पश्चिम रुकुम जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
पश्चिम रुकुम जिल्ला

पश्चिम रुकुम
चौरजहारी
कर्णाली प्रदेशमा पश्चिम रुकुम जिल्लाको अवस्थिति (गाढा पहेँलो)
कर्णाली प्रदेशमा पश्चिम रुकुम जिल्लाको अवस्थिति (गाढा पहेँलो)
पश्चिम रुकुमको विभाजन
पश्चिम रुकुमको विभाजन
निर्देशाङ्क: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°E / 28.63; 82.49निर्देशाङ्कहरू: २८°३८′N ८२°२९′E / २८.६३°N ८२.४९°E / 28.63; 82.49
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
स्थापित२०७२
सदरमुकाममुसिकोट
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, पश्चिम रुकुम
क्षेत्रफल
 • जम्मा१२१३.४९ किमी (४६८.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५४,२७२
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटdccrukumwest.gov.np

पश्चिम रुकुम जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो।[१] यो जिल्ला प्रदेशका १० जिल्लाहरू मध्ये एक हो।[२] जिल्लाको सदरमुकाम मुसिकोट हो।

औपचारिक रूपले पश्चिमी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। ३ असोज २०७२ मा, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि रुकुम र पूर्वी रुकुम गरि दुई जिल्लामा विभाजन गरिएको थियो।

पश्चिम रुकुम जिल्लाको कुल क्षेत्रफल १,२१३.४९ वर्ग किलोमिटर (४६८.५३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या २०६८ को जनगणना अनुसार १,५४,२७२ रहेको छ। [३]

पश्चिम पहाडी क्षेत्रमा अवस्थित पश्चिम रुकुम पहाडी जिल्ला हो। यो जिल्लामा धेरै उपत्यकाहरू छन्। यसको सिमाना पाँच जिल्लासँग जोडिएको छ। लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा पूर्वमा, दक्षिणमा सल्यान, पश्चिममा जाजरकोट र उत्तरतर्फ डोल्पा रहेको छ।

जनसाङ्खिकि[सम्पादन गर्ने]

नेपालको २०६८ को जनगणनाको समयमा पश्चिम रुकुमको जनसङ्ख्या १,५४,२७२ रहेको थियो।[४]

क्षेत्रीहरू यस जिल्लाको मुख्य जातीय समूहहरू हुन् जसको जनसङ्ख्याको ५३.९% रहेको छ। कामी १५.४% र मगरहरूको जनसङ्ख्याको १४.७% रहेको छ। ठाकुरी र बाहुनको जनसङ्ख्या ५% र ३.८% रहेको छ भने अन्य खस दलित दमाईसार्की ३.७% र १.८% जनसङ्ख्या रहेको छ।[४]

यहाँका ९९.३% जनसङ्ख्याले नेपाली भाषा बोल्दछन्।[४]

ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्षजन.±% प्र.व.
२०३८ ९८,६६२—    
२०४८ ११५,८८८+१.६२%
२०५८ १४०,३८७+१.९४%
२०६८ १५५,३८३+१.०२%
२०७८ १६६,३५४+०.६८%
स्रोत: सिटी पपुलेसन[५]

यातायात[सम्पादन गर्ने]

पश्चिम रुकुम दुर्गम जिल्ला मानिए पनि २०६३ को दोस्रो जनआन्दोलनपछि यातायात तीव्र रुपमा विस्तार हुँदै गएको छ। हालै सडक निर्माण भएसँगै बस र जीप सेवा काठमाडौँलगायत दक्षिणी मैदान र प्रमुख सहरसँग लिङ्क सहितको सुविधा प्राप्त भएको छ। नेपालगञ्ज र काठमाडौँबाट दुई विमानस्थलले यात्रु उडानका लागि सुरक्षित तर गौण सुविधा प्रदान गर्छन्।

मुसिकोटलाई सल्यान खलङ्गा, तुलसीपुर र महेन्द्र राजमार्ग दक्षिणतर्फ जोड्न राप्ती राजमार्ग (विसं २०६६ सम्म) निर्माणाधीन थियो। अर्कोतर्फ, नेपालकै सपनाको परियोजना "मध्यपहाडी ल‍कमार्ग" निर्माणाधीन अवस्थामा रहेको छ।[६]

स्थानीय तह[सम्पादन गर्ने]

नगरपालिका[सम्पादन गर्ने]

गाउँपालिका[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  2. "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-२२ 
  3. "रुकुम पश्चिमको प्रारम्भिक जनसंख्या १ लाख ७२ हजार" (नेपाली) भाषा)। कखरा। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  4. ४.० ४.१ ४.२ "National Data Portal-Nepal", nationaldata.gov.np, अन्तिम पहुँच २०२१-०८-१० 
  5. "नेपाल: प्रशासनिक विभाजन", www.citypopulation.de (अङ्ग्रेजीमा)। 
  6. "यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]