बिहारी भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिहारी पूर्वी भारोपेली भाषाहरूको पश्चिमी समूह हो । यो मुख्यतः भारतमा बिहार र यसका अन्य छिमेकी राज्यहरूमा बोल्ने गरिन्छ । केही भाषाहरू जस्तै: अंगिका, बज्जिका, भोजपुरी, मगहीमैथिली नेपालमा बोल्ने गरिन्छ ।[१][२]

बिहारी शब्दको भाषाहरूलाई आयामसँग जोड्ने प्रथम प्रयास अङ्ग्रेज भाषा-वैज्ञानिक सर जर्ज अब्राहम ग्रियर्सनद्वारा गरेको देखिन्छ । ग्रियर्सनले पहिलो पटक लिङ्विस्टिक सर्वे अफ इन्डिया नामक पुस्तकमा वर्तमान उत्तरी बिहार र दक्षिण-पश्चिम उत्तर प्रदेशमे बोल्ने गरिएको भाषाहरूको सम्मिलित स्वरूप जुन त्यहाँको क्षेत्रीय हिन्दीमा लक्षित छन्, त्यसलाई बिहारी नाम दिइएको छ । यस क्षेत्रमा बोलिने अन्य प्रमुख भाषाहरूमा - मैथिली, भोजपुरी, मगही, अंगिका, बज्जिका, नागपुरिया इत्यादि भाषाहरू छन् । यी भाषाहरूलाई मातृभाषाको रूपमा प्रयोग गर्ने मातृभाषीहरू जब हिन्दीलाई आफ्नो दोस्रो प्रमुख भाषाको रूपमा प्रयोग गर्छन त्यस समय उनीहरूको हिन्दीमा व्याकरण र उच्चारणको स्तरमा धेरै समानताहरू पाइने गरेको छ । यस प्रभावलाई सामान्यतया हिन्दी चलचित्रहरू र सामान्य बोलीमा "बिहारी" नाम दिइएको छ । यस्तै प्रभाव यस क्षेत्रका अङ्ग्रेजी बोल्ने भाषीहरूको अङ्ग्रेजीमा समेत परिलक्षित हुने गरेको छ । सामाजिक र राजनीतिक परिप्रेक्ष्यमा बिहारी शब्दको प्रयोग नकारात्मक विशेषणको रूपमा हुने गरेको देखिन्छ । यी सबै भाषाहरू भारोपेली भाषा परिवार अन्तर्गत आउने गरेको छ ।

मातृभाषीहरू[सम्पादन गर्नुहोस्]

बिहारी भाषा अन्तर्गतका भाषाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.
  2. "Language, Religion and Politics in North India". p. 67. Retrieved 1 April 2017.

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]