मुख्यमन्त्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मुख्यमन्त्री एक निर्वाचित वा नियुक्त सरकार प्रमुख हो। मुख्यमन्त्री एक उप-राष्ट्रिय इकाई, अर्थात् एक प्रशासनिक उपविभाजन वा सङ्घीय घटक इकाईको कार्यकारी प्रमुख हो।

उदाहरणका लागि भारतका राज्यहरू (र कहिलेकाहीँ केन्द्र शासित प्रदेश) समावेश छ; अस्ट्रेलियाको क्षेत्र;[१] श्रीलङ्का वा पाकिस्तानको प्रदेश; नेपालको सङ्घीय प्रदेश; फिलिपिन्सको स्वायत्त क्षेत्र; वा बेलायती समुद्रपार क्षेत्र जसले स्व-शासन हासिल गरेका छन्। यसलाई राजतन्त्र बिनाको मलय राज्यका सरकार प्रमुखहरूलाई दिइएको शीर्षकको अङ्ग्रेजी संस्करणको रूपमा पनि प्रयोग गरिन्छ।[२]

यो पद/शीर्षक आइल अफ म्यानको किरीटाधिन क्षेत्र (सन् १९८६ देखि), गार्नजी (सन् २००४ देखि) र जर्सीमा (सन् २००५ देखि) पनि प्रयोग गरिन्छ।

सन् २०१८ मा गणतन्त्र सिएरा लियोनले नियुक्त मुख्यमन्त्रीको भूमिका सिर्जना गरेको थियो, जुन अर्ध-राष्ट्रपतीय प्रणालीमा प्रधानमन्त्री जस्तै हो।[३] त्यसअघि सन् १९५४ देखि १९५८ को बीचमा मिल्टन मार्गाईको मात्र समान स्थान थियो।[४]

अर्थ र भूमिका[सम्पादन गर्नुहोस्]

सामान्यतया तल्लो दर्जाको साथ यो शीर्षक/पदले पहिलो मन्त्री वा मन्त्री-राष्ट्रपतिको रूपमा समान निर्माण र भूमिका कायम गरेको हुन्छ। यस भूमिका वेस्टमिन्स्टर सरकारको प्रणाली भित्र सन्दर्भ गर्दछ जसले सामान्यतया कार्यकारी सरकारी विभागहरू (मन्त्रालयहरू)को नेतृत्व गर्दछ। मुख्यमन्त्रीलाई 'समानमध्ये पहिलो' भनेर बुझिन्छ। मुख्यमन्त्री आफ्नो राज्य वा प्रदेश भित्र मन्त्रिपरिषद्को अध्यक्ष र संसदमा मुख्य शासक राजनीतिक दलको नेता हुन्छन्।[५] नेपालको सन्दर्भमा नेपालका सात प्रदेशहरूमा सातै जना मुख्यमन्त्रीहरू छन्।[६]

विश्वका देशहरूमा मुख्यमन्त्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About government". nt.gov.au. Retrieved on 16 March 2018.
  2. "Malay Stats", अन्तिम पहुँच १४ अप्रिल २००९ 
  3. Thomas, Abdul Rashid (२ मे २०१८), "Controversy over appointment of chief minister of Sierra Leone" 
  4. Centre of Sierra Leone Studies – The politics of Sierra Leone. The University of Makeni. वेब्याक मेसिन अभिलेखिकरण २६ नोभेम्बर २०१९ मिति Retrieved 15 May 2018.
  5. Boland, Angela (८ अगस्ट २०१७), Cabinet Handbook, Northern Territory Government, पृ: ५, मूलबाट २० मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१८ 
  6. "भाग–१३ प्रदेश कार्यपालिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१