जानकी गाउँपालिका, बाँके

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जानकी गाउँपालिका
जानकी गाउँपालिका
गाउँपालिका
सरकार
 • प्रकारRural Council
 • अध्यक्षछब्बन खाँ
 • उपाध्यक्षरामप्यारी यादव
क्षेत्रफल
 • जम्मा६३.३२ किमी (२४.४५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३७८३९
 • घनत्व६००/किमी (१५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+5:45 (Nepal Standard Time)
सरदमुकाममानपुर
वेबसाइटwww.janakimunbanke.gov.np

जानकी गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित छ । लुम्बिनी प्रदेशको प्रमुख औधोगिक,ब्यापारिक र कृषि योग्य स्थल, बाँके जिल्लामा अवस्थित जानकी गाउँपालिका पनि एक व्यापारिक तथा अधौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो र यसको क्षेत्र सुर्खेत रोड को मनिकापुर एरपोर्ट को सीमाना देखि खजुरा रोड हुँदै साई गाउँ भारतको सीमानासंग जोडेको देखाउछ। यस गाउँपालिकामा जम्मा ६ वटा वडाहरू रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल ६३.३२ वर्ग किलोमिटर रहेको छ | राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जानकी गाउँपालिकाको कुल जनसंख्या ४६५३६ रहेको छ जस मध्य पुरुषको जनसंख्या २३३८६ र महिला जनसंख्या २३१५० रहेको छ जानकी गाउँपालिकाको कुल घरधुरी संख्या ७२६३ र परिवार संख्या जम्मा ९१२४ रहेको छ | यस गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ | यस जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालग‌ञ्ज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहलपुर, र दक्षिणमा - भारतको सिमाना रहेका छन ।


तथ्यांक[सम्पादन गर्नुहोस्]

  • कुल क्षेत्रफल: ६३.३२ वर्ग कि.मी.
  • जम्मा वडा : ६ वटा
  • कुल जनसंख्या : ४६५३६
  • पुरुष जनसंख्या : २३३८६
  • महिला जनसंख्या : २३१५०
  • कुल घरधुरी : ७२६३
  • परिवार संख्या : ९१२४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]