नन्दकिशोर पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
नन्दकिशोर पुन पासाङ
Nand Kishor Pun Pasang
नेपालको दोस्रो उपराष्ट्रपति
कार्यकाल
वि.सं. २०७२ कार्तिक १३ – वि.सं. २०७९ चैत ६
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल
पूर्वाधिकारीपरमानन्द झा
उतराधिकारीराम सहाय यादव
PCN (M)जनमुक्ति सेना, नेपालको चीफ कमान्डर
कार्यकाल
12 सितंबर 2008 – 12 अप्रैल 2012
पूर्वाधिकारीपुष्पकमल दाहाल
व्यक्तिगत विवरण
जन्म (1965-09-23) २३ सेप्टेम्बर १९६५ (उमेर ५८)
विसं २०२२ कार्तिक ७ [१]
 नेपाल रोल्पा
जीवन साथीहस्तमाली पुन

नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन् । उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान्डर पनि रहेका थिए । उनीसंसद भवनमा भएको निर्वाचनमा नेपाली काँग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति चुनावमा ५४७ मत मध्य उनलाई ३२५ मत प्राप्त भएको थियो । संसद भवनमा सभामुख ओनसरी घर्तिमगरले उनलाई उपराष्ट्रपति भएको घोषणा गरेकी थिइन् [२][३]

व्यक्तिगत जीवनी[सम्पादन गर्नुहोस्]

यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो । यिनी आमा मनसरा पुन र बुवा रामसुर पुन काे जेठा छोरा हुन् । उनी गाउको सामान्य परिवारमा उनको जन्म भएको थियो । उनले तीन कक्षा सम्म गाऊंकै प्राथमिक विद्यालयमा अध्ययन गरेका हुन् । ६ कक्षामा पढ्दै गर्दा २०३७ सालमा मोहन विक्रम सिंहले नेतृत्व गरेको तात्कालिन नेकपा चौथौ सम्वद्ध अखिल छैठौंको इकाई अध्यक्ष भएर उनले काम गरेका थिए । उनको राजनीतिक यात्रा यही समयबाट नै शुरु भएको थियो ।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

  • उनी २०५१ मा वाइसीएलको जिल्ला अध्यक्ष भएका थिए ।
  • उनी २०५२ सालमा स्क्वाडको कमाण्डर भएर काम गरेका थिए ।
  • २०५२ साल फागुन १ गतेको होलेरी चौकी कारवाहीका भाइस कमाण्ड बनेका पुन शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको डेपुटी कमाण्डर बनेर काम गदै थिए ।
  • उनको नेतृत्वमा झण्डै दुई दर्जन फौजी कारवाही माओवादी राजनीतिका लागि महत्त्वपूर्ण बनेका थिए ।
  • उनले महत,घर्तीगाऊं,तकसेरा,पांचकटिया,दुनै,रुकुमकोट, होलेरी, घोराही, मंगलसेन,जुम्ला, सन्धिखर्क,बेनी जस्ता फौजी कारवाहीको कमाण्डर बनेर उनले आफ्नो भुमिका निभाएका थिए ।
  • उनी माओवादीकोे शसस्त्र संर्घष थालेसंगै उनी फौजी भुमिकामा रहेर काम गरेका थिए ।

वैवाहिक जीवन[सम्पादन गर्नुहोस्]

२०३९ सालमा अध्ययन गर्ने क्रममानै उनले हस्तमाली पुनसँग प्रेम विवाह गरेका थिए ।

शिक्षा र पुरस्कार[सम्पादन गर्नुहोस्]

  • उनले तीन कक्षा सम्म गाऊंकै प्राथमिक विद्यालयमा अध्ययन गरेका थिए ।
  • उनले ६ कक्षामा पढ्दै गर्दा राजनीतिमा पनि मा गदै थिए ।
  • ७ कक्षा उत्तिर्ण गरेपछि रोल्पाको सदरमुकाम लिवाङबाट मावि स्तरको पढाई सकेका हुन् ।
  • उनले कम्युनिष्ट किल्लाका रूपमा परिचित थवाङको विद्यालयबाट २०४२ सालमा एसएलसी उर्तिण गरेका हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]