तिरहुता लिपि
तिरहुता, मिथिलाक्षर | |
---|---|
प्रकार | |
समयावधि | अ.१५ शताब्दी - हाल सम्म [१] |
लेखन दिशा | बायाँ देखि दायाँ |
क्षेत्र | भारत तथा नेपाल |
भाषाहरू | मैथिली |
आईएसओ १५९२४ | |
आईएसओ १५९२४ | Tirh (326), Tiruta |
युनिकोड | |
युनिकोड उपनाम | Tirhuta |
U+11480–U+114DF | |
तिरहुता (তিৰহুতা) वा मिथिलाक्षर (মিথিলাক্ষৰ) मैथिली भाषाको लिपि हो। तिरहुता लिपिको इतिहास धेरै लामो रहेको छ। यस लिपि प्रतिको उदासिनता तथा न्यून प्रयोगले प्राय: जसो मैथिली भाषी तिरहुता लिपिको सट्टा देवनागरी लिपिमै लेख्न अभ्यस्त भइसकेका छन्। तर हालको वर्षमा यस लिपिको प्रयोग घट्दो देखिन्छ। तर हाल केही पारम्परिक ब्राह्मण (पण्डित) 'पाता' (विवाह आदि सँग सम्बन्धित पत्र) पठाउनका लागि यस लिपिको प्रयोग गर्छन। यस लिपि बंगला लिपि सँग मिल्दोजुल्दो छ तर यो थोरै भिन्न छ। यो पढ्नमा बङ्गला लिपि भन्दा धेरै कठिन छ।
इतिहास तथा वर्तमान अवस्था
[सम्पादन गर्नुहोस्]यस लिपिको सबैभन्दा प्राचीन अभिलेख नेपालको जानकी मन्दिरमा फेला परेको छ। प्राचीन समयमा यस ठाउँमा संस्कृत भाषाको समेत विकासको लागि महत्त्वपूर्ण योगदान रहेको इतिहासबिद्धहरू बताउछन्। यस लिपिको कम्प्युटरमा प्रयोग गर्न मिल्ने फन्टको विकास सन् २००३ मा भएको हो।[२] त्यस्तै यस लिपिको प्राचीन नमुना भारतको दरभंगा जिल्लाको कुशेश्वरस्थान नजिकै एउटा शिवमन्दिर रहेको छ त्यसै मन्दिरमा पूर्वी मागधी प्राकृतमा लेखिएको छ कि मन्दिर 'कात्तिका सुदी' ( अर्थात कात्तिक शुक्ल प्रतिपदा) शके १२५ (अर्थात २०३ ई सन्) मा निर्माण गरिएको थियो। यस मन्दिरको लिपि र आधुनिक तिरहुता लिपिमा थोरै अन्तर रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://www.ancientscripts.com/tirhuta.html
- ↑ Pandey, Anshuman, "N4035: Proposal to Encode the Tirhuta Script in ISO/IEC 10646", अन्तिम पहुँच ३ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०१४ मिति
बाह्य स्रोतहरू
[सम्पादन गर्नुहोस्]- तिरहुता लिपि
- मिथिलाले मिथिलाक्षरलाई बिर्स्यो ?
- मैथिलीको फन्ट तथा सफतवेयर वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-२९ मिति
- तिरहुता लिपि वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-२३ मिति
- मिथिला अनलाईन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-१० मिति
- मिथिलाक्षर शिक्षा