सामग्रीमा जानुहोस्

ल्होमी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्‍होमी जाति को मुख्य पुर्ख्योली थाक थलो भनेको कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्‍लाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाको हुङगुङ,चेपुवा,हटिया, गुम्बा, च्याम्ताङ, रूकुमा तथा नामासे गाउँहरू हुन् । यी जातिको बसोबास तिब्बतको डेन्दाङ तथा भारतको दार्जिलिङ् जिल्‍लाका १८ वटा गाउँहरूमा पनि पाइन्छ । यी जातिले बोल्ने भाषालाई ल्होकेत् भनिन्छ । यो समुदाय ताप्लेजुङको पो शेर्पा समुदाय सँग मिल्ने गर्दा छ भाषा मात्र केही फरक भएको समुदाय ही पोशाक पो शेर्पाहरू सँग मिल्ने गर्दा छ ।आदिवासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठान ऐन, २०५८ मा सूचीकृत आदिवासी जनजाति मध्‍ये ल्होमी अति सिमान्‍तकृत समूहको हिमाली समूह अन्‍तर्गत पर्दछ भने यस जातिलाई ल्‍होमी(शिंसाबा) भनी सूचिकृत गरिएको छ । राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल ३५५ जना ल्होमी जातिका मानिसहरू बसोवास गर्दछन्। ल्होमी जातिहरूको बारेमा सर्वप्रथम खोज अनुसन्धान गर्ने समाजशास्त्री तथा मानवशास्त्री डोरबहादुर विष्ट हुन् । उनले यी जातिको बारेमा सन् १९५७ मा प्रोफेसर von Furer- Hamimenddorf सँगै मिलेर पूर्वी नेपालको शेर्पा तथा ल्होमी जातिको बारेमा स्थलगत अनुसन्धान गरी आफ्नो People of Nepal पुस्तकमा नेपालका विभिन्न आदिवासी जनजातिका बारेमा उल्‍लेख गरेका थिए । उनले यो पुस्तक सन् १९६७ मा प्रकाशन गरेका थिए । हाल सम्म उनको यो पुस्तक रत्न पु्स्तक भण्डारले नै प्रकाशन गर्दै आएको छ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. NEFIN,People of Nepal, Prof. Christoph von Furer- Hamendoft,नेपालका आदिवासी जनजातिहरू