सामग्रीमा जानुहोस्

तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर
तुलसीपुर मा पर्दछ लुम्बिनी प्रदेश
तुलसीपुर
तुलसीपुर
नक्सामा तुलसीपुरको अवस्थिति
तुलसीपुर मा पर्दछ नेपाल
तुलसीपुर
तुलसीपुर
तुलसीपुर (नेपाल)
निर्देशाङ्क: २८°०७′४०″उ ०८२°१७′४४″पू / 28.12778°N 82.29556°E / 28.12778; 82.29556
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
नगरपालिकावि.सं. २०४८ चैत्र ३०[]
सम्मिलित (गाविस)तुलसीपुर र अमृतपुर
सम्मिलित (गाविस)उरहरी, टरिगाउँहलवार
सम्मिलित मितिवि.सं. २०७१ पुस २८[]
उपमहानगरपालिकावि.सं. २०७३ फाल्गुण २७[]
सम्मिलित (गाविस)मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर
सरकार
  नगरप्रमुखटिकाराम खड्का (नेकपा (एमाले))
  उपप्रमुखस्यानी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३८४.६३ किमी (१४८.५१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१७९,७५५
  क्रम११औँ (नेपाल)
दोस्रो (लुम्बिनी प्रदेश)
  घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाकी सङ्केत
२२४१२
क्षेत्रीय सङ्केत०८२
वेबसाइटआधिकारिक वेबसाइट

तुलसीपुर नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको एक उपमहानगरपालिका हो। यो तीव्र गतिमा विकसित हुँदै गइरहेको एक व्यापारिक सहर हो। यो नगर नेपालको राजधानी काठमाडौँदेखि ४३० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।[] भौगोलिक विस्तारको कारण यो उपमहानगरपालिका महाभारत पर्वत शृङ्खलादेखि दक्षिणमा चुरे क्षेत्रसम्म फैलिएर रहेको छ। दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं. २०४८ चैत्र ३० गते यसलाई नगरपालिका घोषणा गरिएको थियो।[]

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन उरहरी, टरिगाउँहलवार गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[]यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै तुलसीपुरलाई वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। तुलसीपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन मानपुर, बिजौरी, डुरुवा, फुलबारीपवननगर गाउँ विकास समितिलाई समावेश गरिएको थियो।[]

ऐतिहासिक पृष्ठभूमि रहेको यस क्षेत्रमा भारतको तुलसीपुरबाट आएको राजाले राज्य गरेको र उनै तुलसीपुरे राजाको कारणले गर्दा यस स्थानको नाम पनि 'तुलसीपुर' भएको अनुमान गरिएको छ।[][]

भारतको अवधको सबैभन्दा ठूलो तालुकमा तुलसीपुरका राजाहरूले शासन गरेका थिए, जसमा वर्तमान दाङ र देउखुरी उपत्यकाहरू समावेश रहेका थिए।[] तसर्थ, यसलाई बाइसे राज्यमध्ये एकको रूपमा पनि गणना गरियो[], जुन पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि पश्चिम नेपाल बनेको हो। सुकौराकोट (बबई नदीको उत्तरी किनारमा)को थारु सभ्यता सबैभन्दा पुरानो मानव सभ्यता हो जुन यस समुदायका मानिसहरूको पूर्वतिर बसाइँसराइसँगै देशको पूर्वी भागसम्म विस्तार भएको हो।[१०][११][१२]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तुलसीपुर उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,७९,७५५ रहेको छ भने यहाँ ४६,०१८ घरधुरी रहेका छन्।[] यस नगरमा मुख्यतया ब्राह्मण, क्षेत्री, थारु रहेका छन्। यसका साथै यहाँ नेवार, मगर, विश्वकर्मा, राई, लिम्बु लगायतका जातजाती बसोबास गर्छन्।[]

तुलसीपुर उपमहानगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पवननगर (१–४)४,६६०१९.८८२३४.४१
पवननगर (५–९)४,८७७१३.०५३७३.७२
तुलसीपुर (१, ७, १०)८,०२५५५.६३१४४.२६
तुलसीपुर (२) र हलवार (४-९)९,२६०३६.३८२५४.५४
तुलसीपुर (५)१३,६४७१.६२८४२४.०७
तुलसीपुर (६)२१,६५६७.५२२८७९.७९
तुलसीपुर (३-४) हलवार (१-३)१३,८६८१२.७४१०८८.५४
तुलसीपुर (८,११)८,७९५१०.७३८१९.६६
तुलसीपुर (९)१३,४६४५.९७२२५५.२८
१०टरिगाउँ (४-९)६,५८७१७.२६३८१.६३
११उरहरी (३,५-९)८,९०९१७.२९५१५.२७
१२टरिगाउँ (१-३) र उरहरी (१-२,४)१०,८९७१५.७७६९१.००
१३फूलबारी५,९०८५२.३११२.९६
१४डुरुवा (२-३,८-९)६,४१५२०.५७३११.८६
१५डुरुवा (१,४-७)७,८५०१४.३२५४८.१८
१६मानपुर (२-६)७,९२९१७.११४६३.४१
१७मानपुर (१, ७, ८, ९)९,३१२१६.०७५७९.४६
१८बिजौरी (१,३-५ ७)९,४६२१६.२४५८२.६४
१९बिजौरी (२,६,८-९)८,२३४३४.२२४०.७६
जम्मा१,७९,७५५३८४.६५४६७.३२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "नगरपालिकाको क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४८ चैत्र ३०, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२
  2. 1 2 "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७
  3. 1 2 "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  4. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  5. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  6. 1 2 "तुलसीपुर उपमहानगरपालिका परिचय" (नेपालीमा), तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर नगर कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५
  7. 1 2 वि.सं. २०७५ बैशाख, "तुलसीपुर बजारको नाम कसरी ‘तुलसीपुर’ रह्यो ?", तुलसीपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५[स्थायी मृत कडी]
  8. वि.सं. २०७६ असोज, "यसरी रह्यो ‘तुलसीपुर’ को नाम", तुलसीपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १५ अभिलेखिकरण २०२२-०२-२७ वेब्याक मेसिन
  9. "यस्ताे छ बाईसे राज्यका दरबारहरुकाे वर्तमान अवस्था", देश दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७
  10. "दाङ पर्यटनको गन्तव्य ...", ई प्रदेश (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ अभिलेखिकरण २०२२-०२-२७ वेब्याक मेसिन
  11. "नयाँ युगबोध राष्ट्रिय दैनिक", नयाँयुगबोध (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७
  12. "अट्वारी पर्वमा दाङको दंगीशरणले दियो सार्वजनिक बिदा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२७ अभिलेखिकरण २०२२-०२-२७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]