गुजराती भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुजराती भारत को एक भाषा हो । यो भाषा गुजरात प्रान्त तथा बम्बईमा बोलिन्छ। गुजराती साहित्य भारतीय भाषाहरूको सबभन्दा अधिक समृद्ध साहित्यमा एक हो । भारतका अन्य भाषाहरू सरह नै गुजराती भाषाको जन्म संस्कृत भाषाबाट भएको हो । भारतका अरु राज्य एवं विदेशमा पनि गुजराती भाषा बोल्ने मानिसहरू बस्दछन् । जसमा पाकिस्तान, अमेरिका, यु.के., केन्या, सिंगापुर, अफ्रिका, अस्ट्रेलिया मुख्य छन् । भारतका राष्ट्रपिता महात्मा गान्धी एवं लोखंडी पुरुष सरदार बल्लभ भाई पटेलको मातृभाषा गुजराती थियो । गुजराती बोल्ने मानिस भारतको अन्य महानुभावहरूमा पाकिस्तानका राष्ट्रपिता मोहम्मद अली जिन्ना, महर्षि दयानन्द सरस्वती, मोरारजी देसाई, नरेन्द्र मोदी, धीरु भाइ अंबानी पनि सामिल छन् ।

सर्वनाम[सम्पादन गर्नुहोस्]

पुरुषवाचक[सम्पादन गर्नुहोस्]

गुजराती नेपाली गुजराती नेपाली गुजराती नेपाली
હું મેં मैले મને मलाई
આપણે, અમે हामी આપણે, અમે हामीलाई આપણને, અમને हामीले
તું तँ તેં तैंले તને तँलाई
તમે तिमी તમે तिमीले તમને तिमीलाई
આપ तपाईँ આપે तपाईँले આપને तपाईँलाई
यो આણે यसले, यिनले આને यसलाई, यिनलाई
તે त्यो, उ તેણે उसले તેને उसलाई
તેઓ उनिहरू, तिनीहरू તેઓએ, તેમણે तिनिहरूले તેઓન, તેમને उनिहरूलाई

लिपि[सम्पादन गर्नुहोस्]

यो भाषा गुजराती लिपिमा लेखिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]