सामग्रीमा जानुहोस्

नेपालको उपराष्ट्रपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति
बहालवाला
राम सहाय यादव
२०७९ चैत ६ देखि
सम्बोधनमहामहिम
प्रकारउप राष्ट्र प्रमुख
नियुक्तिकर्ताउप्रत्यक्ष निर्वाचन
अवधिपाँच वर्ष
प्रथम पदाधिकारीपरमानन्द झा
गठन२०६५ जेठ १५

नेपालको उपराष्ट्रपति सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको उप-अध्यक्ष हो। २०६५ जेठ १५ नेपाली राजतन्त्रको अन्त्य भएपछि यो पद सिर्जना भएको थियो। नेपालका वर्तमान उपराष्ट्रपति राम सहाय यादव हुन्।[] उपराष्ट्रपतिलाई औपचारिक रूपमा 'महामहिम' भनेर सम्बोधन गरिन्छ।

२०६३ माघ १ मा पारित अन्तरिम संविधान अन्तर्गत शासनका सबै शक्तिहरू नेपालका राजाबाट हटाइएको थियो र पहिलो संविधान सभाको निर्वाचनमा निर्वाचित नेपालको संविधान सभाले आफ्नो पहिलो बैठकमा राजसंस्थालाई निरन्तरता दिने वा गणतन्त्र घोषणा गर्ने भन्ने निर्णय गर्नुपर्ने थियोे।[] २०६५ जेठ १५ मा, संविधान सभाले राजतन्त्रलाई अन्त्य गर्ने गरि मतदान गरेको थियो।[]

अन्तरिम संविधानको पाँचौँ संशोधनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधान सभाका अध्यक्ष र उपाध्यक्ष सबै "राजनीतिक समझदारी"को आधारमा निर्वाचित हुने कुरा स्थापित गरेको थियो। तथापि, यदि कोही भएनन् भने, तिनीहरू साधारण बहुमतद्वारा निर्वाचित हुन सक्दथे।

नेपालको पहिलो राष्ट्रपति निर्वाचन वि.सं २०६५ मा भएको थियो। दलहरू राष्ट्रपति वा उपराष्ट्रपतिको उम्मेदवारमा सहमत हुन असफल भएसँगै चुनाव भएको थियो। मधेशी जनअधिकार फोरम, नेपालका परमानन्द झा नेपाली काङ्ग्रेसनेकपा (एमाले)को समर्थनमा पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।[]

उपराष्ट्रपतिहरूको सूची

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-१९ 
  2. See Clause 159 of the interim constitution
  3. Nepal becomes a federal democratic republic वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१७ मिति, Nepalnews.com, 2008-05-28, accessed on 2008-07-20
  4. "सर्वोच्चको न्यायाधीशमा अस्वीकृत झा भएका थिए प्रथम उपराष्ट्रपति, शपथग्रहण पनि दुई पटक" (नेपालीमा), बाह्र खरी, अन्तिम पहुँच ३ वैशाख २०८२