सुरेल जाति
सुरेल जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोसी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । [१] राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल ३१८ जना सुरेल जातिका मानिसहरू बसोवास गर्दछन्। दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।
सुरेल जातिको उत्पति
[सम्पादन गर्नुहोस्]स्थानीय बुढापाकाहरूको अनुसार ५०० वर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब जिरेल जाति को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ ।
मृत्यु संस्कार
[सम्पादन गर्नुहोस्]सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिँढीको दायापट्टि राखिन्छ । लासलाई जलाउने गरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्याएर चितामा राख्छन्। चिता बनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।[१]
ढोल, मादल, मुरली, झ्याली सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा", गोरखापत्र दैनिक, अन्तिम पहुँच १० माघ २०७०। वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-१२ मिति
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति