मैथिली साहित्य
भारतीय साहित्य |
---|
प्राचीन |
प्रारम्भिक मध्यकालीन |
मध्यकालीन देखि प्रारम्भिक आधुनिक |
मैथिली साहित्य मैथिली भाषाको साहित्य हो। मैथिली साहित्यको प्रथम ग्रन्थ वर्ण रत्नाकर हो। यो युगौ पुरानो छ। मैथिली भाषाका महाकवि विद्यापति द्वारा मैथिली साहित्यमा अमर योगदान पुगेको छ।उहाँ १००० बटा गीत नै लेख्नु भएको छ।यस्को निरन्तरता विभिन्न रचनाकारले दिनु भएको हो।यस्को पहिलो लिखित ग्रन्थ वर्ण रतनाकार हो। मैथिली साहित्यको इतिहास नेपाली भाषा साहित्य भन्दा पनि बढि पुराणो रहेको तथ्यहरु भेटिन्छ।
आधुनिक कवि तथा लेखकहरूमा हरिमोहन झा, रामभरोस कापडी, धीरेन्द्र प्रेमर्षि, विनीत ठाकुर, डा राजेन्द्र बिमल, डा चन्द्रमणि झा, रुपा झा , देवेन्द्र मिश्र , श्यामसुन्दर यादव ,श्यामसुन्दर शशी, चन्द्र शेखरलाल शेखर धीरेन्द्रप्रसाद साह, दिनेश यादव, अर्जुण प्र . गुप्ता दर्दिला आदि पर्दछन्। भारतीय मिथिला क्षेत्रमा अक्षय आनन्द सन्नी, मैथिल प्रशान्त, दीप नारायण, शंकर मधुपांश । नेपालमा युवा सर्जक मध्ये विन्देश्वर ठाकुर, गजेन्द्र गजुर, नारायण मधुशाला, विद्यानन्द वेदर्दि,राम उद्गार यादव, रामसाैगारथ यादव, शम्भु श्री लगायत मैथिलीका लेखकहरू छन्।
आदिकाल (७५० ई. देखि १३५० ई. सम्म)
[सम्पादन गर्नुहोस्]पाल शासनकालको मैथिली साहित्य प्रारम्भिक स्वरूप हो । बौद्ध भिक्षुहरूको संरक्षक पनि यिनै पाल राजाहरू थिए । विक्रम विश्वविद्यालयमा ८४ जना भिक्षु बस्थे । सरहपा, भुसुकपा आदिका रचनामा प्राचीन मैथिली शब्दहरू पाइन्छ । कर्णाट शासन ई. १०९७ मा सुरु भयो, जहाँ अनेकौँ साहित्य रचिए । एक से एक महान् साहित्यकार विद्वान्हरू भए । ‘वर्ण रत्नाकर’, धूर्त समागम सहित अनेकाँैं कृति यस वंशका अन्तिम राजा हरिसिंह देव (ई. १३२४) का पालाका पनि पाइएको छ ।
मध्यकाल (१३५० ई. देखि १७६८ ई. सम्म)
[सम्पादन गर्नुहोस्]मैथिली साहित्यक इतिहासमा मध्यकाल स्वर्ण युगको रूपमा चिनिन्छ । मिथिला क्षेत्रमा विद्यापतिको अवतरणपछि त्यसको प्रभाव क्षेत्र विस्तार हुँदै नेपालको मल्ल राजाहरूसम्म आइपुग्दा उपत्यकाका तीनवटै राजदरबारमा स्वयं राजाहरूबाट मैथिली भाषामा पद र नाटकहरूको रचना भएको थियो । मल्लवंशका राजाहरू गीत, सङ्गीत र नाटकका प्रेमी थिए । उनी डबलीमा नियमित गीत, नृत्य र नाटकको रसास्वादन गर्दथे । आपूm पनि लेख्थे र आफ्ना आश्रित विद्वान्हरूलाई पनि लेख्न लगाउँदथे ।
अन्धकार काल (ई. १७६८ देखि १९५० सम्म)
[सम्पादन गर्नुहोस्]यो समय नेपाल एकीकरणको समय हो । यो बेला मैथिली साहित्यको रचना भएको पाइँदैन । यस बीचमा
‘एकरारनामा’, बहिखत, अजातपत्र, निस्तारपत्र, दानपत्र, राजकीय अभिलेख, चिट्ठी आदिमा मैथिली भाषाको प्रयोग देखिए पनि मौलिक साहित्य रचना भेटिँदैन । त्यसैले यसलाई मैथिली साहित्यको लागि अन्धकार काल भनिन्छ । तर शाह कालको अढाइ सय वर्षको अवधिमा मैथिली भाषाका पदहरू विभिन्न विद्वान्को हातबाट प्रतिलिपि गराई राखिएका ताम्रपत्र, प्राचीन कागज (पहेँलो)हरू निजी अभिलेखालयमा प्राप्त भएका छन् । त्यसलाई राम्ररी अध्ययन गरेपछि त्यस कालमा पनि नेपालीबाहेकका भाषाहरूमा रचना सुरक्षित राख्ने प्रचलन रहेको तथ्य अझ प्रमाणिक रूपमा फेला पर्न सक्छ ।
आधुनिक काल (ई. १९५० देखि हालसम्म)
[सम्पादन गर्नुहोस्]वि.सं. २००७ मा राणाशासन समाप्त भएपछि साहित्य लेखनतिर स्रष्टाहरू अगाडि आउन थाले । राणाशासनमा पनि अन्य भाषामा साहत्यिक रचनाहरू सिर्जना भएको पाइन्छ । तर मैथिलीमा पाइएको छैन । अथवा भए पनि त्यसको संरक्षण हुन सकेन । प्रजातन्त्र आएपछि संस्कृतका विद्वान्हरूले आफ्नो मातृभाषामा लेख्न प्रारम्भ गरे । जो क्रमशः आजको समृद्ध साहित्यसम्म निरन्तर बढी रहेको छ ।
नेपालमा आधुनिक कालको पृष्ठभूमिको रूपमा ई. १९५० मा संस्कृत शिक्षकको रूपमा भारतबाट जनकपुर आउनु भएका पं. जीवनाथ झाको रचनाबाट भयो । उहाँ आपूm पनि मैथिली र संस्कृतमा लेख्नुहुन्थ्यो र अन्यलाई पनि उत्साहित गर्नुहुन्थ्यो । २०१७ सालपछि मैथिली लेखनले गति लिन थाल्यो । यसको श्रेय भारतबाट नै मैथिली–हिन्दी शिक्षणका लागि जनकपुर आउनुभएका डा. धीरेश्वर झा ‘धीरेन्द्र’लाई जान्छ । उहाँले लेखनसँगै नयाँ पुस्तालाई साहित्यतर्पm प्रेरित गराउनुभयो ।