रोल्पा जिल्ला
रोल्पा जिल्ला | |
|---|---|
लुम्बिनी प्रदेशमा रोल्पाको (गाढा पहेँलो) स्थान | |
| देश | |
| प्रदेश | लुम्बिनी प्रदेश |
| सदरमुकाम | रोल्पा नगरपालिका |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिल्ला समन्वय समिति, रोल्पा |
| जनसङ्ख्या (२०७८) | |
| • जम्मा | २३६२२६ |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
| भाषाहरू | नेपाली भाषा |
रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ। नेपालको पहाडमा अवस्थित रोल्पा पश्चिम नेपालको लुकेको रत्न हो। ठुला पहाड, घना जङ्गल, धनी संस्कृति र मानिसहरूको परम्परा, धार्मिक स्थल र फराकिलो उपत्यका भएको रोप्लामा यो ठाउँबाट बाहिर निस्कन खोज्ने सबै कुरा छन्। यससँग जोडिएका जिल्लाहरू दक्षिणमा दाङ, पूर्वमा प्युठान, पश्चिममा सल्यान र उत्तरमा पूर्वी रुकुम जिल्ला पर्दछन्।[१]
नामाकरण
[सम्पादन गर्नुहोस्]"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।
इतिहास
[सम्पादन गर्नुहोस्]एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिएँ भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिएँ। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा १ नगरपालिका र ९ गाउँपालिका गरि १० वटा स्थानीय तहहरू रहेका छन्।[२]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | रोल्पा नगरपालिका | कोटगाउँ, जङ्कोट, धवाङ, ह्वामा, कोर्चावाङ (३-५), खुमेल, लिवाङ र जेदवाङ (१-६) | १० | लिवाङ | ३५,३७६ | २७०.४२ | १३० |
| २ | त्रिवेणी गाउँपालिका | करेटी, नुवागाउँ, बुढागाउँ, जुगाँर र गैरीगाउँ | ७ | जुगाँर | २३,४१२ | २०५.३९ | ११० |
| ३ | परिवर्तन गाउँपालिका | राङ्कोट, राङ्सी, कुरेली, इरिवाङ र पाछावाङ | ६ | पुत्लाचौर | २१,६७१ | १६३.०१ | १३० |
| ४ | माडी गाउँपालिका | तालावाङ, घर्तीगाउँ, कोर्चावाङ (१,२,६-९), ओत (३-५) र भावाङ | ६ | घर्तीगाउँ | १८,०५६ | १२९.०५ | १४० |
| ५ | रुन्टीगढी गाउँपालिका | झेनाम, सखी, जौलीपोखरी, मसिना, डुब्रिङ, जेदवाङ (७,८ र ९) र दुबिडाँडा | ९ | झेनाम | २८,२९१ | २३२.६९ | १२० |
| ६ | लुङग्री गाउँपालिका | पाङ, वडाचौर, सिर्प, हार्जङ र गुम्चाल | ७ | वडाचौर | २६,३२५ | १३५.२३ | १९० |
| ७ | गङ्गादेव गाउँपालिका | राँक, जिनावाङ, पाखापानी र ओत (१,२,६,७,८ र ९) | ७ | सानाडाँडा | २१,५०३ | १२४.३८ | १७० |
| ८ | सुनछहरी गाउँपालिका | जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरम र फगाम (२-९) | ७ | जैमाकसला | १७,२४१ | २७७.६२ | ६२ |
| ९ | सुनिलस्मृति गाउँपालिका | अरेश, खुङ्ग्री, घोडागाउँ, तेवाङ, गजुल, फगाम (१) र मिझिङ | ८ | सुलिचौर | ३०,६१७ | १५६.५५ | २०० |
| १० | थवाङ गाउँपालिका | थवाङ, मिरुल र उवा | ५ | थवाङ | १०,८५१ | १९१.०७ | ५७ |

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "संक्षिप्त परिचय : रोल्पा जि.स.स", रोल्पा जिल्ला, अन्तिम पहुँच २०२३-०६-२८।[स्थायी मृत कडी]
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।