राजनीति
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
राजनीतिक अवस्था २०५८ :राजदरबार हत्याकाण्ड १९ जेठ २०५८ मा भएको दरबार हत्याकण्ड शाही परिवारका सदस्यहरू राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन लगायत अन्य धेरैजना हत्याकण्डमा मारिए। यद्यपि, नरसंहार पछि, युवराज कोमामा केहि समयको लागि बाँचे।
यद्यपि युवराजले मर्नु भन्दा पहिले कहिलै होसमा थिएनन्, युवराज दीपेन्द्र नेपाली शाही उत्तराधिकारको कानून अनुसार राजा थिए। उनको मृत्युको दुई दिन पछि राजाको बाँचेको भाइ ज्ञानेन्द्रलाई राजा घोषणा गरियो।
२०६०-२०६४ : संसद भङ्ग र लोकतन्त्र आन्दोलन २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको घोषणा गरे। र मार्शल कानून लागू गरे । राजाले माओवादी विद्रोह सम्हाल्न सरकार असफल भएको कुरा राखे। टेलिफोन लाइन काटियो र प्रमुख राजनैतिक दलका मुख्य नेताहरूलाई घरमा नै नजरबन्द राखि, धेरै उच्च राजनीतिक नेताहरू पक्राउ गरियो। अन्य विपक्षी नेताहरू भारत भागे र त्यहाँ फेरि समूहित भए। शाही कदमको विपक्षमा पुरानो, विघटित संसदमा ९०% सिट प्रतिनिधित्व गर्ने सात दलको गठबन्धन बन्यो ।