डोरबहादुर विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालका बहुप्रशंसित नृवंश र समाज-मानवशास्त्री हुन ।

ललितपुर जिल्लाको झरुवारासीमा जन्मेका उनले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तकको रचनाकार पनि हुन। अङ्ग्रेजीमा प्रकाशित उनको "Fatalism and Development: Nepal's Struggle for Modernization" वहु चर्चित कृति मानिन्छ। विष्टको त्यही फ्याटालिज्म एन्ड डेभलपमेन्ट नामक किताब पढेरै नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरु नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिंगीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध बुलन्द आवाज उठाउन थाले । वि.सं २०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबीस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गरे । डिल्लीचौर गाविसको लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरे । विष्ट ०५२ पुस २५ गते सन १९९५ देखि घर (काठमाडौँ) जान्छु भनेर गाउँबाट हिँडेका उनको स्थिति अज्ञात रहेको छ ।[१]

प्रकाशित पुस्तक[सम्पादन गर्नुहोस्]

  • फ्याटालिज्म एन्ड डेभलपमेन्ट
  • पिपुल अफ नेपाल (सन् १९६७)
  • हामी किराती-राई

कहाँ हराए ?[सम्पादन गर्नुहोस्]

डोरबहादुर विष्टले कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाई २०५२ पुस २५ मा चौधबीस छोडेका थिए । त्यसको दुई दिनपछि पुस २७ गते नेपाल वायु सेवा निगमको जहाजबाट नेपालगन्ज पुगे तर घर नगई बर्दिया हुँदै कैलाली चिसापानी गएको अनुमान गरिएको छ । त्यहाँबाट उनी कता गए, त्यसयता अत्तोपत्तो छैन । । बेपत्ता भएपछि उनले बनाएका संरचना टुहुराजस्तै भए ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]

  1. जीर्ण बन्दै डोरबहादुर सम्झाउने संरचना