बज्जिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बज्जिका
क्षेत्रभारतको बिहार प्रान्त तथा नेपालको तराई क्षेत्र
मातृभाषा वक्ताहरू
१ करोड १५ लाख, नेपालमा ७ लाख ९३ हजार ४ सय १६[१]
तिरहुता, कैथी, देवनागरी
भाषा सङ्केतहरू
आइएसओ ६३९-३
mai-baj

बज्जिका पूर्वी भारत र नेपालमा बोलिने भाषा हो जसलाई एथ्नोलग लगायत केही स्रोतहरूले मैथिली भाषाको भाषिका मान्छन्।[२] बज्जिका भारतको बिहारका उत्तर पश्चिम जिल्लाहरू र नजिकै रहेका नेपालका क्षेत्रहरूमा बोलिन्छ।

भौगोलिक अवस्थिति र वक्ता[सम्पादन गर्ने]

बज्जिका मुख्य गरी बिहार प्रान्तको समस्तीपुर, सीतामढी, मुजफ्फरपुरवैशाली जिल्लाहरूका साथै केही हदसम्म पूर्वी चम्पारण, सारणशिवहर जिल्लाहरूमा बोलिन्छ। मुजफ्फरपुरसमस्तीपुर जिल्लामा आसन्न दरभङ्गा जिल्लामा पनि बोलिन्छ।[३] नेपालमा बज्जिका बागमती नदीको उत्तर किनार देखि नारायणी नदीको पश्चिम किनार सम्म बोलिन्छ। बज्जिका भाषा बोलिने क्षेत्रहरू तिरहुत प्रमण्डलसँग संयोग भएको पाइन्छ।

सन् २००१ को भारतीय जनगणनामा आधारित भई अन्वेषक अभिषेक कश्यपले सन् २०१३ मा बिहारमा १ करोड १६ लाख निरक्षर वक्ता लगायत २ करोड बज्जिका वक्ता छन् भन्ने अनुमान गरेका थिए।[३] नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसर २ लाख ३७ हजार ९ सय ४७ वक्ता भएको बज्जिकाको राष्ट्रिय जनगणना २०६८ मा ७ लाख ९३ हजार ४ सय १६ वक्ता थिए।[१] नेपालका रौतहटसर्लाही जिल्लाहरूमा बज्जिकालाई मातृभाषाको रूपमा बोल्ने गरिन्छ।

मैथिली भाषासँगको सम्बन्ध[सम्पादन गर्ने]

बज्जिकालाई मैथिलीको भाषिका मानिएपनि यसका वक्ताहरूले यो छुट्टै भाषा हो भन्ने गर्छन्।[४][५] बज्जिकालाई मैथिलीको भाषिकाको रूपमा हेरिने हो कि होइन भन्न पनि बिहारमा बोलिने मैथिली भाषिकालाई हेर्ने हो कि सम्पूर्ण भाषिका समावेश गरिएको मैथिली भाषालाई हेर्ने भन्ने कुरा उठ्छ। २०औँ शताब्दीको प्रारम्भिक कालतिर बिहारका विद्यालयमा मैथिलीलाई प्रमुख भाषाको रूपमा पढाइने निर्णय गर्दा पनि बज्जिका र अङ्गिका बोल्ने व्यक्तिहरूले यसको विरोध गरी हिन्दीलाई प्रमुख भाषाको रूपमा पढाइनुपर्ने माग गरेका थिए।[६] बज्जिका भाषाको आधिकारिक स्थिति सन् १९५० तिर छलफलको विषय बन्न थालेको थियो।[३] सन् १९६० र सन् १९७० का दशकमा मैथिली वक्ताहरूले उनीहरूका लागि छुट्टै मिथिला प्रान्त बनाउने माग गरेपछि अङ्गिका र बज्जिका भाषीहरूले पनि उनीहरूको भाषालाई आधिकारिक मान्यता दिनुपर्ने माग गरे।[७] यसपश्चात बज्जिकाञ्चलमा भाषिक सक्रियता देखियो र बज्जिकालाई आधिकारिक मान्यता प्रदान गर्न हेतु विभिन्न आन्दोलनको आयोजना गरियो।[३]

मैथिली समर्थकहरूले बज्जिकालाई अझै पनि मैथिलीकै भाषिक मानी बिहार सरकार र बिहार राष्ट्रभाषा परिषदले मैथिली भाषा आन्दोलनलाई कम्जोर बनाउन बज्जिका र अङ्गिकालाई आधिकारिक मान्यता दिएको विश्वास राख्छन्।[६] मैथिली आन्दोलनलाई मुख्यतः मिथिला ब्राह्मणकरण कायस्थ समुदायले समर्थन गरेका छन् भने अन्य जातका समुदायले मैथिलीको सट्टा बज्जिका र अङ्गिका बोल्न रुचाउँछन्।[८] बज्जिका वक्ताहरूले असफल्तापूर्वक बिहारमा बज्जिकालाई आधिकारिक भाषा बनाउने माग गरेका थिए।[९]

बज्जिका चलचित्र[सम्पादन गर्ने]

सन् २००९ मा सार्वजनिक गरिएको 'लक्ष्मी एलथिन हम्मर अङ्गना' प्रथम बज्जिका चलचित्र थियो। त्यसपछि 'साजन आइहा डोली' सार्वजनिक गरिएको थियो।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ Population Monograph of Nepal, केन्द्रीय तथ्याङ्क विभाग, सन् २०१४, पृ: ५४, आइएसबिएन 978-9937-2-8972-6 
  2. "Maithili", एथ्नोलग 
  3. ३.० ३.१ ३.२ ३.३ अभिषेक कश्यप (सन् २०१४), "On the linguistic resources of Bajjika", in विभा चौहान, The People's Linguistic Survey of India, 6: The Languages of Bihar, ओरिएन्ट ब्ल्याकस्वान। 
  4. MultiTree
  5. Ethnologue
  6. ६.० ६.१ मिथिलेश कुमार झा (सन् २०१७), Language Politics and Public Sphere in North India: Making of the Maithili Movement, अक्सफोर्ड विश्वविद्यालय छापाखाना, भारत, आइएसबिएन 978-0-19-909172-0 
  7. क्याथलिन काइपर, सम्पादक (सन् २०१०), The Culture of India, रोजेन, आइएसबिएन 978-1-61530-149-2 
  8. मनिष कुमार ठाकुर (सन् २००२), "The politics of minority languages: Some reflections on the Maithili language movement", जर्नल अफ सोसल एन्ड इकोनोमिक डेभेलपमेन्ट (२): १९९–२१२। 
  9. अभिषेक कुमार कश्यप (सन् २०१६), "The representation of gender in Bajjika grammar and discourse", in जुली अबू; फ्याबिएन एच. बेडर, Gender, Language and the Periphery: Grammatical and social gender from the margins, जोन बेन्जमिन्स, आइएसबिएन 978-90-272-6683-5 
  10. "Bhojpuri artist to make first Bajjika film", द टाइम्स अफ इन्डिया, १७ अगस्ट २००९। 

बाह्य कडी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]