उत्तर प्रदेश
उत्तर प्रदेश
उत्तर प्रदेश ااتر پردیش | |
---|---|
माथिबाट, दायाँदेखि बायाँ: ताजमहल, प्रेम मन्दिर, वृन्दावन वृन्दावन, कानपुर स्मारक गिर्जा, सारनाथ, मानिकर्णिका घाट, नयाँ यमुना सेतु | |
देश | भारत |
अञ्चल | अवध, रोहेलखण्ड, ब्रज, बुन्देलखण्ड, दोवार, पूर्वाञ्चल, रोहिलखण्ड |
स्थापना | आधुनिक: सन् १८०५) |
राजधानी | लखनऊ |
जिल्ला | ७५ वटा[१] |
सरकार | |
• अङ्ग | उत्तरप्रदेश सरकार |
• राज्यपाल | राम नाइक[२] |
• मुख्यमन्त्री | योगी आदित्यनाथ (भाजपा) |
• विधानसभा |
|
• भारतीय सर्वोच्च अदालत | इलाहावाद उच्च अदालत |
क्षेत्रफल | |
• जम्मा | २४३२८६ किमी२ (९३९३३ वर्ग माइल) |
• क्रम | ४औँ |
जनसङ्ख्या (सन् २०११)[१] | |
• जम्मा | १९९५८१४७७ |
• क्रम | प्रथम |
• घनत्व | ८२०/किमी२ (२१००/वर्ग माइल) |
वासिन्दा | उत्तरप्रदेशी |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
मानव विकास सूचाकाङ्क | ०.३८० (निम्न) |
मानव विकास सूचकाङ्कद्वारा स्थान | अठारौँ (सन् २००७-०८) |
साक्षरता |
|
सरकारी भाषा | |
वेबसाइट | UP.gov.in |
उत्तर प्रदेश भारतको सबैभन्दा ठूलो (जनसङ्ख्याको आधारमा) राज्य हो। यस राज्यको प्रशासनिक र विधायक राजधानी लखनऊ हो भने इलाहाबाद सहर यसको न्यायिक राजधानी हो। यस प्रदेशको अन्य महत्त्वपूर्ण सहरहरू: आगरा, अलिगढ, अयोध्या, बरेली, मेरठ, वाराणसी (बनारस), गोरखपुर, गाजियाबाद, मुरादाबाद, सहारणपुर, फैजाबाद, कानपुर हुन्। यसको छिमेकी प्रान्तहरू: उत्तराखण्ड, हिमाचल, हरियाणा, दिल्ली, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, झारखण्ड, बिहार हुन्। उत्तर प्रदेशको पूर्वोत्तर दिशामा नेपाल देश रहेको छ।
सन् २००० मा भारतीय संसदले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भागबाट उत्तराखण्ड राज्यको निर्माण गरेको थियो। उत्तर प्रदेशको अधिकांश भागहरू गङ्गा र यमुनाको छेउछाउमा पर्दछन्। करिब १६ करोडको जनसङ्ख्या भएको उत्तर प्रदेश भारतको अधिकतम जनसङ्ख्या भएको प्रदेश मात्र नभई यो विश्वकै सर्वाधिक जनसङ्ख्या भएको उपराष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र चीन, स्वयं भारत, अमेरिका, इन्डोनेसिया र ब्राजिलको जनसङ्ख्या उत्तर-प्रदेशको जनसङ्ख्या भन्दा बढी छ।
उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा नेपाल, दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरिएको छ। यो राज्य २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ। यहाँको उच्च अदलत इलाहाबादमा छ।
उत्तर प्रदेशका जिल्लाहरू
[सम्पादन गर्नुहोस्]उत्तर प्रदेशमा ७१ वटा जिल्लाहरू छन र यि जिल्लाहरू १८ वटा मण्डलमा बाँडिएका छन्।
भाषा र साहित्य
[सम्पादन गर्नुहोस्]उत्तरप्रदेशलाई कहिलेकाहीँ 'भारतको हिन्दी मुटुभूमि' पनि भनिन्छ। हिन्दी भाषा सन् १९५१ को उत्तरप्रदेश आधिकारिक भाषा अधिनियम सहित राज्य प्रशासनको भाषा बनेको थियो। यस अधिनियममा सन् १९८९ मा गरिएको संशोधनले उर्दुलाई पनि राज्यको थप भाषाको रूपमा थपेको थियो। भाषागत रूपमा राज्य हिन्दी भाषी भूभागको मध्य, पूर्व-मध्य र पूर्वी क्षेत्रहरूमा फैलिएको छ। यस राज्यको प्रमुखहरू भाषाहरू हिन्दी, अवधि, बागेली, भोजपुरी, बुन्देली, ब्रज भाषा, कन्नुजी र हिन्दुस्तानी हुन्।[३]
उत्तर प्रदेशमा वैदिक साहित्यका थुप्रै ग्रन्थ र भजनहरू रचना गरिएका थिए। उत्तर प्रदेशमा बसोबास गर्ने प्रसिद्ध भारतीय लेखकहरू कबीर, रविदास र तुलसीदास थिए। उनले वाराणसीमा आफ्नो राम चरितमानसको धेरै कुरा लेखेका थिए। उत्तरप्रदेशमा गुरु पूर्णिमाको पर्व ऋषि व्यासको लागि समर्पित गरिएको छ। यस दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ। यो दिन उनको जन्मदिन मानिन्छ र उनले वेदहरूलाई विभाजित गरेको दिन पनि मानिन्छ। यस राज्यमा लामो साहित्यिक र लोक हिन्दी भाषाको परम्परा चलिआएको छ। १९ र २०औँ शताब्दीका केही प्रसिद्ध लेखकहरू मध्ये मैथिलीशरण गुप्त, मुन्सी प्रेमचन्द, सूर्यकान्त त्रिपाठी निराला, बाबु गुलबराय, सची गुल्लाब्राई, सच्चिदानन्द वत्सेयायन 'अज्ञेय', राहुल साङ्कृत्यायन, हरिवंश राय बच्चन, धर्मवीर भारती, सुभद्रा कुमारी आदि हुन्।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Statistics of Uttar Pradesh", Census of India 2011, UP Government, १ मार्च २०११, मूलबाट २६ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जुलाई २०१२। वेब्याक मेसिन अभिलेखिकरण २६ अप्रिल २०१२ मिति
- ↑ "Centre in a hurry, but Governors won’t quit", Hindu, The Hindu, अन्तिम पहुँच १७ जुन २०१४।
- ↑ "Ethnologue report for language code: bfy", Ethnologue, मूलबाट १६ अप्रिल २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २००९।