चुरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चुरे क्षेत्रबाट देखिने मध्ये नेपालकागैंडाकोटनारायणगढ सहरहरू।
चुरे क्षेत्रमा रहेको भारतकोकालेबुङ सहर।

हिमालय क्षेत्रको दक्षिण तराईबाट उत्तर तिर हेर्दा तराईको समथर मैदान पछी देखिने उठेको पहिलो उभार तथा महाभारतबाट दक्षिणतर्फ ओर्लिंदा समथर तराइ आउनु अघिको अन्तिम पर्वतीय क्षेत्र लाई चुरे, चुरिया वा शिवालिक पर्वत भनिन्छ। यो खुकुलो पत्रे चट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पुर्व-पश्चिम फैलिएको छ। पाकिस्तानको इन्दस नदीदेखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ। नेपालभित्र चुरे क्षेत्रले पूर्वको इलामदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म ३३ जिल्लाका केहि न केहि भूभागलाई ओगटेको छ । भूगोलविद्हरूको अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो। उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुदै अन्तिममा चुरे बाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावरको समथर भूभाग छ। यसले दक्षिणी समथर तराईका लागि पानी सञ्चित गरी भूमिगत जल भण्डारणमा महत्वपूर्ण भूमिका खेल्छ[१]। नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भु-भाग ओगटेको छ।


चुरे क्षेत्रको बुढासुब्बा मन्दिरबाट देखिएको धरान सहर।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]