अरुणाचल प्रदेश
अरुणाचल प्रदेश | |
---|---|
![]() भारतमा अरुणाचल प्रदेश | |
![]() अरुणाचल प्रदेशको नक्सा | |
देश | भारत |
स्थापना | २० फेब्रुअरी १९८७ |
राजधानी | इटानगर |
सबैभन्दा ठुलो शहर | इटानगर |
जिल्ला | १७ |
सरकार | |
• गभर्नर | निर्भय शर्मा |
• मुख्य मन्त्री | नबम टुकी (भारतीय राष्ट्रिय कांग्रेस) |
• सभासद | एक सदन (६० सिट) |
• संसदीय निर्वाचन क्षेत्र | २ |
• उच्च अदालत | गुवाहाटी उच्च अदालत – इटानगर |
क्षेत्रफल | |
• जम्मा | ८३७४३ किमी२ (३२३३३ वर्ग माइल) |
• क्रम | १४औ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १३८२६११ |
• क्रम | २६औ |
• घनत्व | १७/किमी२ (४३/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (आइएसटि) |
एचडीआई | ![]() |
एचडीआइ क्रम | १८औ (२००५) |
साक्षरता | ६६.९५% |
आधिकारिक भाषा | अङ्ग्रेजी[१] |
वेबसाइट | www |
अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
यस प्रदेशको सीमाहरू दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्यान्ड, पूर्वमा बर्मा/म्यानमार, पश्चिममा भुटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यस राज्यबाट हुँदै जान्छ, दोस्रो विश्वयुद्धको बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
भूगोल[सम्पादन गर्नुहोस्]

अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर लोहित, चांगलांग र तिरप पतकाई पहाडिहरूमा स्थित छन्। काँग्तो, न्येगी कांगसांग, मुख्य गोरीचन चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
तवांगमा स्थित बुमला घाटी सन २००६ मा ४४ वर्षमा पहिलो पटक व्यापारको लागि खोलियो। दुबै तर्फको व्यापारीहरूलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्यान्ड तिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।
जिल्लाहरू[सम्पादन गर्नुहोस्]
अरुणाचल प्रदेशमा १६ वटा जिल्लाहरू छन -
- अंजा जिल्ला
- चेंगलन्ग जिल्ला
- पूर्व कमेंग जिल्ला
- पूर्व सियांग जिल्ला
- कुरुंग कुमे जिल्ला
- लोहित जिल्ला
- निचली दिबांग घाटी जिल्ला
- निचली सुबनसिरी जिल्ला
- पपुमपारे जिल्ला
- तवांग जिल्ला
- तिरप जिल्ला
- उपरी दिबांग घाटी जिल्ला
- उपरी सुबनसिरी जिल्ला
- उपरी सियांग जिल्ला
- पश्चिम सियांग जिल्ला
- पश्चिम कमेंग जिल्ला
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Report of the Commissioner for linguistic minorities: 47th report (July 2008 to June 2010)", Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, पृ: 122–126, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२।