माझी जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

{{Infobox ethnic group |image = |caption = |group = माझी जाति |population = ७२,६१४ (२०५८ सालको जनगणना अनुसार)

|region1 =  नेपाल |pop1 = |ref1 = |region2 =  भारत |pop2 = |ref2 = |languages = माझी भाषा |religions = [[हिन्दू धर्म|हिन्दू] |festivals = दसैँ, तिहार, प्रकृतिको पूजा |related = |footnotes = }}

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरू हुन् ।

इतिहास र परिचय[सम्पादन गर्ने]

नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला कथित ठुला जातीहरूले यिनीहरूलाई धेरै नै शोषण गर्ने गरेका छन्। माझीहरूको भनाइ अनुसार सृष्टिूको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।

जनसंख्या[सम्पादन गर्ने]

२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्या २१, ८०० मात्र छ।

बसोबास[सम्पादन गर्ने]

नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्।

साक्षरता[सम्पादन गर्ने]

माझी जातिको साक्षरता दर २३% मात्र रहेको छ। शैक्षिक हिसाबले माझीहरू एकदमै पछाडि परेका छन्। हालसम्म जम्मा ३ जनाले मात्र स्नातकोत्तर तह, (जसमा सिन्धुपाल्चोकका दिलबहादुर माझी, उदयपुरका हरिबहादुर माझी र सुनसरीका लीलाकुमार माझी हुनुहुन्छ) १८ जनाले स्नातक तह, ४० जनाले प्रमाणपत्र तह र १३० जनाले मात्र एस.एल.सी पास गरेका छन् ।

भाषा[सम्पादन गर्ने]

भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्। भाषाविदहरूका अनुसार एक लाखभन्दा कम जनसंख्याले बोल्ने भाषाहरू १० बर्षभित्र लोप हुने खतरामा छन्। माझी भाषा त झन् सारै नगण्य मान्छेहरूले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुने निश्चि त छ यदी तत्काल कुनै कदम नचाल्ने हो भने। सम्पूर्ण माझीहरूको माग के रहेको छ भने कम्तिमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्छ। यो प्रणाली लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने माझीहरूले विश्वाास लिएका छन्।

जीवन पध्दती

पितृसत्तात्मक परिवार भएपनि माझीहरूको समुदायमा महिलाहरूको स्थिति पुरूष सरह नै रहेको छ। पारिवारीक तथा सामुदायिक दुबै क्षेत्रमा पुरुषहरूको तुलनामा महिलाहरूले नै बढी निर्णायक भूमिका खेल्ने गर्छन् । तर पनि घरबाहिर तथा घरभित्रको काम भने यिनीहरू बराबरी रूपमा नै गर्ने गर्छन्। यिनीहरू मतुवाली हुन्। हरेकजसो शुभकार्यमा मादक पदार्थको अत्याधिक प्रयोग गर्छन्। यिनीहरूले प्रयोग गर्ने मादक पदार्थ घरायशी रुपमा नै बनाइएको हुन्छ। “मर्चा” एउटा यस्तो अनिवार्य आयुर्वेदिक चिज हो जुनविना जाँड, छ्याँङ् र रक्सीको उत्पादन हुनै सक्दैन। यो जडिबुटी र चामलको पीठोले बनाइएको हुन्छ। यिनीहरूले पाटको डोरी बाट्ने, डोको तथा बच्चा सुताउने कोक्रा, पराल तथा छ्वालीको गुन्द्रीहरू पनि बुन्ने गर्छन्। हाल आएर खेतिपाती पनि गर्न थालेका छन्। माझीहरू सजातिय विवाह प्रणालीमा मान्यता राख्छान्। कसैलाई पनि आफ्नो जातबाहिर विवाह गर्ने छुट हुँदैन। यदी गरेमा मौलिक रितिस्थिति, मर्यादा विपरित भएको ठहरिने परम्परा अध्यावधि कायमै छ। त्यस्तो व्यक्तिलाई साधारण सामाजिक बहिष्कार भने गर्ने गरिन्छ। प्राकृतिक जलाशयहरूमा माछा मार्नु र बिक्री गर्नु, डुङ्गामा मानिसहरूलाई वारपार गराउनु र त्यसबापत “खेवा” लिनु नै यिनीहरूको आम्दानीको प्रमुख स्रोत थियो। तर अहिले बाटोघाट र पुलपुलेसाको सुविधा भइसकेको कारण मानिसहरूलाई डुङ्गाबाट वारपार गर्नुपर्ने आवश्यकता नै पर्दैन। जसले गर्दा नदी वारपार गर्नका लागि डुङ्गाको प्रचलन नै लोप हुँदै जान थालेको छ माझीहरूको आम्दानीको कुरा त परै जाओस्। जलाशयहरूमा माछाहरूको संख्या पनि घट्तै गइरहेको छ। यसबाट के कुरा प्रष्टु हुन्छ भने माझीहरूको अहिलेको स्थिति निकै नै नाजुक बन्दै गइरहेको छ। विकासले माझीहरूको ऐतिहासिक परम्परागत जीवनशैली नै विनाश गरिदियो। माझीहरूको आफ्नै अलग्गै थुप्रै परम्परागत चाडबाड, लोकभाका, नाच, धार्मिक तथा पैत्रीक कर्मकाण्डहरू रहेका छन्। यिनीहरूमा व्यक्तिवादीता भन्दा हामी माझीहरू एक हौं भन्ने सामुदायिक भावना प्रबल रुपमा रहेको हुन्छ र आफूलाई माझी हुन पाएकोमा गर्व पनि।

सामाजिक तथा नैतिक पक्ष

माझीहरू आफूलाई “तान्त्रिक” धर्मवालम्बी भन्ने गर्छन्। पूजाको लागि यिनीहरूको कुनै मन्दिर वा मान्छेले बनाएको मूर्ति हुँदैन। जँगल तथा खोलाको किनारमा अस्थाइ रुपमा देव-देवीहरूको प्रतीक बनाइ बनाइएको विशेष पवित्र ठाउँ नै यिनीहरूको लागि पूजा गर्ने ठाउँ हुन्छ। यिनीहरू आत्मावाद, प्रकृतिपुजक हुन्। धामी-झाँक्री-बोक्सी, तन्त्र-मन्त्र विद्याको अतिरिक्त पुन:जन्म, स्वर्ग-नर्क, आत्मा, भूत आदिमा पनि विश्वाकस गर्ने गर्छन्। आफ्ना पुर्ख्यौली नातेदारहरूको आत्मा आफ्नो मृत्यु पश्चापत पनि आफन्तहरूको रेखदेख गर्न आउने हुनाले समय समयमा ती आत्माहरूलाई चोखो अन्न तथा मादक पदार्थहरू चढाईरहनुपर्छ, नत्र अनर्थ हुन्छ भन्ने यिनीहरूको गहिरो विश्वाोस रहेको हुन्छ।

माझीहरूको आवश्यकता

सांस्कृतिक रूपमा जति नै धनी भए पनि माझीहरू गरिवीको रेखामुनि आफ्नो जीवन बिताइरहेका छन्। आर्थिक स्थिति कमजोर भएको कारणले यिनीहरूको शीर ठाडो हुन सकिरहेको छैन। बढ्दो आधुनिकताको प्रभावले यिनीहरूको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गइरहेको छ। भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ। त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण नै यिनीहरूको प्रथम आवश्यकता भएको छ। सरकारको तर्फबाट गरिने विकासे गतिविधीले यिनीहरूमा पारेको प्रभावको वास्तविक लेखाजोखाको अभाव हुनु र त्यस अनुरुप आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यिनीहरू झन् गरिबीको दलदलमा फस्दै गइरहेका छन्। यस दलदलबाट यिनीहरूलाई मुक्ति दिनको लागि तत्कालै कदम चाल्नु पनि अर्को प्रमुख आवश्यकता हो।

संख्या[सम्पादन गर्ने]

छोटकरीमा इतिहास र परिचय

नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला कथित ठुला जातीहरूले यिनीहरूलाई धेरै नै शोषण गर्ने गरेका छन्। माझीहरूको भनाइ अनुसार सृष्टिूको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।

यिनीहरू कहाँ बस्छन्?

नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्। २०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्या २१, ८०० मात्र छ। यिनीहरूको साक्षरता दर २३% मात्र रहेको छ। शैक्षिक हिसाबले माझीहरू एकदमै पछाडि परेका छन्। हालसम्म जम्मा ३ जनाले मात्र स्नातकोत्तर तह, (जसमा सिन्धुपाल्चोकका दिलबहादुर माझी, उदयपुरका हरिबहादुर माझी र सुनसरीका लीलाकुमार माझी हुनुहुन्छ) १८ जनाले स्नातक तह, ४० जनाले प्रमाणपत्र तह र १३० जनाले मात्र एस.एल.सी पास गरेका छन्। भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्। भाषाविदहरूका अनुसार एक लाखभन्दा कम जनसंख्याले बोल्ने भाषाहरू १० बर्षभित्र लोप हुने खतरामा छन्। माझी भाषा त झन् सारै नगण्य मान्छेहरूले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुने निश्चि त छ यदी तत्काल कुनै कदम नचाल्ने हो भने। सम्पूर्ण माझीहरूको माग के रहेको छ भने कम्तिमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्छ। यो प्रणाली लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने माझीहरूले विश्वाास लिएका छन्।

जीवन पध्दती

पितृसत्तात्मक परिवार भएपनि माझीहरूको समुदायमा महिलाहरूको स्थिति पुरूष सरह नै रहेको छ। पारिवारीक तथा सामुदायिक दुबै क्षेत्रमा पुरुषहरूको तुलनामा महिलाहरूले नै बढी निर्णायक भूमिका खेल्ने गर्छन् । तर पनि घरबाहिर तथा घरभित्रको काम भने यिनीहरू बराबरी रूपमा नै गर्ने गर्छन्। यिनीहरू मतुवाली हुन्। हरेकजसो शुभकार्यमा मादक पदार्थको अत्याधिक प्रयोग गर्छन्। यिनीहरूले प्रयोग गर्ने मादक पदार्थ घरायशी रुपमा नै बनाइएको हुन्छ। “मर्चा” एउटा यस्तो अनिवार्य आयुर्वेदिक चिज हो जुनविना जाँड, छ्याँङ् र रक्सीको उत्पादन हुनै सक्दैन। यो जडिबुटी र चामलको पीठोले बनाइएको हुन्छ। यिनीहरूले पाटको डोरी बाट्ने, डोको तथा बच्चा सुताउने कोक्रा, पराल तथा छ्वालीको गुन्द्रीहरू पनि बुन्ने गर्छन्। हाल आएर खेतिपाती पनि गर्न थालेका छन्। माझीहरू सजातिय विवाह प्रणालीमा मान्यता राख्छान्। कसैलाई पनि आफ्नो जातबाहिर विवाह गर्ने छुट हुँदैन। यदी गरेमा मौलिक रितिस्थिति, मर्यादा विपरित भएको ठहरिने परम्परा अध्यावधि कायमै छ। त्यस्तो व्यक्तिलाई साधारण सामाजिक बहिष्कार भने गर्ने गरिन्छ। प्राकृतिक जलाशयहरूमा माछा मार्नु र बिक्री गर्नु, डुङ्गामा मानिसहरूलाई वारपार गराउनु र त्यसबापत “खेवा” लिनु नै यिनीहरूको आम्दानीको प्रमुख स्रोत थियो। तर अहिले बाटोघाट र पुलपुलेसाको सुविधा भइसकेको कारण मानिसहरूलाई डुङ्गाबाट वारपार गर्नुपर्ने आवश्यकता नै पर्दैन। जसले गर्दा नदी वारपार गर्नका लागि डुङ्गाको प्रचलन नै लोप हुँदै जान थालेको छ माझीहरूको आम्दानीको कुरा त परै जाओस्। जलाशयहरूमा माछाहरूको संख्या पनि घट्तै गइरहेको छ। यसबाट के कुरा प्रष्टु हुन्छ भने माझीहरूको अहिलेको स्थिति निकै नै नाजुक बन्दै गइरहेको छ। विकासले माझीहरूको ऐतिहासिक परम्परागत जीवनशैली नै विनाश गरिदियो। माझीहरूको आफ्नै अलग्गै थुप्रै परम्परागत चाडबाड, लोकभाका, नाच, धार्मिक तथा पैत्रीक कर्मकाण्डहरू रहेका छन्। यिनीहरूमा व्यक्तिवादीता भन्दा हामी माझीहरू एक हौं भन्ने सामुदायिक भावना प्रबल रुपमा रहेको हुन्छ र आफूलाई माझी हुन पाएकोमा गर्व पनि।

सामाजिक तथा नैतिक पक्ष

माझीहरू आफूलाई “तान्त्रिक” धर्मवालम्बी भन्ने गर्छन्। पूजाको लागि यिनीहरूको कुनै मन्दिर वा मान्छेले बनाएको मूर्ति हुँदैन। जँगल तथा खोलाको किनारमा अस्थाइ रुपमा देव-देवीहरूको प्रतीक बनाइ बनाइएको विशेष पवित्र ठाउँ नै यिनीहरूको लागि पूजा गर्ने ठाउँ हुन्छ। यिनीहरू आत्मावाद, प्रकृतिपुजक हुन्। धामी-झाँक्री-बोक्सी, तन्त्र-मन्त्र विद्याको अतिरिक्त पुन:जन्म, स्वर्ग-नर्क, आत्मा, भूत आदिमा पनि विश्वाकस गर्ने गर्छन्। आफ्ना पुर्ख्यौली नातेदारहरूको आत्मा आफ्नो मृत्यु पश्चापत पनि आफन्तहरूको रेखदेख गर्न आउने हुनाले समय समयमा ती आत्माहरूलाई चोखो अन्न तथा मादक पदार्थहरू चढाईरहनुपर्छ, नत्र अनर्थ हुन्छ भन्ने यिनीहरूको गहिरो विश्वाोस रहेको हुन्छ।

माझीहरूको आवश्यकता

सांस्कृतिक रूपमा जति नै धनी भए पनि माझीहरू गरिवीको रेखामुनि आफ्नो जीवन बिताइरहेका छन्। आर्थिक स्थिति कमजोर भएको कारणले यिनीहरूको शीर ठाडो हुन सकिरहेको छैन। बढ्दो आधुनिकताको प्रभावले यिनीहरूको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गइरहेको छ। भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ। त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण नै यिनीहरूको प्रथम आवश्यकता भएको छ। सरकारको तर्फबाट गरिने विकासे गतिविधीले यिनीहरूमा पारेको प्रभावको वास्तविक लेखाजोखाको अभाव हुनु र त्यस अनुरुप आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यिनीहरू झन् गरिबीको दलदलमा फस्दै गइरहेका छन्। यस दलदलबाट यिनीहरूलाई मुक्ति दिनको लागि तत्कालै कदम चाल्नु पनि अर्को प्रमुख आवश्यकता हो।

माझीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्ने]

कोशी पुजा माझी जातिको महान पर्व हो, त्यस्तै दसैँ, तिहार जस्ता नेपालीहरूले मनाउने पर्व पनि धेरैजसो माझी जातिहरूले मनाउँछन् , माझी जति प्रकृतिको पूजा गर्छन, तेस्तै गोठ पूजा पनि गर्ने गर्छन

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

धनबहादुर माझी – माझी जातीको संस्कार र संस्कृति – २०६२ Population Census National Report – CBS (२००२) अन्तर्राष्ट्रिs मातृभाषा दिवस (२००८)मा व्यक्त विचारहरू