हिमाचल प्रदेश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
 {{{राज्यको नाम}}} 

भारतको मानचित्रमा

स्थापना
राजधानी शिमला
सबैभन्दा ठूलो सहर
जनसंख्या ६०,७७,९००
 - घनत्व १०९/ /किमी²
लिंगानुपात {{{लिंगानुपात}}}
जातिहरू {{{जातिहरू}}}
धर्म {{{धर्म}}}
साक्षरता प्रतिशत {{{साक्षरता प्रतिशत}}}
पुरुष साक्षरता प्रतिशत {{{पुरुष साक्षरता प्रतिशत}}}
महिला साक्षरता प्रतिशत {{{महिला साक्षरता प्रतिशत}}}
क्षेत्रफल {{{क्षेत्रफल}}} किमी² 
 - जिल्ला संख्या
सरकारी भाषा
राज्यपाल उर्मिला सिंह
मुख्यमन्त्री वीरभद्र सिंह
विधायिका
आइएसओ संक्षेप IN-HP

हिमाचल प्रदेश (अङ्ग्रेजी: Himachal Pradesh, पंजाबी: ਹਿਮਾਚਲ ਪ੍ਰਦੇਸ਼, उच्चारण [hɪmaːtʃəl prəd̪eːʃ] ) उत्तर-पश्चिमी भारत मा स्थित एक राज्य हो । यो २१,६२९ मील² (५६०१९ किमी²) [१] भन्दा धेरै क्षेत्रमा फैलिएको छ तथा उत्तरमा जम्मू कश्मीर, पश्चिम तथा दक्षिण-पश्चिममा पंजाब, दक्षिणमा हरियाणा एवं उत्तर प्रदेश, दक्षिण-पूर्वमा उत्तराखण्ड तथा पूर्वमा तिब्बत बाट घेरिएको छ। हिमाचल प्रदेशको शाब्दिक अर्थ हिउले भरिएको पहाडहरुको प्रान्त हो। [२] हिमाचल प्रदेशलाई देव भूमि पनि भनिन्छ। यस क्षेत्रमा आर्यहरुको प्रभाव ऋग्वेद भन्दा पनि पुरानो हो। आंग्ल-गोरखा युद्ध पछी, यो ब्रिटिश औपनिवेशिक सरकारको नियन्त्रणमा आयो। सन १८५७ सम्म यो महाराजा रणजीत सिंह को शासनको अधीन पंजाब राज्य (पंजाब हिल्सको सीबा राज्यलाई छोडेर) को हिस्सा थियो।[३] सन १९५० मा यसलाई केन्द्र शासित प्रदेश बनाईयो, तर १९७१ मा यसलाई, हिमाचल प्रदेश राज्य ऐन, १९७१ को अन्तर्गत यसलाई २५ जून १९७१ मा भारतको अठार औं राज्य बनाईयो। हिमाचल प्रदेशको प्रतिव्यक्ति आय भारतको कुनै पनि अन्य राज्यको तुलनामा धेरै छ। बारहमासे नदिहरुको बहुतायतको कारण, हिमाचल अन्य राज्यहरुलाई जल बिधुत बिक्री गर्दछ जसमा प्रमुख हो दिल्ली, पंजाबराजस्थान। राज्यको अर्थव्यवस्था तीन प्रमुख कारकहरुमा निर्भर गर्दछ जो हो, जल बिधुत, पर्यटनकृषि[४] हिंदु राज्यको जनसंख्याको ९५% छ र प्रमुख समुदायहरुमा ब्राह्मण, राजपूत, कन्नेत, राठी र कोली शामिल छन। ट्रान्सपरेन्सी इन्टरनैशनलको २००५ को सर्वेक्षणको अनुसार, हिमाचल प्रदेश देशमा केरल पछी दोश्रो सबभन्दा कम भ्रष्ट राज्य हो।[५]

इतिहास[सम्पादन गर्ने]

Sansar chand.jpg Chamba Kangra Bilaspur Mandi Kulu 1911.jpeg NahanStamp1800s.jpg Punjab 1903.gif Wood Carver at Shimla, pencil and ink drawing by John Lockwood Kipling, 1870.jpg Temple near the waterfall at Shimla, 1853.jpg Narasimha Temple, Brahmaur, Chamba.jpg

हिमाचल प्रदेशको इतिहास उति नै प्राचीन छ, जति कि मानव अस्तित्वको आफ्नो इतिहास छ। यस कुराको सत्यताको प्रमाण हिमाचल प्रदेशको विभिन्न भागहरुमा भएको उत्खननमा प्राप्त सामग्रीबाट प्राप्त हुदछ। प्राचीनकालमा यस प्रदेशको आदि निवासी दास, दस्यु र निषादको नामबाट जानिन्थ्यो। उन्नाईसौ शताब्दीमा रणजीत सिंहले यस क्षेत्रको अनेक भागहरुलाई अपने राज्यमा मिलाए। जब अंग्रेज यहां आए, तब उनीहरुले गोरखाहरुलाई पराजित गरेर केही राजाहरुको रियासतहरुलाई साम्राज्यमा मिलाए।

  • शिमला हिल स्टेट्सको स्थापना

१९४५ ई. सम्म प्रदेश भरमा प्रजा मण्डलहरुको गठन भै सकेको थियो। १९४६ ई. मा सबै प्रजा मण्डलहरु लाई एचएचएसआरसी मा शामिल गरियो तथा मुख्यालय मण्डी मा स्थापित गरियो। मण्डीको स्वामी पूर्णानंद लाई अध्यक्ष, पदमदेव लाई सचिव तथा शिव नंद रमौल (सिरमौर) लाई संयुक्त सचिव नियुक्त गरियो। एचएचएसआरसी को नाहन मा १९४६ ई. मा निर्वाचन भयो, जसमा यशवंत सिंह परमार लाई अध्यक्ष चुनियो। जनवरी, १९४७ ई. मा राजा दुर्गा चंद (बघाट) को अध्यक्षतामा शिमला हिल्स स्टेट्स यूनियनको स्थापना गरियो। जनवरी, १९४८ ई. मा यसको सम्मेलन सोलन मा भयो। हिमाचल प्रदेशको निर्माणको घोषणा यस सम्मेलनमा गरियो। दोश्रो तर्फ प्रजा मण्डलको नेताहरुको शिमला मा सम्मेलन भयो, जसमा यशवंत सिंह परमारले यस कुरामा जोड दिए कि हिमाचल प्रदेशको निर्माण तब संभव छ, जब शक्ति प्रदेशको जनता तथा राज्यको जिम्मामा दिईन्छ। शिवानंद रमौल को अध्यक्षतामा हिमालयन प्लांट गर्वनमेंट को स्थापना गरियो, जसको मुख्यालय शिमलामा थियो। २ मार्च, १९४८ ई. मा शिमला हिल स्टेट को राजाहरुको सम्मेलन दिल्लीमा भयो। राजाहरुको नेत्रित्व मण्डीको राजा जोगेंद्र सेन गरिरहेका थिए। यि राजाहरुले हिमाचल प्रदेशमा शामिल हुनको लागी ८ मार्च, १९४८ मा एक सम्झौतामा हस्ताक्षर गरे। १५ अप्रैल, १९४८ ई. मा हिमाचल प्रदेश राज्यको निर्माण गरेको थियो। त्यस समय प्रदेश भरलाई चार जिल्लाहरुमा बाडियो र पंजाब हिल स्टेट्सलाई पटियाला र पूर्व पंजाब राज्यको नाम दिईयो। १९४८ ई. मा सोलन को नालागढ़ रियासत लाई शामिल गरियो। अप्रैल १९४८ मा यस क्षेत्रको २७,००० वर्ग कि.मी. मा फैलिएको लगभग ३० रियासतहरुलाई को मिलाएर यस राज्यलाई केंद्र शासित प्रदेश बनाईयो।

  • १९५० ई. मा प्रदेशको पुनर्गठन

१९५० ई. मा प्रदेशको पुनर्गठनको अन्तर्गत प्रदेशको सिमानाको पुनर्गठन गरियो। कोटखाई लाई उपतहसी को दर्जा दिएर खनेटी, दरकोटी, कुमारसैन उपतहसीलको केही क्षेत्र तथा बलसनको केही क्षेत्र तथा बलसनको केही क्षेत्र कोटखाईमा शामिल गरियो। कोटगढ़ लाई कुमारसैन उपतहसीलमा मिलाईयो। उत्तर प्रदेशको दुई गाँउ संगोस र भांदर जुब्बल तहसीलमा शामिल गरियो। पंजाबको नालागढ़बाट सात गाँउ लिएर सोलन तहसीलमा शामिल गरियो। यसको बदलामा शिमलाको नजदीक कुसुम्पटी, भराड़ी, संजौली, वाक्ना, भारी, काटो, रामपुर। यसको साथै पेप्सी (पंजाब) को छबरोट क्षेत्र कुसुम्पटी तहसीलमा शामिल गरियो।

  • बिलासपुर जिल्लाको विलय

बिलासपुर रियासत को १९४८ ई. मा प्रदेशबाट अलग राखिएको थियो। ति दिनहरु यस क्षेत्रमा भाखड़ा-बांध परियोजनाको कार्य चलाउनको कारण यसलाई प्रदेशमा अलग रखा गया। १ जुलाई, १९५४ ई. को कहलूर रियासत को प्रदेशमा शामिल गरेर यसलाई बिलासपुर को नाम दिया गया। उस समय बिलासपुर तथा घुमारवीं नामक दुई तहसीलहरु बनायो। यो प्रदेशको पाँचौ जिल्ला बन्यो। १९५४ मा जब ‘ग’ श्रेणी को रियासत बिलासपुर लाई यसमा मिलाईयो, तब यसको क्षेत्रफल बढेर २८,२४१ वर्ग कि.मी. भयो।

  • किन्नौर जिल्लाको स्थापना

१ मे, १९६० मा छैठौं जिल्लाको रूपमा किन्नौरको निर्माण गरियो। यस जिल्लामा महासू जिल्लाको चीनी तहसील तथा रामपुर तहसील को १४ गाँउ शामिल भए। यसको तीन तहसील कल्पा, निचार र पूह बनाईयो।

  • पंजाबको पुनर्गठन

वर्ष १९६६ मा पंजाबलाई पुनर्गठन गरियो तथा पंजाब र हरियाणा दो राज्य बना दिए गए। भाषा तथा तिहाड़ी क्षेत्रको पंजाबबाट लिएर हिमाचल प्रदेशमा शामिल गरियो। संजौली, भराड़ी, कुसुमपटी आदि क्षेत्र जो पहिले पंजाबमा थियो तथा नालागढ़ आदि जो पंजाबमा थियो, त्यसलाई पुनः हिमाचल प्रदेशमा शामिल गरियो। सन १९६६ मा यसमा पंजाब को पहाड़ी क्षेत्रहरुलाई समेटेर यसको पुनर्गठन गरियो तब यसको क्षेत्रफल बढेर ५५,६७३ वर्ग कि.मी. भयो।

  • १९७२ ई. मा पुनर्गठन

हिमाचल प्रदेश को पूर्ण राज्य को दर्जा २५ जनवरी, १९७१ मा मिला। १ नवंबर, १९७२ मा कांगड़ा जिल्लालाई तीन जिल्ला कांगड़ा, ऊना तथा हमीरपुर बनाईयो। महासू जिल्लाको क्षेत्रबाट सोलन जिल्ला बनाईयो।

भूगोल[सम्पादन गर्ने]

हिमाचल प्रदेश हिमालय पर्वतको शिवालिक श्रेणीको हिस्सा हो। शिवालिक पर्वत श्रेणीबाट नै घग्गर नदी निस्कन्छ। राज्यको अन्य प्रमुख नदिहरुमा सतलुजव्यास शामिल छ। हिमाचल हिमालय को सुदूर उत्तरी भाग लद्दाख को चिसो मरुस्थलको विस्तार हो र लाहौल एवं स्पिति जिल्लाको स्पिति उपमण्डलमा छ। हिमालयको तीनों मुख्य पर्वत श्रंखलाहरु, बृहत हिमालय, लघु हिमालय; जसलाई हिमाचलमा धौलाधारउत्तरांचल मा नागतीभा भनिन्छ र उत्तर-दक्षिण दिशामा फैलिएको शिवालिक श्रेणी, यस हिमालय खंडमा स्थित छ। लघु हिमालयमा १००० देखी २००० मीटर ऊँचाई भएको पर्वत ब्रिटिश प्रशासनको लागी मुख्य आकर्षण केंद्र रहेको छ।

नदीहरु[सम्पादन गर्ने]

हिमाचल प्रदेशमा पाँच प्रमुख नदियां बहन्छ। हिमाचल प्रदेशमा बहने पाँचै नदीहरु एवं सानो-सानो नाला बारह मासे हो। यिनीहरुको स्रोत हिउबाट ढाकिएको पहाडमा स्थित छ। हिमाचल प्रदेशमा बहने पाँच नदिहरु मध्ये चारको उल्लेख ऋग्वेदमा पाईन्छ। उस समय ये अन्य नामहरुबाट जानिन्थ्यो जस्तो अरिकरी (चिनाब) पुरूष्णी (रावी), अरिजिकिया (ब्यास) तथा शतदुई (सतलुज) पाँचौ नदी यमुना जो यमुनोत्तरीबाट निकलन्छ र त्यसको सूर्य देवसंग पौराणिक संबंध दर्शाईन्छ।

रावी नदीः रावी नदीको प्राचीन नाम ‘इरावती र परोष्णी’ हो। रावी नदी मध्य हिमालय को धौलाधार शृंखलाको शाखा बड़ा भंगालबाट निस्कन्छ। रावी नदी ‘भादल’ र ‘तांतागिरि’ दो खड्डों बाट मिलेर बन्दछ ये खड्डें हिउ पग्लिएर बन्दछ। यो नदी चंबाबाट खेड़ीको नजिक पंजाब मा प्रवेश गर्दछ र पंजाबबाट पाकिस्तान मा प्रवेश गर्दछ। यो भरमौर र चंबा सहरमा बहन्छ। यो धेरै नै उग्र नदी हो। यसको सहायक नदीहरु तृण दैहण, बलजैडी,स्यूल, साहो, चिडाचंद, छतराड़ी र बैरा हुन। यसको लंबाई ७२० किलोमीटर छ, तर हिमाचलमा यसको लंबाई १५८ किलोमीटर छ। सिकंदर महानको साथ आए यूनानी इतिहासकारले यसलाई ‘हाइड्रास्टर र रहोआदिस’ को नाम दिईएको थियो।

ब्यास नदीः ब्यास नदीको पुराना नाम ‘अर्जिकिया’ या ‘विपाशा’ थियो। यो कुल्लू मा व्यास कुण्डबाट निकलन्छ। व्यास कुंड पीर पंजाल पर्वत शृंखलामा स्थित रोहतांग दर्रे मा छ। यो कुल्लू, मण्डी, हमीरपुरकांगड़ा मा बहन्छ। कांगड़ाबाट मुरथल को नजिक पंजाबमा जान्छ। मनाली, कुल्लू, बजौरा, औट, पंडोह, मण्डी, सुजानपुर टीहरा, नादौन र देहरा गोपीपुर यसको प्रमुख तटीय स्थान हो। यसको कुल लंबाई ४६० कि.मी. छ। हिमाचलमा यसको लंबाई २६० कि.मी. छ। कुल्लू मा पतलीकूहल, पार्वती, पिन, मलाणा-नाला, फोजल, सर्वरी र सैज यसको सहायक नदी हुन। कांगडामा सहायक नदी बिनवा न्यूगल, गज र चक्की हुन। यस नदीको नाम महर्षि ब्यासको नाममा राखिएको छ। यो प्रदेशको जीवनदायिनी नदिहरु मध्ये एक हो।

चिनाव नदीः चिनाव नदी जम्मू-कश्मीरबाट हुदै पंजाब राज्यमा बहने नदी हो। पानीको घनत्वको दृष्टिबाट यो प्रदेशको सबभन्दा ठुलो नदी हो। यो नदी समुद्र सतहबाट लगभग ४९०० मीटरको ऊंचाईमा बारालाचा दर्रे (लाहौल स्पीति) को नजिकबाट निस्कने चन्द्रा र भागा नदिहरु तांदी नामक स्थानमा मिलेपछी बन्दछ। यस नदीलाई वैदिक साहित्यमा ‘अश्विनी’ नामबाट संबोधित गरिएको छ। माथिल्लो हिमालयमा टांडी मा ‘चन्द्र’ र ‘भागा’ नदी पाईन्छ, जो चिनाव नदी भनिन्छ। महाभारत कालमा यस नदीको नाम ‘चंद्रभागा’ पनि प्रचलित भएको थियो। ग्रीक लेखकहरुले चिनाव नदीलाई ‘अकेसिनीज’ लेखेका छन, जो अश्विनी को नै स्पष्ट रूपान्तरण हू। चन्द्रभागा नदी मानसरोवर (तिब्ब्त) को निकट चन्द्रभागा नामक पर्वतबाट निस्तृत हुदछ र सिंधु नदीमा झर्छ। चिनाव नदीको ऊपरी धारालाई चद्रभागा भनेर, पुःन शेष नदीको प्राचीन नाम अश्विनी भनियो। यस नदीलाई हिमाचलबाट अदभुत मानिएको छ। यस नदीको तटवर्ती प्रदेश पूर्व गुप्त कालमा म्लेच्छों तथा यवन शव आदि द्वारा शासित थियो।

जलवायु[सम्पादन गर्ने]

हिमाचलमा तीन ऋतुएं होती हुदछ - ग्रीष्म ऋतु, शरद ऋतु र वर्षा ऋतु। हिमाचल प्रदेशको समुद्र सतहबाट ऊंचाईको विविधताको कारण जलवायुमा पनि भिन्नता छ। कहीं सारा वर्ष हिउ पर्दछ, त कहीं गर्मी हुदछ। हिमाचलमा तातो पानीको चशमें पनि छ र हिमनद पनि छ। यस्तो समुद्र सतहबाट ऊंचाईको भिन्नताको कारणबाट हो।

कृषि[सम्पादन गर्ने]

कृषि हिमाचल प्रदेशको प्रमुख व्‍यवसाय हो। यसले राज्‍यको अर्थव्‍यवस्‍था मा महत्‍वपूर्ण भूमिका निभाउद छ। यसले 69 प्रतिशत कामकाजी आबादीलाई सीधा रोजगार उपलब्ध गराउदछ। कृषि र त्यससंग संबन्धित क्षेत्रबाट हुने आय प्रदेशको कुल घरेलू उत्‍पादको २२.१ प्रतिशत छ। कुल भौगोलिक क्षेत्र ५५.६७३ लाख हेक्‍टेयर मध्ये ९.७९ लाख हेक्‍टेयर भूमिको मालिक ९.१४ लाख किसान हुन। मध्यम र साना किसानहरुको साथ कुल भूमिको ८६.४ प्रतिशत भाग छ। राज्‍यमा कृषि भूमि केवल १०.४ प्रतिशत छ। लगभग ८० प्रतिशत क्षेत्र वर्षा-सिंचित छ र किसान इंद्र देवतामा निर्भर रहन्छन।

बागवानी[सम्पादन गर्ने]

प्रकृतिले हिमाचल प्रदेश को व्‍यापक कृषि जलवायु परिस्थिती प्रदान गरेको छ जसको कारण बाट किसानहरुलाई विविध फल लगाउनमा सहायता प्राप्त हुदछ । बागवानीको अन्तर्गत आउने प्रमुख फल हुन-स्याउ, नस्पाती, आरु, बयर, खूमानी, गुठली भएको फल, कागती प्रजातिको फल, आँप, लीची, अमरूद र झरबेरी आदि। १९५० मा केवल ७९२ हेक्‍टेयर क्षेत्र बागवानी को अन्तर्गत थियो, जो बढेर २.२३ लाख हेक्‍टेयर भएको छ। यसै गरी, १९५० मा फल उत्‍पादन १२०० मीट्रिक टन थियो, जो २००७ मा बढेर ६.९५ लाख टन भएको छ।

वन क्षेत्र[सम्पादन गर्ने]

राज्‍यको कुल भौगोलिक क्षेत्रफल ५५,६७३ वर्ग किलोमीटर छ। वन रिकार्डको अनुसार कुल वन क्षेत्र ३७,०३३ वर्ग किलोमीटर छ। यस मध्ये १६,३७६ वर्ग किलोमीटर क्षेत्र यस्तो छ जहां पहाड़ी चरागाह वाली वनस्‍पतिहरु लगाउन सकिदैन किनकी यो स्‍थायी रूपबाट हिउ बाट ढाकिरहन्छ।

राज्‍यमा २ राष्‍ट्रीय पार्क र ३२ वन्‍यजीवन अभयारण्‍य छ। वन्‍यजीवन अभयारण्‍यको अंतर्गत कुल क्षेत्र ५,५६२ कि.मी., राष्‍ट्रीय पार्कको अन्तर्गत १,४४० कि.मी. छ। यस तरह कुल संरक्षित क्षेत्र ७,००२ कि.मी. छ।

सडक[सम्पादन गर्ने]

हिमाचल प्रदेश राज्‍यमा यहांको सडक नै यहांको जीवन रेखा हो र यो संचार को प्रमुख साधन हो। यसको ५५,६७३ वर्ग किलोमीटर क्षेत्रफल मध्ये ३६,७०० किलोमीटरमा बसाहट हो, जस मध्ये १६,८०७ गाँउ अनेक पर्वतीय श्रृखला र घाटिहरुको ढलानमा फैलिएको छ। जब यो राज्‍य १९४८ मा अस्तित्‍वमा आयो, तब यहां केवल २८८ कि.मी. लामो सडक थियो जो १५ अगस्‍त २००७ सम्म बढेर ३०,२६४ भएको छ।

सिंचाई र जलापूर्ति[सम्पादन गर्ने]

साल 2007 सम्म हिमाचल प्रदेशमा कुल बुवाई क्षेत्र ५.८३ लाख हेक्‍टेयर थियो। गांवों मा पिउने पानीको सुविधा उपलब्‍ध गराईयो र अहिले सम्म राज्‍यमा १४,६११ हेण्ड पम्प लगाई सकिएको छ। हिमाचल प्रदेशमा भूजल को उलब्धता ३६,६१५.९२ हैक्टेयर मीटर (है.मी.) छ।[६]

पर्यटन[सम्पादन गर्ने]

A Village near Trilokinath temple, Lahaul.jpg After Sliding The Glacier.jpg Chamba Valley, Himachal Pradesh, c1865.jpg Chamba Valley.jpg Marhi between Manali and Rohtang Pass.JPG View of a Himalayan valley, Himchal Pradesh.jpg Dharamkot in Dharamsala.jpg Kufri Simla Himachal Inida (12).JPG

पर्यटन उद्योग को हिमाचल प्रदेशमा उच्‍च प्राथमिकता दिईएको छ र हिमाचल सरकारले यसको विकासको लागी समुचित ढांचा विकसित गरिएको छ जसमा जनोपयोगी सेवाहरु, सडक, संचार तंत्र बिमानस्थल यातायात सेवा, जलापूर्ति र जन स्‍वास्‍थ्‍य सेवा शामिल छ। राज्‍य पर्यटन विकास निगम राज्‍यको आयमा १० प्रतिशतको योगदान गर्दछ। राज्‍यमा तीर्थ र नृवैज्ञानिक महत्‍वको स्‍थलहरुको समृद्ध भंडार छ। राज्‍य को व्‍यास, पाराशर, वसिष्‍ठ, मार्कण्‍डेय र लोमश आदि ऋषिहरुको निवास स्‍थल भएको गौरव प्राप्‍त छ। तातो पानीको स्रोत, ऐतिहासिक किल्ला, प्राकृतिक र मानव निर्मित ताल, उन्‍मुक्‍त विचरते चरवाहे पर्यटकहरुको लागी असीम सुख र आनन्दको स्रोत हो।

पर्यटन आकर्षण[सम्पादन गर्ने]

चंबा घाटी

चंबा घाटी (९१५ मीटर) को ऊंचाईमा रावी नदीको दाया किनारामा छ। पुरानो समयमा राजतन्त्रको राज्‍य भएको कारण यो लगभग एक शताब्‍दी पुराना राज्‍य हो र छठौं शताब्‍दी देखी यसको इतिहास पाईन्छ। यो आफ्नो भव्‍य वास्‍तुकला र अनेक रोमांचक यात्राको लागी एक आधारको रुपमा विख्‍यात छ।

डलहौज़ी

पश्चिमी हिमाचल प्रदेशमा डलहौज़ी नामक यो पर्वतीय स्‍थान पुरानी विश्वको चीजहरुबाट भरिएको छ र यहां राजतन्त्र युगको भाव्‍यता छरपस्ट छ। यो लगभग १४ वर्ग किलो मीटर फैलिएको छ र यहां काठ लोग, पात्रे, तेहरा, बकरोटा र बलूम नामको ५ पहाड छ। यसलाई उन्नाईसौ शताब्‍दीमा ब्रिटिश गवर्नर जनरल, लॉड डलहौज़ी को नाममा बनाईएको थियो। यस नगरको ऊंचाई लगभग ५२५ मीटर देखी २३७८ मीटर सम्म छ र यसको छेउ छाउ विविध प्रकारको वनस्‍पति-पाइन, देवदार, ओक र फूलहरुबाट भरिएको रोडो डेंड्रॉन पाईन्छ डलहौज़ी मा मनमोहक उप निवेश यु‍गीन वास्‍तुकला छ जसमा केही सुंदर गिरजाघर शामिल छ। यो मैदानको मनोरम दृश्‍यों को प्रस्‍तुत गर्नुको साथ एक लामो रजत रेखाको समान देखिने रावी नदीको साथ एक अद्भुत दृश्‍य प्रदर्शित गर्दछ जो घूमेर डलहौज़ी को तम जान्छ। हिउबाट ढाकिएको धोलाधार पर्वत पनि यस नगरबाट सफासंग् देख्न सकिन्छ।

धर्मशाला

धर्मशाला को ऊंचाई १,२५० मीटर (४,४०० फीट) र २,००० मीटर (६,४६० फीट) को बीच छ। यसलाई आफ्नो प्राकृतिक सुंदरताको लागी जानिन्छ, जहां पाइनको अग्लो रुख, चिया को बागान र इमारती काठ उत्पादन गर्ने ठुलो वृक्ष ऊंचाई, शांति तथा पवित्रता को साथ यहां ख्डा भएको देख्न पाईन्छ। वर्ष १९६० बाट, जब देखी दलाई लामा ले आफ्नो अस्‍थायी मुख्‍यालय यहां बनाए, धर्मशाला को अंतरराष्‍ट्रीय ख्‍याति भारतको सानो ल्‍हासा को रूपमा बढेकोछ।

कुफरी

अनंत दूरी सम्म चल्ने आकाश, हिउबाट ढाकिएको शिखरहरु, गहिरो घाटिहरु र मीठो पानीको झरना, कुफरी मा यो सब छ । यो पर्वतीय स्‍थान शिमला को छेउ समुद्री सतहबाट २५१० मीटरको ऊंचाईमा हिमाचल प्रदेशको दक्षिणी भागमा स्थित छ। कुफरीमा ठण्‍डको मौसममा अनेक खेलहरुको आयोजन गरिन्छ जस्तो स्‍काइंग र टोबोगेनिंग को साथ चढ़ाडाईमा चढ़नु। ठण्‍डको मौसममा हरेक वर्ष खेल कार्निवाल आयोजित गरिन्छ र यो ति पर्यटकहरुको लागी एक बड़ा आकर्षण हो जो केवल इन्‍हें हेर्नको लागी यहां आउदछन। यो स्‍थान ट्रेकिंग र पहाड़ी म्राअ चढ़ने को लागी पनि परिचित छ जो रोमांचकारी खेल प्रेमीहरुको आदर्श स्‍थान हो।

मनाली

कुल्‍लू देखी उत्तर दिशामा केवल ४० किलो मीटरको दूरीमा लेह तर्फ जाने राष्‍ट्रीय राजमार्गमा घाटीको सिरको नजिक मनाली स्थित छ। लाहुल, स्‍पीति, बारा भंगल (कांगड़ा) र जनस्‍कर पर्वत श्रृंखलामा चढ़ाई गर्नेहरुको लागी यो एक मनपर्ने स्‍थान हो। मन्दिरहरुबाट अनौठो चीजहरु सम्म, यहांबाट मनोरम दृश्‍य र रोमांचकारी गतिविधीहरु मनालीलाई हरेक मौसम र सबै प्रकारको यात्रिहरुको बीच लोकप्रिय बनाउद छ।


कुल्‍लू

कुल्लू घाटीलाई पहले कुलंथपीठ भनिन्थ्यो। कुलंथपीठको शाब्दिक अर्थ हो बस्न योग्‍य विश्वको अन्त। कुल्‍लू घाटी भारतमा देवताहरुको घाटी रहेको छ। यहांको मंदिर, स्याँउको बागान र दशहरा हजारौ पर्यटकहरुलाई को कुल्‍लू को तर्फ आकर्षित गर्दछ। यहांको स्‍थानीय हस्‍तकला कुल्‍लूको सबभन्दा ठुलो विशेषता हो।

शिमला

हिमाचल प्रदेशको राजधानी र ब्रिटिश कालीन समयमा ग्रीष्‍म कालीन राजधानी शिमला राज्‍यको सबभन्दा महत्‍वपूर्ण पर्यटन केन्‍द्र हो। यहांको नाम देवी श्‍यामला को नाममा राखिएको छ जो कालीको अवतार हुन। शिमला लगभग ७२६७ फीटको ऊंचाई मा स्थित छ र यो अर्ध चक्र आकारमा बसेको छ। यहां घाटीको सुंदर दृश्‍य देखिन्छ र महान हिमालय पर्वतीको शिखर चारै तर्फ देखिन्छ। शिमला एक पहाडमा फैलिएको छ जो करीब १२ वर्ग किलोमीटर क्षेत्रमा छ। यसको छिमेकमा घना जंगल र बाङ्गो-टिङ्गो बाटो छ, जहां हरेक मोडमा मनोरम दृश्य देख्न पाईन्छ। यो एक आधुनिक व्यावसायिक केंद्र पनि हो। शिमला विश्वको एक महत्त्वपूर्ण पर्यटन स्थल हो। यहां प्रत्येक वर्ष देश-विदेशबाट ठुलो संख्या मा मानिसहरु भ्रमणको लागी आउदछन। हिउबाट ढाकिएको यहांको पहाडहरुमा धेरै सुंदर दृश्य हेर्न पाईन्छ जो पर्यटकहरुलाई पटक-पटक आउनको लागी आकर्षित गर्दछ। शिमला संग्रहालय हिमाचल प्रदेशको कला एवं संस्कृतिको एक अनुपम नमूना हो, जसमा यहांको विभिन्न कलाकृतियां विशेष गरेर वास्तुकला, पहाड़ी कलम, सूक्ष्म कला, काठमा गरिएको नक्काशी, आभूषण एवं अन्य कृतिहरु संग्रहित छ। शिमलामा दर्शनीय स्थलहरुको अतिरिक्त कई अध्ययन केंद्र पनि हो, जसमा लार्ड डफरिन द्वारा १८८४-८८ मा निर्मित भारतीय उच्च अध्ययन केंद्र धेरै नै प्रसिद्ध छ। यहां कुछ ऐतिहासिक सरकारी भवन पनि छ, जस्तो वार्नेस कोर्ट, गार्टन कैसल व वाइसरीगल लॉज ये पनि धेरै नै दर्शनीय स्थल हुन। चैडविक झरना पनि एक प्रसिद्ध पर्यटक स्थल हो। यसको साथै ग्लेन नामक स्थल पनि छ। यसको समीप बगेको झरना र सदाबहार जंगल धेरै नै आकर्षक छ।

राजनीति[सम्पादन गर्ने]

YS+Parmar.jpg Thakur Ram Lal.jpg Virbhadra Singh HP.jpg

वर्ष १९७१ मा हिमाचल प्रदेश को राज्यको दर्जा प्राप्त भएपछी यहां कांग्रेसभाजपा को पालैपालोसंग सरकार बनिरहन्छ।

  • विधान सभा

हिमाचल प्रदेश विधान सभा शिमलामा स्थित छ। वर्तमान हिमाचल प्रदेश विधानसभा एकसदनात्मक हो।

  • विधानसभा निर्वाचन २०१२

नवम्बर २०१२ मा हिमाचल प्रदेशको हिमाचल प्रदेश विधानसभाको लागी भएको निर्वाचन थियो। कांग्रेस ले यस निर्वाचनमा जीत हासिल गर्यो। ६८ सीटहरु मध्ये ३६ सीट जितेर कांग्रेस पार्टीले सरकार बनायो।

हिमाचल प्रदेश विधानसभा निर्वाचन २०१२ परिणाम
राजनीतिक दल (संक्षिप्त नाम) सदस्यहरुको संख्या
कांग्रेस ३६
भाजपा २६
निर्दलीय
कुल ६८
  • सरकार

नवम्बर २०१२ मा कांग्रेस ने राज्यको विधानसभा निर्वाचन जीता। वीरभद्र सिंह राज्यको मुख्यमन्त्री बने।

  • मुख्यमन्त्री

वीरभद्र सिंह (जन्म २३ जून, १९३४) हिमाचल प्रदेश को मुख्यमन्त्री हुन। डिसेम्बर २५, २०१२ को उनले मुख्यमन्त्री पदको शपथ लिए ।

  • लोकसभा

लोकसभामा हिमाचल प्रदेश को ४ निर्वाचन क्षेत्र छ। कांगड़ा, मण्डी , शिमलाहमीरपुर। हिमाचल प्रदेशबाट चार सदस्य चुनिन्छन। प्रदेश विधानसभामा 68 विधानसभा निर्वाचन क्षेत्र छ। लोकसभाको चार निर्वाचन क्षेत्रहरुको अंतर्गत प्रत्येक निर्वाचन क्षेत्रमा 17-17 विधानसभा क्षेत्र आउद छ। लाहुल-स्पीति, किन्नौर तथा भरमौर जनजातीय क्षेत्र हो र चिसो एवं दुर्गम क्षेत्र हो। यस कारण इन क्षेत्रमा निर्वाचन प्रायः गर्मीमा गराईन्छ।

परिवहन[सम्पादन गर्ने]

सड़क मार्ग यस राज्यको यातायातको मुख्य माध्यम हो। तर मानसून र ठंडको मौसममा भू-स्खलन र अन्य कारणहरुबाट यो काफी बाधित हुदछ।

हिमाचल प्रदेशको जिल्ला[सम्पादन गर्ने]

Himachal Pradesh locator map.svg
बिलासपुर
चंबा
हमीरपुर
काँगड़ा
किन्नौर
कुल्लू
लाहौल र स्पीती
मंडी
शिमला
सिरमौर
सोलन
उना
हिमाचल प्रदेशको जिल्ला
काँगड़ा जिल्ला हमीरपुर जिल्ला
मंडी जिल्ला बिलासपुर जिल्ला
उना जिल्ला चंबा जिल्ला
लाहौल र स्पीती जिल्ला सिरमौर जिल्ला
किन्नौर जिल्ला कुल्लू जिल्ला
सोलन जिल्ला शिमला जिल्ला




जनांकिक[सम्पादन गर्ने]

रिज शिमला
लाहौलको निकट गांव

भारतको 2011 जनगणनाको अनुसार हिमाचल प्रदेशको कुल जनसंख्या 6,856,509 छ। यसमा पुरुषको जनसंख्या 3,473,892 तथा महिलाको जनसंख्या 3,382,617 छ। 2011 को जनगणना आंकडाहरुको अनुसार हिमाचल प्रदेशको लिंग अनुपात 974/1000 र साक्षरता दर 83.78% छ।

क्र.सं जिल्ला क्षेत्रफल किमी² मा जनसंख्या सदर मुकाम
बिलासपुर 1,167 382,056 बिलासपुर
चंबा 6,528 518,844 चंबा
हमीरपुर 1,118 454, 293 हमीरपुर
काँगड़ा 5,739 1,507,223 धर्मशाला
किन्नौर 6,401 84,298 रिकाँग पिओ
कुल्लू 5,503 437,474 कुल्लू
लाहौल र स्पीती 13,835 31,528 केलोन्ग
मंडी 3,950 999,518 मंडी
शिमला 5,131 813,384 शिमला
१० सिरमौर 2,825 530,164 नाहन
११ सोलन 1,936 576,670 सोलन
१२ उना 1,540 521,057 उना

संस्कृति[सम्पादन गर्ने]

राज्यको प्रमुख भाषाहरुमा हिन्दी, काँगड़ी, पहाड़ी, पंजाबी, र मंडियाली शामिल हुन। हिन्दू, बौद्धसिख यहाँको प्रमुख धर्म हो। पश्चिममा धर्मशाला, दलाई लामा को शरण स्थली हो।

पहाड़ी चित्रकला[सम्पादन गर्ने]

हिमाचल प्रदेशमा चित्रकलाको इतिहास काफी समृद्ध रहेको छ। प्रदेशको चित्रकलाको राष्ट्रको इतिहास मा उल्लेखनीय योगदान छ। यहांको चित्रकलाको संपदा अज्ञात थी। उन्नीसवीं शताब्दीको उत्तरार्द्धमा हिमाचल तथा पंजाबको अनेक स्थानहरुमा चित्रहरुको नमूनाको खोज गरियो। मैटकाफ प्रथम व्यक्ति थियो, जसले कांगड़ा को पुरात्न महलहरुमा चित्रहरुको खोज गरे गुलेर, सुजानपुर टीहरा तथा कांगड़ा यस्तो नै स्थान थियो, जहां यो धरोहर लुकेको थियो।

खनिज संपदा[सम्पादन गर्ने]

हिमाचलमा अनेक प्रकारको खनिज हुदछ। यसमा चून ढुंगा, डोलोमाइट युक्त चूनको ढुंगा, चट्टानी नमक, सिलिका बालुवा र स्लेट हुदछ। यहां लौह अयस्क, तामा, चादी, शीशा, यूरेनियमप्राकृतिक गैस पनि पाईन्छ।
चट्टानी नमकः चट्टानी नमकमा स्थानीय भाषामा लेखन भनिन्छ। यो भारत को एकमात्र चट्टानी नूनको खानी छ। मैगलीमा नूनिलो पानीलाई सुकाएर नून तैयार गरिन्छ। चट्टानी नून औषधी र पशु आहराको काममा प्रयुक्त हुदछ।
प्राकृतिक तेल गैसः प्राकृतिक तेल गैस स्वारघाट (बिलासपुर) चौमुख (सुंदरनगर), चमकोल (हमीरपुर) तथा दियोटसिद्ध (हमीरपुर) मा पाईन्छ। प्राकृतिक तेल गैस ज्वालामुखी (कांगड़ा) र रामशहर (सोलन) मा पनि पाईन्छ।
स्लेट : प्रदेशमा स्लेटको लगभग 222 छोटी व ठुलो खानी छ। खनियारा (धर्मशाला), मण्डी, कांगड़ाचंबा मा अच्छी मात्रामा स्लेट प्राप्त हुदछ। मण्डीमा स्लेटबाट टाइलें बनाउने कारखाना छ। स्लेट छत्त र फर्श बनाउनमा प्रयुक्त हुदछ। अच्छा स्लेट, भारी हिमपातबाट पनि फुट्दैन।
सिलिका बालुवा : सिलिका बालुवा, बिलासपुर, हमीरपुर, कांगड़ा, ऊना र मण्डी को खडड वा नालाहरुमा पाईन्छ। ऊना जिल्लाको पलकवा, हरोली, बाथड़ी खड्डों मा चमकदार ढुंगा वा बालुवा पाईन्छ। यो भवन निर्माण, पुल, बांध र सडक बनाउनमा प्रयुक्त हुदछ।
यूरेनियम : छिंजराढा, जरी (बंजार), ढेला, गढ़सा घाटी (कुल्लू) र हमीरपुरमा यूरेनियम हुन् सक्ने संभावनाको पत्ता लागेको छ। यो परमाणु ऊर्जाको स्रोत हो।

संचार माध्यम[सम्पादन गर्ने]

प्रदेशको विकासमा संचार माध्यम अहम भूमिका निभाई रहेको छ। प्रदेशको दुर्गम इलाकाहरु सम्म इन संचार माध्यमहरुको विस्तार भै सकेको छ। वर्तमान प्रदेशमा रेडियो, टेलिविजन, टेलिफोन, तार, फैक्स, डाक, ई-मेल, इंटरनेट आदि सुविधाहरु उपलब्ध छ। 1914 मा शिमला मा देशको प्रथम स्वचालित टेलिफोन केंद्र स्थापित गरिएको थियो। % नवंबर, 1983 मा लाहुल-स्पीति को हिक्किम क्षेत्रमा विश्वको सर्वाधिक ऊंचाई वाला डाकघर खोलिएको थियो। शिमला मा प्रदेशको प्रथम आकाशवाणी केंद्र खोला गया। हमीरपुर, धर्मशाला, कुल्लू, कसौलीकिन्नौर मा आकाशवाणी केंद, प्रसारण केंद्र स्थापित गरिएको छ। तरंग टावर मण्डी जिल्लाको जोगिंदर नगर तहसीलमा स्थापित गरिएको थियो।

प्रदेशको परियोजना[सम्पादन गर्ने]

हिमाचल प्रदेशमा कई प्रकारबाट विद्युत ऊर्जा प्राप्त हुदछ। यो परमाणु स्रोत, जल विद्युत, सौर ऊर्जा, कोयले र पेट्रोलियम पदार्थ आदिबाट प्राप्त हुदछ। हिमाचल प्रदेशमा जल विद्युत उत्पादनको ठुलो क्षमता छ, किनकी प्रदेशमा पांच प्रमुख नदियां र अनेक सहायक नदीहरु छन। नदीहरुमा बांध बनाएर जल विद्युत उत्पन्न गरिन्छ। प्रदेशमा अनेक परियोजनाहरु छन, जस मध्ये केही तो पूरा भै सकेका छन र कुछ निर्माणाधीन छन, जसको संक्षिप्त विवरण निम्नलिखित छ।

पौंग बांध परियोजना- यो बांध कांगड़ा जिल्लामा व्यास नदीमा देहरा देखी 35 किलोमीटर टाढा पौंग गांव को भूमिमा बनेको छ, जो देशको सबभन्दा अग्लो राक-फिल डैम हो। यसको ऊंचाई 435 फुट छ र यसमा 160 करोड़ रुपए खर्च भएको छ। यसमा 5.6 मिलियन एकड़ फुट पानी जमाएर राखिन्छ, जबकी यसमा कुल 6.6 एकड़ मिलियन फुट पानी जम्मा गर्न सकिन्छ।

भाखड़ा बांध परियोजना-यो बांध सतलुज नदीमा जिल्ला बिलासपुर को भाखड़ा गांव मा बगेको छ, जो सन् 1948 मा शुरू भएर सन् 1963 मा बनेर तैयार भएको थियो। यसको ऊंचाई 226 मीटर छ। यो एशियाको सबभन्दा अग्लो बांध हो। यसमा दो विद्युत घर छ, जसमा 1200 मेगावाट बिधुत उत्पादन गर्ने क्षमता छ। यस बांधको कारण गोविंद सागर ताल बनेको छ।

सन्दर्भ[सम्पादन गर्ने]

बाहरी कड़ियां[सम्पादन गर्ने]

ढाँचा:भौगोलिक स्थान

ढाँचा:भारतको प्रान्त र संघ राज्यक्षेत्र ढाँचा:हिमाचलसंग जोडिएको विषय