सामग्रीमा जानुहोस्

नेपालगन्ज उपमहानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालगन्ज
नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर
नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर
नेपालगन्ज is located in लुम्बिनी प्रदेश
नेपालगन्ज
नेपालगन्ज
नेपालमा स्थान
नेपालगन्ज is located in नेपाल
नेपालगन्ज
नेपालगन्ज
नेपालगन्ज (नेपाल)
निर्देशाङ्क: २८°०३′उ॰ ८१°३७′पू॰ / २८.०५०°N ८१.६१७°E / 28.050; 81.617निर्देशाङ्कहरू: २८°०३′उ॰ ८१°३७′पू॰ / २८.०५०°N ८१.६१७°E / 28.050; 81.617
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश[१]
जिल्लाबाँके
उपमहानगरपालिकानेपालगन्ज
सरकार
 • मेयरप्रशान्त बिस्ट
 • उप मेयरकम्रुद्दिन राय
उन्नतांश
१५० मिटर (४९० फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा७२,५०३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०८१
वेबसाइटआधिकारिक वेबसाइट

नेपालगन्ज उपमहानगरपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा पर्ने नेपालको एक प्रमुख शहर हो।[२][३] [४] भारतको रुपैडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको व्यापार सम्बन्धका कारणले पनि महत्त्वपूर्ण छ।

यो सहर पूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा वीरेन्द्र चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका व्यापारिक केन्द्र हो। नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्त्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै वाणिज्य र विकास बैङ्कहरूका शाखा छन्। यो सहर समुद्री सतह भन्दा १५० मिटर माथि रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।

इतिहास[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजबाट बाँके, बर्दिया, कैलालीकञ्चनपुर (नयाँ मुलुक) फर्काएपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले नेपालगन्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारत लखनउको व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो ।

अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए ।सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।

हालको त्रिभुवन चोकको नाम सुरुमा चोकबजार थियो । यही चोकबाट पूर्व र पश्चिम लाइन, इदगाहरोडलगायत सडकमा पसल, कबलसहितका घरहरू निर्माण गरेर जोशीले नेपालगन्ज सहर बसाए । हाल त्रिभुवनको सालिक रहेको स्थानमा एउटा चारपाटे दुईतले घर ठड्याइयो । सोही घरको माथिल्लो तलामा भन्सार राखियो । नेपालगन्ज मा व्यापार गर्न आउने महाजनहरूलाई त्रिभुवन चोक र आसपासकै घरहरू उपलब्ध गराइयो । सोही कारण चोकबजार सधैँ गुल्जार रह्यो । यही चोक नेपालगन्ज नगरको केन्द्र बनिरह्यो ।

राणा शासनकालमा चोकबजारमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको सालिक राखियो । बुढापाकाहरूका अनुसार बटुवाहरू जुद्धशमशेरको सालिकलाई सलाम गरेर मात्र अगाडि बढ्थे।

बिस्तारै बस्ती बढ्दै गयो । चोकबजारको दक्षिणतर्फ बीच सडकमै मन्दिरहरू निर्माण भए । पछिसम्मै बिहान ४ बजे बागेश्वरी मन्दिरको डङ्का बजेपछि चोकबजारमा चहलपहल सुरु हुन्थ्यो ।

२००७ सालको जनक्रान्तिको प्रभाव चोकबजारमा पनि पर्‍यो । केही युवाले जुद्धशमशेरको सालिक ढाले । २०१६ सालमा नेपालगन्ज नगरपालिका गठन भयो । मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । नगरपालिकाले जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनायो । चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकीमार्फत सडक बत्ती बालिन्थ्यो। २०२०/२१ सालतिर तत्कालीन नगर-पञ्चायतले राजा त्रिभुवनको सालिक चोकबजारमा स्थापित गर्यो । ०६२/६३ को परिवर्तनपछि भएको मधेस आन्दोलनका क्रममा त्रिभुवनको सालिक भत्काइयो । तर, जनजीव्रोबाट त्रिभुवन चोक हटेको छैन ।

संस्कृति[सम्पादन गर्नुहोस्]

यो सहर संस्कृतिक र धार्मिक दृस्टिकोणले निक्कै नै विभिधतापूर्ण छ। यहाँका बासिन्दाहरू हिन्दु, मुसलमान, बौद्ध लगायत अरू थुप्रै धर्ममा आस्था राख्दछन्। त्यस्तै, यहाँका बासिन्दाहरू विभिन्न सम्प्रदाय, जात-जाती र मूलका छन्। यो सहर नेपालको शान्तिपूर्ण बहूसांस्कृतिक सहर हो र यहाँका मानिसहरू एकआपसमा निक्कै सौहार्दपूर्ण वातावरणमा बस्दछन्।

तर ६३ सालमा मधेसी र पहाडियाहरू बिच दङ्गा भड्किँदा एकको मृत्यु र दर्जनौ धाईते भए। यस घटनाले पहिलोपटक नेपालगन्जका विभिन्न जात-जाती बिच शान्ति कायम छ भन्ने धारणालाई गलत बनाईदियो।

सहरको मध्यभाग नजिकरहेको बागेश्वरी मन्दिर निक्कै प्रसिद्ध हिन्दु स्मारक हो। यस मन्दिर प्राङ्गण नजीकै रहेको पोखरिको बिचमा जुङ्गे महादेवको मुर्ती रहेको छ। यस मुर्तीमा महादेवको जुङ्गा छ, जुन अनौठो कुरा हो। पर्यटकीयस्थल महेन्द्रपार्क तथा सानो चिडियाखाना र रानीतलाउको आकर्षण बोकेको नेपालगन्ज नगरपालिकामा १० हजार ५ सय ९२ घरधुरी सङ्ख्या छ।

नगर प्रशासन[सम्पादन गर्नुहोस्]

विक्रम संवत्् २०१७मा स्थापित नेपालगन्ज नगरपालिकामा अहिलेसम्म १० नगर पिताले कार्यभार सम्हालिसकेका छन्। नगरप्रमुखको रूपमा प्रतिनिधित्व गरेकामा क्रमशः मूलचन्द्र आजाद (स्वर्गीय), कृष्णजङ्ग शाह (स्वर्गीय), गीता राणा, नेमबहादुर शाक्य (स्वर्गीय), पूर्णमान आजाद, महावीरप्रसाद गुप्ता (स्वर्गीय), सफिक अहमद सिद्धिकी (स्वर्गीय), विजयकुमार गुप्ता, धवलशम्शेर राणा र रमेश अर्याल हुनुहुन्छ।

तस्बीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Protests, clashes in Province 5 districts over demarcations" 
  2. "६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित)", अन्तिम पहुँच मङ्सिर १६,२०७१  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१३ मिति
  3. "थप गरिएका उपमहानगरपालिका", स्थानीय विकास, नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच मङ्सिर १६,२०७१ [dead link]
  4. "६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित", अन्तिम पहुँच मङ्सिर १६,२०७१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]