सम्मिलित सबै सातहरू देशहरूको कुल क्षेत्रफल ४४ ला ख वर्ग किमी छ, जुन एसियाई महाद्वीपको लगभग १०% या विश्वका भूमि क्षेत्रफलको २.४% छ। कुल मिलाएर यहाँ एसियाका ३४% (विश्वका १६.५%) मानिसहरू निवास गर्दछन् र यहाँ ठूलो सङ्ख्यामा विभिन्न जनसमूहहरूका मानिसहरू रह्दछन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. Mariam Pirbhai (२००९), Mythologies of Migration, Vocabularies of Indenture: Novels of the South Asian Diaspora in Africa, the Caribbean, and Asia-Pacific, University of Toronto Press, पृ: १४, आइएसबिएन 978-0-8020-9964-8 
  2. Michael Mann (२०१४), South Asia's Modern History: Thematic Perspectives, Taylor & Francis, पृ: 13–15, आइएसबिएन 978-1-317-62445-5 
  3. Robert Wynn Jones (२०११), Applications of Palaeontology: Techniques and Case Studies, Cambridge University Press, पृ: 267–271, आइएसबिएन 978-1-139-49920-0 
  4. Baker, Kathleen M.; Chapman, Graham P. (११ मार्च २००२), The Changing Geography of Asia, Routledge, पृ: 10–, आइएसबिएन 978-1-134-93384-6