सामग्रीमा जानुहोस्

बर्दिया जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बर्दिया जिल्ला
बर्दिया राष्ट्रिय निकुञ्ज
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा बर्दियाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामगुलरिया नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बर्दिया
जनसङ्ख्या
 • जम्मा४६०८३१
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

बर्दिया नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेतसल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू-भाग (६८.७६%) तराईको समतल जमिनले ओगटेको छ भने बाँँकी भाग (३१.२७%) चुरे पर्वत पर्दछ। पहिले आदिवासी थारुहरूको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरूमा वाह्य जिल्लाहरूबाट बसाई सराई गरी आउनेको भिडले गर्दा जातीय विविधता रहेको छ।[]

यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्ये केही यस प्रकार छन -

  • स्थानीय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र यहाँका गाई गोरु राम्रा मोटाघाटा र बलिया हुनेहुँदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। ऐश्वर्य र समृद्धिका प्रतिकका रूपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ।
  • पदनाह गाविसमा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँमा हरिहर राजाको दरबार थियो। बारबर्दियामा खेतिको लागि उन्नत जमीन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ।
  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ। वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरण क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरू धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ

प्रशासनिक विभाजनहरू

[सम्पादन गर्नुहोस्]

जिल्लामा ६ नगरपालिका र २ गाउँपालिका गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[]

बर्दिया जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
गुलरिया नगरपालिका महम्मदपुर १२ गुलरिया ७४,५०५ ११८.२१ ६३०
राजापुर नगरपालिका नयाँगाउँ, मानपुरटपरा, बदालपुर, राजापुर, दौलतपुर, भिम्मापुरखैरिचन्दनपुर १० राजापुर ६०,८३१ १२७.०८ ४८०
मधुवन नगरपालिका सानोश्री, ताराताल, सूर्यपटुवाढोढरी सानोश्री ५०,७३९ १२९.७३ ३९०
ठाकुरबाबा नगरपालिका नेउलापुर, बगनाह, शिवपुरठाकुरद्वारा सैनावार ४९,४२० १०४.५७ ४७०
बाँसगढी नगरपालिका बेलवा, मोतिपुरडेउडाकला मोतिपुर ६३,२५२ २०६.०८ ३१०
बारबर्दिया नगरपालिका धधबार, मगरागढी, पदनाहाबानियाभार ११ मगरागढी ७२,५३३ २२६.०९ ३२०
बढैयाताल गाउँपालिका जमुनी, सोरहवा, मानपुर मैनापोखरकालिका मानपुर मैनापोखर ५२,८१८ ११५.१९ ४६०
गेरुवा गाउँपालिका पाताभार, गोला, पशुपतिनगरमनाऊ पशुपतिनगर ३३,५१४ ७८.४१ ४३०
बर्दिया जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "बर्दिया जिल्लाको संक्षिप्त परिचय : बर्दिया जि.स.स", बर्दिया जिल्ला, अन्तिम पहुँच २०२३-०६-२८  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-२६ मिति
  2. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२