बाँके जिल्ला
बाँके जिल्ला |
---|
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
बाँके मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गले ब्रिटिस इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत वि.सं. १८७३ को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बाँके लगायतका जिल्लाहरूलाई "नयाँ मुलुक" का रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ । यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पुर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगञ्जको नाका भारत सँग जोडिएको छ । नेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्त्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालिका कायम भएको कोहलपुर सिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर को रूपमा परिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती विकट कर्णाली र सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा यहाँबाट खाद्यान्न तथा आवश्यक वस्तुको ढुवानी हुने गर्छ। नेपालगञ्ज विमानस्थल क्षेत्रीय विमानस्थल को रूपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरू यहाँको सांस्कृतिक धरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगञ्ज मेडिकल कलेजमा छिमेकी भारत सहित श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान आदी देशहरूबाट विद्यार्थी आई अध्ययन गर्ने गर्छन ।
जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]
यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-
- परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले "बाँकी मानिसले बसोवास गरेको ठाउँ" भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ।
- सत्ययुगमा सतीदेवीको जिब्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
- परापूर्वकालमा यहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई "बाँके बस्ती" भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।
- कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ ।
भौगोलिक अबस्था[सम्पादन गर्नुहोस्]
- अक्षांस:- २७° ५१७३' उत्तरदेखि २८° २०७३'उत्तर सम्म
- देसान्तर:- ८१° २९७३' पूर्वदेखि ८२° ८७३' पूर्व सम्म
- सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
- पश्चिम:- बर्दिया जिल्ला
- उत्तर:- सल्यान बर्दिया र दाङ जिल्ला
- दक्षिण:- भारतको उ.प्र.को बहराईच जिल्ला
- क्षेत्रफल २३३७ वर्ग कि. मि.
- अधिकतम लम्बाई:- ८४ कि.मि.
- औसत चौडाई:- ४० कि.मि.
- भौगोलिक विभाजन:- केही चूरे क्षेत्र र अधिकांश तराई
प्रमुख ताल तलैया नदीहरू[सम्पादन गर्नुहोस्]
- ताल:- रानी ताल, वाटर पार्क ताल, कान्ती ताल(बाँकेकै ठुलो ताल)
- नदीहरू:- राप्ती, डुडुवा, मानखोला, पन्ध्रखोला, खैरी खोला
- प्रमुख नालाहरु - डुडुवा, किरण नाला, रोहिणि ,झिंजरी , गुडुवा , खैरी गोठरी र जेठी नाला, दोदरा नाला
धार्मिक तथा पर्यटकीय क्षेत्र[सम्पादन गर्नुहोस्]
- धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बाबाकुटि(खजुरारोड), राधाकृष्ण मन्दिर, हनुमानगढि, हडियाबाबा बौद्ध गुम्बा आदि।
- पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क, कान्ती ताल(पुरैनी), अघैया(सिक्टा सिचाइ), गाभर होम स्टे, ढकेरी आदि।
- बाँके राष्ट्रिय निकुञ्ज
- कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, अगैया सिक्टा सिचाइ, गाभर भ्याली होम स्टे, मेरो प्लानेट, वान्डरल्याण्ड, धरहरा(कोहलपुर), कान्तीताल, राप्ती बिच, सन्ताश्वर मंदिर(नरैनापुर), बाबा बर्फानी(नरैनापुर)
ब्यापारीक महत्त्वपूर्ण क्षेत्र :-[सम्पादन गर्नुहोस्]
१. नेपालगन्ज उ.म.पा
२. कोहलपुर न.पा
३. कुसुम
४. चिसापानी
५. ढकेरी
६. नरैनापुर आदी
हावापानी[सम्पादन गर्नुहोस्]
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाँको अधिकतम तापक्रम ४६° से. र न्यूनतम तापक्रम ४.२° से. सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगञ्ज यो जिल्लाको सदरमुकाम हो ।
राजनीतिक विभाजन[सम्पादन गर्नुहोस्]
यस जिल्लालाई जम्मा ४६ वटा गा.वि.स. १ उपमहानगरपालिका, १ नगरपालिका सहित ४ निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ। भेरी अञ्चलको अञ्चल सदरमुकाम पनि बाँके जिल्ला नै हो।
गाउँ विकास समिती र नगरपालिकाहरू :[सम्पादन गर्नुहोस्]
कटकुंईया, लक्ष्मणपुर, कालाफांटा, नरैनापुर, मटेहिया, गनापुर, फत्तेपुर, कम्दी, मनिकापुर, शमसेरगञ्ज, रझेना, कोहलपुर नगरपालीका, महादेवपुरी, कचनापुर, बिनौना, बैजापुर, खासकुस्मा, गङ्गापुर, होलिया, बेतहनी, हिरमिनीया, पिप्रहवा, उदयपुर, खासकारकांदो बनकट्टी, वसुदेवपुर, पुरैनी, पुरैना, भवानियापुर, नेपालगञ्ज उपमहानगरपालिका, जयसपुर, साईगांउ, परस्पुर, बेलभार, इन्द्रपुर, राधापुर, सीतापुर, खजुराखूर्द, बेलहरी, उढरापुर, वागेश्वरी, सोनपुर, रनियापुर, टिटिहिरिया, बनकट्वा, नौबस्ता, चिसापानी ।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "National Population and Housing Census 2011(National Report)", Central Bureau of Statistics, Government of Nepal, नोभेम्बर २०१२, मूलबाट २०१३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०१२।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)