सामग्रीमा जानुहोस्

डोटेली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोटेली
डोट्याली
मूलभाषीनेपाल[]
क्षेत्रडोटी (सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश)
मातृभाषी वक्ता७९०,०००
देवनागरी लिपि
भाषा सङ्केतहरू
आइएसओ ६३९-३dty
ग्लोटोलगdoty1234[]

डोटेली वा डोट्याली भाषा नेपालको, सुदुरपश्चिमाञ्चलमध्यपश्चिमाञ्चल क्षेत्रमा बोलिने एक भाषा हो। डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो।[]सुदुरपश्चिमका सबै जिल्लाहरूमा र मध्यपश्चिमका केही जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ। यहाँका बासिन्दाहरू एकआपसमा कुरा गर्दा अथवा बोल्दा आफ्नै भाषा प्रयोगमा ल्याउने गर्दछन्। यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरू अन्तर्गत ९अौं स्थानमा रहेको छ। यो भाषा नेपालको २.९७% मानिसहरूले बोल्ने गर्दछन्। नेपालको संविधान २०७२को धारा ५ भाग १ अनुसार यो नेपालको आधिकारिक भाषाहरू मध्ये एकको रूपमा रहेको छ।[] हाल आएर यस भाषाको विकिपिडिया समेत सुरु भइसकेको छ।

जिल्ला अनुसार यो भाषा नेपालको सुदूरपश्चिम क्षेत्रमा विभिन्न नामले चिनिन्छ।

जिल्ला अनुसार भाषा नामका लागि प्रयोग गरिएका शब्दहरू[]
जिल्ला नामहरू
कैलाली बैतडेली, बझाङ्गी–नेपाली
कञ्चनपुर बैतडेली-नेपाली, पहाडी, नेपाली
डोटी डोट्याली, डोटेली
डडेल्धुरा डोट्याली, डडेल्धुरी
बैतडी बैतडी, बैतडेली, डोट्याली
दार्चुला दार्चुलेली, डोट्याली, साउका
बझाङ बझाङ्गी, बझाङ्गी–नेपाली
नेपालको अछाम जिल्लाकि एक महिला मासु र माछा पकाउने तरिकाको बारेमा बताउँदै, आछामी भाषिकामा

डोटेली भाषाको उत्पत्ति कहिलेदेखि भयो भन्ने बारेमा यकिन थाहा हुन नसके पनि यो भाषा परापूर्वकाल देखि नै बोलिदै आएको मानिन्छ। भारतको उत्तराखण्ड राज्य अन्तर्गत गढवाल र कुमाउ क्षेत्रमा बोलिने गढ़वाली र कुमाउनी भाषाका शब्द र लिपिहरू पनि डोटेली भाषासँग मिल्दोजुल्दो रहेको पाइन्छ।

राहुल साङ्कृत्यायन अनुसार सन् १७९० सम्ममा डोटी जिल्लामा कुमाउँका कत्युरी राजवंशले शासन गरेको थियो। यस अवधिमा डोटेली भाषिका अथवा उपभाषा कुमाउँ भाषाबाट उत्पत्ति भएको थियो। कात्युरी राजवंशलाई आठ राज्यमा विभाजन गरेपछि डोटी राज्यको स्थापना भएको थियो।[] डोटेलीलाई नेपालमा नेपाली भाषाको उपभाषाको रूपमा वि.सं २०६८ को जनगणना अगाडि सम्म मानिन्थ्यो तर एघारौँ राष्ट्रिय जनगणना पश्चात् यसलाई एक छुट्टै भाषाको रूपमा लिइएको थियो।

डोटेली भाषा र नेपाली भाषामा फरक

[सम्पादन गर्नुहोस्]
डोटेली भाषानेपाली भाषा
जनजानजानुहोस्
नैथिनछैन
बेलिहिजो
बासासाँझ
एऽऽ
जनबसनबस्नुहोस्
झिक्क,धेरै
नानोसानो
कैलाईकसलाई
नानुअलिकती
कैकोकसको
ब्यानलबिहान
धैइखै
नानकासाना साना
ठौरठाउँ
पोरुअस्ति
बौजुभाउजु
काखीकान्छी आमा
गोसिदेवर/नन्द
पुसाइफुपाजु
फुपूफुपू
काजीभाइ /बहिनी
जत्कालसुत्केरी
चेलोछोरा
चेलीछोरी
तमतपाईंँ /तिमी
तलतिरतल
आँसिहँसिया
तिखुन, बन्चरोबन्चरो
साफ्लोसाबेल
बौसोकुटो
मल्लोमाथिल्लो
रूप्यारूपियाँ
जितराजाँतो
धुलोपिठो
बिल्लोबिरालो
बल्लगोरु
ठन्नचिसो
झगुलोफ्रग
इजाआमा
कइसिसानी आमा
बुनुबाली छर्नु
बर्यातजन्ति
बैकानपुरुष
बैकिनीमहिला
स्वाइनीस्वास्नी
मान्सुमान्छे
निकोसञ्चो, राम्रो
छकलादिउसो
उइलेउसले
उनरोउनको
जनगरनगर
जाबररौ
दारढोका
आदोअदुवा
आमआँप
चौकोपिर्का
केलाकेरा
चोखिउनभुटुन
तमाखत्म्बाखु
सुईनासपना
सोराई, समराईमाया
हिटहिड
मुइलेमैले
बाईरबाहीर
भितरभित्र
जाँतजात्रा
धदिउनुबोलाउनु
फोलोगाग्रो
गाडनदी
आँसीहँसिया
खित्फाल्नु
मिदुरोकुटो
झक्पट्टालचकमन्न, उज्यालो
बैलोबाँझो
धिन्वा गाईदूध दिने गाई
बकिन्नो भैंसोदूध सुक्न लागेको भैंसी
डाडाअचार
रुबशो खातदेख्नमा अति सुन्दर
बौलापागल
कलड़ोबैंस पुगेको बाच्छी
बौडबहर
बाकोरोबाख्रो
गन्पटटुधेरै गन्हाएको
हडप्यानौनी राख्ने भाँडो
पारोदही जमाउने भाँडो
बनासखुर्पा
कन्पुडोगाला
गाज्जोसुकेको घास
पर्सोजैविक मल
बिप्प्याउल्टो
सप्प्यासुल्टो
गीरसानो खालको मोजाको बल
हडशरीर
चिड्कनदुख्नु
जोडोजुम्रा
खोलानीखोले
बुद्यामायाले भाइलाई अथवा आफू भन्दा सानोलाई गरिने सम्बोधन
तम्तपाईंँ
मुण्डोटाउको
साँपडोकेराको पात
नोलो, न्वालोएकप्रकारको इनार
किरमडाचुत्रो
हँस्यालऐसेलु
डब्याबट्टा
बर्यात्जन्ति
ब्याबिहे
बल्मुडोआधा जलेको काठ
गौणखुला आकाशमुनि दिशापिसाब गर्ने ठाउं
गालिउंमहीलाई कपडामा बाँधी झुन्डाएपछि पानी झरी बँचेको बाक्लो मही
कित्थोफट्याङ्ग्रो
पन्यालोपानीको मात्रा बढी भएको
बकलोबाक्लो
काला रे कनौटोहल्ला गर्नु, बाधा व्यवाधान गर्नु
खुल्लाचिउरीको बियाँ
कच्यारहिलो
कच्पण्नुगिलोपना
दुनापहाडा
सुण्नुसुन्नु
भुण्नुभन्नु
धीराट बहनी मचौनठुलठुलो स्वरले कराउनु, हल्ला गर्नु
सिण्नोसिस्नो
ढेरोमरेको जनावरको सिनो
दुडबुडान्बाक्लो झोल
हौस्यारोशौखिन
धुर्बुरानरिसले चूर भएको, रिसाएको
कनौलीघरको पछाडीपट्टीको भाग
हनोद्दुमात्रा भन्दा बढी खानु
बिथरोबढी चौडाइ भएको
भत्तीधेरै
टिट्या औंलोकान्छीऔँला
घाम भ्योगर्मि भयो
ठ्वां ठ्वां ठ्वांजोर जोरले
गाड्निकाल
खानारोभत्केको अति जीर्ण घर
धिनालीदही
छांचमही
कुठोघिउ बनाउदा डढेको घिउ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 नेपालको संविधान २०७२ अभिलेखिकरण २०१८-०१-२७ वेब्याक मेसिन
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Dotyali", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  3. आधिकारिक भाषा सारांश, केन्द्रीय तथ्याङ्क बिभाग, नेपाल अभिलेखिकरण २०१२-१२-०२ वेब्याक मेसिन
  4. Eichentopf, Stephanie R. (२०१४), "A Sociolinguistic Study of Dotyali", SIL International
  5. "T.R. Vaidya - ADVANCED HISTORY OF NEPAL", web.archive.org, ९ फ़रवरी २००५, अन्तिम पहुँच ८ जनवरी २०२०