जिरेल भाषा
जिरेल भाषा / जिर्बा ताम | |
---|---|
मूलभाषी | नेपाल |
रैथाने(हरू) | जिरेल जाति |
मातृभाषा वक्ताहरू | २५ हजार [१] |
चिनियाँ-तिब्बती
| |
सम्भोट, हिमाली लिपि, एवं तिब्बती | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ![]() |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | jul |
ग्लोटोलग | jire1238 [२] |
जिरेल भाषा नेपालमा बोलिने एक भाषा हो। विशेष गरी यो भाषा जिरेल जातिले जिरेल बस्ती रहेका ठाँउमा बोलिने भएकोले नेपालको हिमाली भेगमा यो भाषा निकै प्रचलित छ। यो जिरेल समुदायको आफ्नो अलगै भाषा हो, जसलाई हामी जिर्वा ताम भन्ने गर्दछौँ। जिरेल जातिहरूको आफ्नो छुट्टै तिब्बती मुलको भाषा छ। यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको सम्भोट लिपि वा हिमाली लिपि हो। जसरी संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरूमा देवनागरी लिपिको प्रयोग गरिन्छ। त्यसरी जिरेल, तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरूमा सम्भोट लिपिको प्रयोग हुने गर्दछ।
जिरेल लिपि[सम्पादन गर्ने]
यो लिपिलाई सम्भोट लिपी पनि भनिन्छ। जिरेल भाषालाई सही उच्चारण गर्न, लिपिवद्द गर्न सम्भोट लिपिमा मात्र सम्भव छ। सम्भोट लिपिमा जम्मा ४ वटा स्वर वर्ण र ३० वटा व्यञ्जन वर्ण छन्।
- स्वर वर्ण
ཨི་ཨུ་ཨེ་ཨོ།
- व्यञ्जन वर्ण
ཀ་ཁ་ག་ང་།
ཅ་ཆ་ཇ་ཉ།
ཏ་ཐ་ད་ན།
པ་ཕ་བ་མ།
ཙ་ཚ་ཛ་ཝ།
ཞ་ཟ་འ་ཡ།
ར་ལ་ཤ་ས། ཧ་ཨ།
व्याकरण[सम्पादन गर्ने]
जिरेल भाषाको आफ्नै व्याकरण छ। व्याकरणलाई जिरेल भाषामा थोरिक्पा भनिन्छ।[स्रोत नखुलेको]
Grammar- थोरिक्पा, Noun- मिन, Verb- छिक, Adjective- मिन्जेन, Tense- दुनम, Adverb- छिकजेन, Word- इगे, Sentence- टिमताचो
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
- ↑ http://www.ethnologue.com/18/language/xsr/
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Jirel", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।