सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश | |
|---|---|
|
घडीको दिशामा माथिबाट साइपाल हिमाल, घोडाघोडी ताल, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा, बडिमालिका मन्दिर, खप्तड ताल, अपी हिमाल | |
| नामकरण: सुदूरपश्चिमाञ्चल विकास क्षेत्र | |
नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशको अवस्थिति (हल्का रातो रङ्गमा दाबी गरिएको कालापानी क्षेत्र)
![]() | |
सुदूरपश्चिम जिल्लाका जिल्लाहरू (दार्चुला जिल्लामा कालापानी क्षेत्र दाबी गरिएको) | |
| निर्देशाङ्क: २८°४२′१२″उ ८०°३४′०१″पू / 28.70333°N 80.56694°E | |
| देश | |
| स्थापना | ३ असोज २०७२ |
| सुदूरपश्चिमको रूपमा नामकरण | १२ असोज २०७५[१] |
| नामकरण | सुदूरपश्चिमाञ्चल विकास क्षेत्र |
| राजधानी अस्थायी राजधानी | गोदावरी धनगढी |
| सबैभन्दा ठुलो सहर | धनगढी |
| जिल्लाहरू | ९ |
| सरकार | |
| • अङ्ग | सुदूरपश्चिम प्रदेश सरकार |
| • प्रदेश प्रमुख | नजीर मियाँ |
| • मुख्यमन्त्री | कमलबहादुर शाह (नेपाली काङ्ग्रेस) |
| • उच्च अदालत | उच्च अदातल दिपायल |
| • प्रदेश सभा | एकसदन (५३ सिट) |
| • निर्वाचन क्षेत्रहरू | प्रतिनिधि सभा १६ राष्ट्रिय सभा ८ |
| क्षेत्रफल | |
| • जम्मा | १९,५३९ किमी२ (७५४४ वर्ग माइल) |
| • क्रम | छैटौँ |
| उच्चतम उचाई | ७,१३२ मिटर (२३३९९ फिट) |
| न्यूनतम उचाई | १०९ मिटर (३५८ फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | २,६९४,७८३ |
| • क्रम | पाँचौँ |
| • घनत्व | १४०/किमी२ (३६०/वर्ग माइल) |
| • क्रम | पाँचौँ |
| वासिन्दा | सुदूरपश्चिमेली |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| आधिकारिक भाषा | नेपाली |
| अन्य आधिकारिक भाषाहरू | थारु डोटेली |
| मानव विकास सूचकाङ्क (वि.सं २०७९) | ०.४७८ |
| क्रम | सातौँ |
| साक्षरता | |
| लैङ्गिक अनुपात | ८९.५१ ♂ /१०० ♀ (वि.सं २०७८) |
| कुल ग्राहस्थ उत्पादन | $२.४६ अर्ब (अमेरिकी डलर) |
| क्रम | छैटौँ |
| वेबसाइट | सुदूरपश्चिम प्रदेश |
सुदूरपश्चिम प्रदेश ३ असोज २०७२ मा अपनाइएको नेपालको नयाँ संविधानद्वारा स्थापित सात प्रदेशहरू मध्ये एक हो।[३] यसको सिमाना उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश , र पश्चिम र दक्षिणमा क्रमशः भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यहरूसँग जोडिएको छ। यो प्रदेशले १९,५३९ वर्ग किमी क्षेत्रफल ओगटेको छ, जुन देशको कुल क्षेत्रफलको लगभग १३.२२% हो।
सुरुमा प्रदेश नम्बर ७ को रूपमा चिनिने, नवनिर्वाचित प्रदेश सभाले २०७५ असोज मा सुदूरपश्चिम प्रदेशलाई प्रदेशको स्थायी नामको रूपमा अपनाएको थियो। २०७५ असोज १२ को प्रदेश सभा मतदान अनुसार, गोदावरीलाई प्रदेशको राजधानी घोषिणा गरिएको थियो भने धनगढी हाल अस्थायी राजधानी हो।[४][५] प्रदेशका जनसङ्ख्या र अर्थतन्त्रको हिसाबले तीन प्रमुख सहरहरूमा धनगढी, भीमदत्त (महेन्द्रनगर) र टीकापुर पर्दछन्।[६]
इतिहास
[सम्पादन गर्नुहोस्]
डोटी कुमाउँको सुदूरपश्चिमी क्षेत्रमा अवस्थित एक प्राचीन राज्य थियो जुन १३औँ शताब्दीतिर कुमाउँको कत्युरी राज्यको विघटन पछि गठन भएको थियो। डोटी आठ फरक राज्यहरू मध्ये एक थियो।[७] कत्युरी राज्यलाई आठ राजकुमारहरूको लागि आठ भागमा विभाजन गरिएको थियो र फरक-फरक स्वतन्त्र राज्यहरू बनेका थिए जसमा बैजनाथ-कत्युरी, द्वारहट, डोटी, बारामण्डल, अस्कोट, सिरा, सोरा, सुई (काली कुमाउँ) पर्दछन्। पश्चिममा रामगङ्गा (उत्तराखण्ड) र पूर्वमा कर्णाली (जसले सुदूरपश्चिमी क्षेत्रलाई नेपालका अन्य भागहरूबाट विभाजित गर्दछ) बीचको सम्पूर्ण भूमि डोटीमा कत्युरीहरूको रैकाहरूको उत्पत्ति पछि रैकाहरूको अधीनमा आएको थियो।[८] कञ्चनपुर जिल्लामा रहेको "ब्रह्मदेव मण्डी" कत्युरी राजा ब्रह्मा देवद्वारा स्थापित गरिएको थियो।[९]
डोटीका रैकाहरू
[सम्पादन गर्नुहोस्]कत्युरी राज्यको पतन पछि १३औँ शताब्दीतिर निरञ्जन मल्ल देव डोटी राज्यका संस्थापक थिए। उनी संयुक्त कत्युरी राज्यका अन्तिम कत्युरीका छोरा थिए।[१०]
डोटीका राजाहरूलाई रैका महाराज पनि भनिन्थ्यो।[११]
मुगल आक्रमण
[सम्पादन गर्नुहोस्]१६औँ शताब्दीमा अकबरको शासनकालमा, मुगलहरूले डोटीका रैकाहरूमाथि आक्रमण गरेका थिए। तिनीहरूले रैका राज्यको राजधानी अजयमेरुमाथि आक्रमण गरेका थिए। अजयमेरु हाल डडेलधुरा जिल्लामा पर्दछ। लखनऊमा बस्ने अकबरका सेनापति हुसेन खानले आक्रमणको नेतृत्व गरेका थिए। मुगल साम्राज्यको समयमा हिन्द फारसी इतिहासकार अब्द अल-कादिर बदायुनी (लगभग सन् १५४० - १६१५) का अनुसार, लखनऊका मुगल सेनापति हुसेन खान, रैका राज्यको धन र खजानाबाट लोभिएका थिए उनी त्यो क्षेत्र लुट्न चाहन्थे। तथापि,उनको आक्रमण असफल भएको थियो।[१२]
खैरगढ-सिङ्घाई राज्य
[सम्पादन गर्नुहोस्]राजा दीप शाहीलाई १७९० ईस्वीमा नेपालबाट निष्कासित गरिएको थियो र अवधको तराई (हाल भारतको उत्तर प्रदेशको लखिमपुर खेरी जिल्ला) आइपुगेपछि उनले बेलायती भारत अन्तर्गत खैरीगढमा खैरगढ-सिङ्घाई राज्य स्थापना गरेका थिए।[१३]
भूगोल
[सम्पादन गर्नुहोस्]सुदूरपश्चिम प्रदेशले १९,५३९ वर्ग किलोमिटर अर्थात् देशको कुल क्षेत्रफलको १३.२२% ओगटेको छ। यस प्रदेशको कुल क्षेत्रफलमा हिमाली भूभाग ७,९३२.८३४ वर्ग किलोमिटर (४०.६०%), पहाडी भूभाग ६,७४८.७७०६ वर्ग किलोमिटर (३४.५४%) र तराई क्षेत्र ४,८५७.३९५४ वर्ग किलोमिटर (२४.८६%) पर्दछ। यस प्रदेशमा बढी पहाडी र हिमाली भूभाग छ। यो प्रदेश नेपाल राज्यको सुदूरपश्चिमी भागमा अवस्थित छ। यस प्रदेशका दुई जिल्ला (कैलाली र कञ्चनपुर) तराई क्षेत्रमा अवस्थित छन्, चार (डोटी, डडेल्धुरा, अछाम र बैतडी) पहाडी क्षेत्रमा छन् र तीन (दार्चुला, बझाङ र बाजुरा) हिमाली क्षेत्रमा छन्।[१४] यस प्रदेशको पूर्वमा कर्णाली नदी, मध्यमा सेती नदी र पश्चिममा महाकाली नदी बग्दछ।
सुदूरपश्चिम प्रदेशमा यसको प्रत्यक्ष प्रशासित क्षेत्रको अतिरिक्त, नेपालले कालापानी र उत्तरी कुठी उपत्यकाको भारत-प्रशासित क्षेत्रहरू दाबी गर्दछ, जसलाई संयुक्त रूपमा "कालापानी-लिम्पियाधुरा क्षेत्र" भनिन्छ। नेपाल सरकारको वेबसाइटहरूले यी क्षेत्रहरू सहित प्रदेशको क्षेत्रफल १९,९९९.२८ वर्ग किमी रहेको जनाएको छ।[१५]
हिमालहरू
[सम्पादन गर्नुहोस्]यस प्रदेशका प्रमुख हिमालहरू अपी (७१३२ मिटर), साइपाल (७०२५ मिटर), बोबये चुली (६,८०८ मिटर), नाम्पा (६७५५ मिटर), ओम पर्वत (५५९० मिटर) र जेठी बहुरानी (६८५० मिटर) हुन्।
| हिमालहरू | उचाइ
(मिटर) |
जिल्ला | हिमशृङ्खला | अतिरिक्त जानकारी |
|---|---|---|---|---|
| अपी | ७,१३२ | दार्चुला जिल्ला | योका पहाड गुराँस हिमाल | सन् १९६० मा प्रथम आरोहण |
| साइपाल | ७,०३१ | बझाङ जिल्ला | पश्चिम नेपाल हिमालय | सन् १९६० मा प्रथम आरोहण |
| जेठी बहुरानी | ६,८५० | दार्चुला/बझाङ | हिमालय | सन् १९७८ मा प्रथम आरोहण[१६] |
| बोबये चुली | ६,८०८ | दार्चुला/बझाङ | व्यासऋृषि हिमाल | सन् १९९६ मा प्रथम आरोहण |
| नाम्पा | ६,७५५ | दार्चुला | गुराँस | सन् १९७२ मा प्रथम आरोहण[१६] |
| ओम पर्वत | ५,५९० | दार्चुला | हिमालय | सन् २००४ मा प्रथम आरोहण |
सरकार र प्रशासन
[सम्पादन गर्नुहोस्]राज्यपालले प्रदेश प्रमुखको रूपमा काम गर्छन् भने मुख्यमन्त्री प्रदेश सरकारको प्रमुख हुन्छन्।[१७] दिपायल उच्च अदालतका मुख्य न्यायाधीश न्यायपालिकाको प्रमुख हुन्।[१८][१९] वर्तमान प्रदेश प्रमुख, मुख्यमन्त्री र मुख्य न्यायाधीश क्रमश: गङ्गाप्रसाद यादव, कमलबहादुर शाह र नजिर मियाँ हुन्। यस प्रदेशमा ५३ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्।[२०]
सुदूरपश्चिम प्रदेशमा नेपालका अन्य सबै प्रदेशहरू जस्तै एक सदनात्मक व्यवस्थापिका छ। प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ। सुदूरपश्चिम प्रदेशको प्रदेश सभा अस्थायी रूपमा धनगढी स्थित जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।[२१]
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]यस प्रदेशलाई नौ जिल्लामा विभाजन गरिएको छ, जुन तल सूचीबद्ध छन्। जिल्लालाई जिल्ला समन्वय समितिको प्रमुख र जिल्ला प्रशासन अधिकारीद्वारा प्रशासित गरिन्छ। जिल्लाहरूलाई थप नगरपालिका वा गाउँपालिकाहरूमा विभाजन गरिएको छ। प्रदेशको राजधानी गोदावरी हो भने सबैभन्दा ठुलो सहर धनगढी हो।[२२] नगरपालिकाहरूमा एक उप-महानगरपालिका र ३३ नगरपालिकाहरू समावेश छन्। प्रदेशमा ५४ वटा गाउँपालिकाहरू रहेका छन्।
| क्रम | जिल्लाहरू | सदरमुकाम | जनसङ्ख्या (वि.सं २०७८)[२३] | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व | स्थानीय तह सङ्ख्या |
|---|---|---|---|---|---|---|
| १ | अछाम जिल्ला | मङ्गलसेन | २,२८,८५२ | १,६९२ | १४० | १० |
| २ | बैतडी जिल्ला | दशरथचन्द | २,४२,१५७ | १,५१९ | १६० | १० |
| ३ | बझाङ जिल्ला | चैनपुर | १,८९,०८५ | ३,४२२ | ५५ | १२ |
| ४ | बाजुरा जिल्ला | मार्तडी | १,३८,५२३ | २,१८८ | ६३ | ९ |
| ५ | डडेल्धुरा जिल्ला | अमरगढी | १,३९,६०२ | १,५३८ | ९१ | ७ |
| ६ | दार्चुला जिल्ला | खलङ्गा | १,३३,३१० | २,७८२.२८ | ५७ | ९ |
| ७ | डोटी जिल्ला | दिपायल सिलगढी | २,०४,८३१ | २,०२५ | १०० | ९ |
| ८ | कैलाली जिल्ला | धनगढी | ९,०४,६६६ | ३,२३५ | २८१.७ | १३ |
| ९ | कञ्चनपुर जिल्ला | महेन्द्रनगर | ५,१३,७५७ | १,६१० | २८० | ९ |
| क्रम | जिल्ला | क्रम | जिल्ला | जनसङ्ख्या | |||||
|---|---|---|---|---|---|---|---|---|---|
धनगढी भीमदत्त |
१ | धनगढी | कैलाली | १,९८,७९२ | ११ | शुक्लाफाँटा | कञ्चनपुर | ५३,९६९ | गोदावरी लम्कीचुहा |
| २ | भीमदत्त | कञ्चनपुर | १,२२,३२० | १२ | बेलौरी | कञ्चनपुर | ५३,९१० | ||
| ३ | गोदावरी | कैलाली | ९८,७४६ | १३ | भजनी | कैलाली | ५३,४९४ | ||
| ४ | लम्कीचुहा | कैलाली | ९०,९७१ | १४ | कैलारी | कैलाली | ४९,९१७ | ||
| ५ | टीकापुर | कैलाली | ८९,८३५ | १५ | जानकी | कैलाली | ४९,८६० | ||
| ६ | घोडाघोडी | कैलाली | ८६,०३४ | १६ | दोधारा चाँदनी | कञ्चनपुर | ४२,९७४ | ||
| ७ | कृष्णपुर | कञ्चनपुर | ७१,५०० | १७ | पुर्चौडी | बैतडी | ३८,२८१ | ||
| ८ | गौरीगङ्गा | कैलाली | ६४,५५८ | १८ | बर्दगोरिया | कैलाली | ३७,६८२ | ||
| ९ | पुनर्वास | कञ्चनपुर | ६१,७४८ | १९ | जोशीपुर | कैलाली | ३७,१८७ | ||
| १० | वेदकोट | कञ्चनपुर | ५७,६८० | २० | परशुराम | डडेल्धुरा | ३५,५९० | ||
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८ अनुसार, सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या २,६९४,७८३ थियो। जनसङ्ख्याको ८.८७% ५ वर्ष मुनिका छन्। यसको [साक्षरता दर]] ७६.२३% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा १११७ महिला छन्।[२४]
जातीय समूहहरू
[सम्पादन गर्नुहोस्]क्षेत्री सबैभन्दा ठूलो समुदाय हो, र पहाडहरूमा उनीहरूको प्रभुत्व छ। बाहुन, कामी र ठकुरी लगायत अन्य जातिहरूको उपस्थिति पनि उल्लेख्य रहेको छ। समतल क्षेत्रमा, थारु मानिसहरू प्रमुख आदिवासी हुन् यद्यपि आजकल दुई समतल जिल्लाहरूमा पहाडी मानिसहरूको बहुमत छ।[२५]
भाषाहरू
[सम्पादन गर्नुहोस्]पारस्परिक रूपमा बुझ्न नसकिने भए पनि जनसङ्ख्याको विशाल बहुमतले नेपाली भाषासँग नजिकबाट सम्बन्धित भाषाका प्रकारहरू बोल्छन्। बाजुरेली र अछामी जस्ता पूर्वी भाषिकाहरू कर्णाली प्रदेशमा बोलिने खस भाषासँग नजिक छन्। प्रदेशको मुख्य भाषिका डोटेली हो, जुन प्रदेशको मध्य भागमा बोलिन्छ, जुन बिस्तारै सीमाको भारतीय भागमा बोलिने कुमाउँनीसँग नजिक हुँदै जान्छ। सन् १९५० को दशकसम्म लगभग सम्पूर्ण तराई जनसङ्ख्याले थारू बोल्दथे, जब पहाडका धेरै डोटेली र नेपाली भाषीहरू तराईमा बसाइँ सरेका थिए। स्थानीय थारू भाषाहरू नेपाली र सीमापार दक्षिणको मैदानमा बोलिने हिन्दी भाषा (मुख्यतया खादी बोली र अवधी)बाट प्रभावित छ। सबैभन्दा ठुलो चीन-तिब्बती भाषा मगर हो, यद्यपि तिब्बत नजिकैको उच्च पहाडी क्षेत्रहरूमा अझै पनि व्याँसीका केही वक्ताहरू छन्।[२६]
नेपालको भाषा आयोगले डोट्याली र थारूलाई प्रदेशमा आधिकारिक भाषाको रूपमा सिफारिस गरेको थियो। आयोगले प्रदेशका विशिष्ट क्षेत्र र उद्देश्यका लागि बैताडेली, अछामी र बझाङ्गीलाई थप आधिकारिक भाषाको रूपमा सिफारिस गरेको थियो।[२७]
धर्म
[सम्पादन गर्नुहोस्]हिन्दु धर्म मान्नेहरूको जनसङ्ख्या ९७.४३ प्रतिशत रहेको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी कैलालीको ‘गोदावरी’", अन्नपूर्ण पोस्ट (नेपालीमा), १२ असोज २०७५, अन्तिम पहुँच २६ असोज २०८२।
- ↑ https://sudurpaschim.fncci.org/province-profile.php
- ↑ "Nepal Provinces", statoids.com, अन्तिम पहुँच २१ मार्च २०१६।
- ↑ "Prov 7 named Sudurpashchim amid objection from NC, RJP", The Himalayan Times, २८ सेप्टेम्बर २०१८, मूलबाट २२ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अक्टोबर २०१८।
- ↑ "Province 7 named Sudurpashchim, Godawari capital", The Kathmandu Post, २८ सेप्टेम्बर २०१८, अन्तिम पहुँच १ अक्टोबर २०१८।
- ↑ "Nepal Provinces", www.statoids.com।
- ↑ Dr.Y.S Kathoch, A New History of Uttarakhand; On Katyuri Dynasty "Around,13th Century Katyuri Dynasty established in Ranachulihat was broken into many sections" Doti was among them
- ↑ Advin T. Atkinson; Gazetteer Hindi Edition (2003); He wrote (Page 274) Whole territory to the east of Ram gang was belongs to Raikas during the late 16th century.
- ↑ Dr. Madam Chandra Bhatt; A New History of Uttarakhand (2006): " Champawat ke Chand Raja.
- ↑ Dr. Y. S. Kathoch; A New History of Uttarakhand (2006)
- ↑ Badri Datt Pandey; History of Kumaun (1937)
- ↑ "Kumaon History", Thekumaonhills.com, २९ मार्च १९४७, मूलबाट १९ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०१५। वेब्याक मेसिन अभिलेखिकरण १९ फेब्रुअरी २०२० मिति
- ↑ [१][मृत कडी]
- ↑ "प्रदेश परिचय | प्रदेश प्रमुखको कार्यालय", oph.sudurpashchim.gov.np, मूलबाट १२ जुलाई २०२२-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण ३१ जुलाई २०२३ मिति
- ↑ "About Sudurpashchim Province", invest.sudurpashchim.gov.np, अन्तिम पहुँच २४ अगस्ट २०२५।
- ↑ १६.० १६.१ Annapurna, Kris (२०२२-०२-२५), "Gurans Himal: Stories From the Far Western Himalaya » Explorersweb", Explorersweb, अन्तिम पहुँच २०२३-०८-०४।
- ↑ "High Courts get their chief judges" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ अप्रिल २०१८।
- ↑ "Trilochan Bhatta becomes Province 7 chief minister", The Himalayan Times (en-USमा), १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच २८ अप्रिल २०१८।
- ↑ "President of Nepal administers oath to Chiefs of seven provinces | DD News", ddnews.gov.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ अप्रिल २०१८।
- ↑ "CDC creates 495 constituencies", The Himalayan Times (अङ्ग्रेजीमा), ३१ अगस्ट २०१७, अन्तिम पहुँच २७ अप्रिल २०१८।
- ↑ "Preparations underway for assembly meeting", The Himalayan Times (अङ्ग्रेजीमा), ३१ जनवरी २०१८, अन्तिम पहुँच २८ अप्रिल २०१८।
- ↑ "स्थानिय तह", 103.69.124.141, मूलबाट २०१८-०८-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२७।
- ↑ 2011 Census District Level Detail Report वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति, Central Bureau of Statistics.
- ↑ "Provincial/District/Local reports: Sudurpaschim Province", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ २५.० २५.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ २६.० २६.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ "सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू (पञ्चवर्षीय प्रतिवेदन- साराांश) २०७८", नेपाल भाषा आयोग (नेपालीमा), भाषा आयोग, मूलबाट ६ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०२१। वेब्याक मेसिन अभिलेखिकरण ६ सेप्टेम्बर २०२१ मिति
- ↑ "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
