सामग्रीमा जानुहोस्

नन्दकिशोर पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
नन्दकिशोर पुन पासाङ
नेपालको दोस्रो उपराष्ट्रपति
कार्यकाल
वि.सं. २०७२ कात्तिक १३  वि.सं. २०७९ चैत ६
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल
पूर्वाधिकारीपरमानन्द झा
उतराधिकारीराम सहाय यादव
PCN (M)जनमुक्ति सेना, नेपालको चीफ कमान्डर
कार्यकाल
12 सितंबर 2008  12 अप्रिल 2012
पूर्वाधिकारीपुष्पकमल दाहाल
व्यक्तिगत विवरण
जन्म (1965-09-23) २३ सेप्टेम्बर १९६५ (उमेर ६०)
विसं २०२२ कात्तिक ७ []
जीवनसाथीहस्तमाली पुन

Deprecated parameter honorific-prefixDeprecated parameter primeminister

नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो। गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन्। उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान्डर पनि रहेका थिए। उनीसंसद भवनमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति चुनावमा ५४७ मत मध्य उनलाई ३२५ मत प्राप्त भएको थियो। संसद भवनमा सभामुख ओनसरी घर्तिमगरले उनलाई उपराष्ट्रपति भएको घोषणा गरेकी थिइन् [][]

व्यक्तिगत जीवनी

[सम्पादन गर्नुहोस्]

यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो। यिनी आमा मनसरा पुन र बुवा रामसुर पुन काे जेठा छोरा हुन्। उनी गाउको सामान्य परिवारमा उनको जन्म भएको थियो। उनले तीन कक्षा सम्म गाऊंकै प्राथमिक विद्यालयमा अध्ययन गरेका हुन्। ६ कक्षामा पढ्दै गर्दा २०३७ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको तात्कालिन नेकपा चौथौ सम्वद्ध अखिल छैटौँको इकाई अध्यक्ष भएर उनले काम गरेका थिए। उनको राजनीतिक यात्रा यही समयबाट नै शुरु भएको थियो।

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]
  • उनी २०५१ मा वाइसीएलको जिल्ला अध्यक्ष भएका थिए।
  • उनी २०५२ सालमा स्क्वाडको कमाण्डर भएर काम गरेका थिए।
  • २०५२ साल फागुन १ गतेको होलेरी चौकी कारवाहीका भाइस कमाण्ड बनेका पुन शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको डेपुटी कमाण्डर बनेर काम गदै थिए।
  • उनको नेतृत्वमा झण्डै दुई दर्जन फौजी कारवाही माओवादी राजनीतिका लागि महत्त्वपूर्ण बनेका थिए।
  • उनले महत,घर्तीगाऊं,तकसेरा,पाँचकटिया,दुनै,रुकुमकोट, होलेरी, घोराही, मङ्गलसेन,जुम्ला, सन्धिखर्क,बेनी जस्ता फौजी कारवाहीको कमाण्डर बनेर उनले आफ्नो भूमिका निभाएका थिए।
  • उनी माओवादीकोे शसस्त्र संर्घष थालेसंगै उनी फौजी भूमिकामा रहेर काम गरेका थिए।

वैवाहिक जीवन

[सम्पादन गर्नुहोस्]

२०३९ सालमा अध्ययन गर्ने क्रममानै उनले हस्तमाली पुनसँग प्रेम विवाह गरेका थिए।

शिक्षा र पुरस्कार

[सम्पादन गर्नुहोस्]
  • उनले तीन कक्षा सम्म गाऊंकै प्राथमिक विद्यालयमा अध्ययन गरेका थिए।
  • उनले ६ कक्षामा पढ्दै गर्दा राजनीतिमा पनि मा गदै थिए।
  • ७ कक्षा उत्तिर्ण गरेपछि रोल्पाको सदरमुकाम लिवाङबाट मावि स्तरको पढाई सकेका हुन्।
  • उनले कम्युनिस्ट किल्लाका रूपमा परिचित थवाङको विद्यालयबाट २०४२ सालमा एसएलसी उर्तिण गरेका हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]