राई जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
राई जाति
जम्मा जनसङ्ख्या
नेपाल ६,९०,९८९ (वि.सं २०६८)[१][२]
भारत ३,२७,९५४
पश्चिम बङ्गाल दार्जिलिङकालिम्पोङ जिल्ला२,५०,००० (वि.सं २०६८)[३]
सिक्किम७७,९५४ (वि.सं २०५८)[४]
भाषाहरू
राई भाषा किराँत भाषा
नेपाली भाषा
धर्महरू
किराँत धर्म
हिन्दु धर्म
ईसाई धर्म
साकेलामा परम्परागत पोशाकको साथ राई महिलाहरु

राई जस्लाई रादु, रोदु, रोदुङ, किरावा वा खम्बु पनि भनिन्छ[५] राई जाति नेपालको धेरै पुरानो एक किराँत समुदाय भित्र पर्ने जाति हो। यिनिहरूको पुर्खालाई परुहाङ र सुम्निमा भनिन्छ। राई जाति नेपाल को एक प्रमुख जाति हो।

बसोबास[सम्पादन गर्ने]

खासगरी राईहरूको मूलथलो पूर्वी नेपालको पूर्वी भुभाग, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, संखुवासभा, धनकुटा जिल्लाहरु इनीहरुको मूलथलो हो भन्न सकिन्छ। [६] यसका साथै खम्बु/राईहरू पाँचथर जिल्ला, सुनसरी, मोरङ जिल्ला, झापा, इलाम जिल्ला, सप्तरी, मकवानपुर(राईगाउँ) लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। त्यसैगरी भारतको सिक्किम राज्य र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ,कालिम्पोङ जिल्लामा पनि राई जातिको बाक्लो बसोबास पाइन्छ। वि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी वि.सं. २०५८ सालको जनगणना अनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।

रहन सहन[सम्पादन गर्ने]

पहाडी क्षेत्रमा खम्बु/राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।

खम्बु/राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। साम्पाङ,बान्तवा र केही थरका खम्बु/राईहरूमा खसी बोका बाख्राको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। यिनीहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिका मनिसहरू इमानदार र शाहसि पनि मानिन्छ । खम्बु/राई जाती भित्र करिब ३६ भषा छन् तर अहिले बोलचालमा २९ भाषा मात्रै देखिन्छ अन्य भाषा लोप हुदै गएको देखिन्छ ।

खम्बु/राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। विशेष खम्बुराई हरूको महान चाड साकेला हो उधौली उभौलिमा यिनीहरू १०/१५ दिन सम्म सामुहिक साकेला शिली नाच्छ्न साथै ओमाडाक, बिसू तथा धुले पूजाका समयमा खम्बु/ राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँ दाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक खम्बु/राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।

खम्बु/राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। माया प्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । खम्बु/राईहरू भूतप्रेतमा विश्वास गर्छन्। खम्बु/राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र खम्बु/राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने खम्बु/राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई खम्बु/राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। खम्बु/राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।

राई जातिका केही प्रसिद्ध व्यक्तित्वहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]