सामग्रीमा जानुहोस्

पश्चिम रुकुम जिल्ला

निर्देशाङ्कहरू: २८°३८′N ८२°२९′E / 28.63°N 82.49°E / 28.63; 82.49
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिम रुकुम जिल्ला
चौरजहारी
कर्णाली प्रदेशमा पश्चिम रुकुम जिल्लाको अवस्थिति (गाढा पहेँलो)को अवस्थिति
कर्णाली प्रदेशमा पश्चिम रुकुम जिल्लाको अवस्थिति (गाढा पहेँलो)
निर्देशाङ्क: २८°३८′N ८२°२९′E / 28.63°N 82.49°E / 28.63; 82.49
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
स्थापनावि.सं २०७४[]
सदरमुकामखलङ्गा (मुसिकोट नगरपालिका)
स्थानीय तहहरू
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, पश्चिम रुकुम
 • निर्वाचन क्षेत्रहरू१ सिट पश्चिम रुकुम १
 • प्रदेश सभा निर्वाचन क्षेत्रहरू२ सिट पश्चिम रुकुम १(क)
पश्चिम रुकुम १(ख)
क्षेत्रफल
 • जम्मा१,२१३.४९ किमी (४६८.५३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६६,७४०
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
 • घरधुरी
३७,३०३
जनसाङ्ख्यिकी
 • जातीय समूहहरूक्षेत्री, कामी, मगर
 • महिला ♀५१.४%
मानव विकास सूचकाङ्क
 • साक्षरता दर७५.७४%
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०८८
आधिकारिक भाषा(हरू)नेपाली
वेबसाइटजिप्रका, पश्चिम रुकुम जिसस, पश्चिम रुकुम

पश्चिम रुकुम जिल्ला नेपालको कर्णाली प्रदेशमा अवस्थित एक पहाडी जिल्ला हो।[] यो जिल्ला प्रदेशका १० जिल्लाहरू मध्ये एक हो।[] जिल्लाको सदरमुकाम खलङ्गा हो।

औपचारिक रूपले पश्चिमी रुकुम जिल्ला रुकुम जिल्लाकै एक भाग थियो। २०७४ मा, राज्यले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि रुकुम र पूर्वी रुकुम गरि दुई जिल्लामा विभाजन गरिएको थियो।

पश्चिम रुकुम जिल्लाको कुल क्षेत्रफल १,२१३.४९ वर्ग किलोमिटर (४६८.५३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या २०७८ को जनगणना अनुसार १,६६,७४० रहेको थियो।[]

पश्चिम पहाडी क्षेत्रमा अवस्थित पश्चिम रुकुम पहाडी जिल्ला हो। यो जिल्लामा धेरै उपत्यकाहरू छन्। यसको सिमाना पाँच जिल्लासँग जोडिएको छ। लुम्बिनी प्रदेशको पूर्वी रुकुमरोल्पा पूर्वमा, दक्षिणमा सल्यान, पश्चिममा जाजरकोट र उत्तरतर्फ डोल्पा रहेको छ।

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८९८,६६२—    
२०४८११५,८८८+१.६२%
२०५८१४०,३८७+१.९४%
२०६८१५५,३८३+१.०२%
२०७८१६६,३५४+०.६८%
स्रोत: सिटी पपुलेसन[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, पश्चिम रुकुम जिल्लाको जनसङ्ख्या १,६६,३५४ थियो। जनसङ्ख्याको ९.९२% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ७५.७४% छ र लिङ्ग अनुपात प्रति १०५६ महिलामा १००० पुरुष छ। ९९,१४३ (५९.४६%) नगरपालिकाहरूमा बसोबास गर्दछन्।[]

पश्चिम रुकुम जिल्लाका जातजातिहरू (वि.सं २०७८)[]
  1. क्षेत्री (५३.११%)
  2. कामी (१४.७७%)
  3. मगर (१३.७८%)
  4. ठकुरी (५.९१%)
  5. बाहुन (३.७३%)
  6. दमाई (३.६६%)
  7. सार्की (२.१३%)
  8. दसनमी (१.०६%)
  9. अन्य पहाडी जनजाति (१.०२%)
  10. अन्य (०.८३%)

८५% जनसङ्ख्याको साथ जिल्लामा खस मानिसहरूको बाहुल्यता रहेको छ। क्षेत्रीहरू ५३% जनसङ्ख्या सहित जिल्लामा बहुसङ्ख्यक छन्, जबकि खस दलितहरू जनसङ्ख्या २१% रहेको छ। पहाडी जनजातिहरूले जनसङ्ख्याको १५% ओगटेका छन्, जसमध्ये मगरहरू जनसङ्ख्याको १४% रहेको छ।[]

पश्चिम रुकुम जिल्लामा बोलिने भाषाहरू (वि.सं २०७८)[]
  1. नेपाली (९८.३५%)
  2. मगर खाम (१.२२%)
  3. अन्य (०.४३%)

राष्ट्रिय जनगणना २०७८ अनुसार, जनसङ्ख्याको ९८.३५% नेपाली र १.२२% मगर खामलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[]

पश्चिम रुकुम जिल्लाको धर्मगत तथ्याङ्क (वि.सं २०७८)[१०]
धर्म प्रतिशत
हिन्दु
९७.५३%
इसाई
१.२३%
बुद्ध
०.६१%
प्रकृति
०.५७%
अन्य वा उल्लेख नभएका
०.०६%

पश्चिम रुकुम दुर्गम जिल्ला मानिए पनि २०६३ को दोस्रो जनआन्दोलनपछि यातायात तीव्र रुपमा विस्तार हुँदै गएको छ। हालै सडक निर्माण भएसँगै बस र जीप सेवा काठमाडौँलगायत दक्षिणी मैदान र प्रमुख सहरसँग लिङ्क सहितको सुविधा प्राप्त भएको छ। नेपालगञ्ज र काठमाडौँबाट दुई विमानस्थलले यात्रु उडानका लागि सुरक्षित तर गौण सुविधा प्रदान गर्छन्।

मुसिकोटलाई सल्यान खलङ्गा, तुलसीपुर र महेन्द्र राजमार्ग दक्षिणतर्फ जोड्न राप्ती राजमार्ग (विसं २०६६ सम्म) निर्माणाधीन थियो। अर्कोतर्फ, नेपालकै सपनाको परियोजना "मध्यपहाडी ल‍कमार्ग" निर्माणाधीन अवस्थामा रहेको छ।[११]

राप्ती राजमार्ग

[सम्पादन गर्नुहोस्]

दाङ तुलसीपुरबाट पश्चिमी रुकुम मुसिकोटसम्म लगभग चार घण्टाको बस यात्रा लाग्छ।

मध्य-पहाडी लोकमार्ग

[सम्पादन गर्नुहोस्]

मध्य-पहाडी लोकमार्ग निर्माणाधीन छ। यो १२ अञ्चल, २४ जिल्ला र २१५ गाविस (पुरानो विभाजन) हुँदै जाने राष्ट्रिय गौरवको परियोजना हो। १,७६७ किलोमिटरको कुल लम्बाइ भएको यो राजमार्गले पूर्वमा पाँचथर जिल्लाको चियो भञ्ज्याङलाई पश्चिममा बैतडी जिल्लाको झुलाघाटसँग जोड्छ।

काठमाडौँबाट मुसिकोट पुग्न बस यात्रा २४ घण्टा लाग्छ।

विमानस्थलहरू ‍‍‍

[सम्पादन गर्नुहोस्]

पश्चिमी रुकुममा चौरजहारी र सल्ले गरि दुईवटा विमानस्थलहरू छन्।

चौरजहारी विमानस्थल भेरी नदीको नजिक अवस्थित छ, समुद्र सतहबाट ७६२ मिटर उचाइमा र पैदल मार्ग र घोडाको बाटोबाट मात्र पहुँचयोग्य छ, जसमा ८५० मिटर लामो र ३० मिटर चौडा घाँसे मैदान छ। गृहयुद्ध अघि यो सरकारी, गैरसरकारी संस्थाका कर्मचारीहरू, सहायताकर्मीहरू र ब्याकप्याकरहरूको लागि रुकुमको यात्राको प्राथमिक माध्यम थियो। विमानस्थलमा १० वटा विमान पार्किङ ठाउँहरू छन्।

नेपालगञ्जबाट रुकुम सल्ले विमानस्थलसम्म उडान १५-२० मिनेट लाग्छ।

रुकुम सल्ले विमानस्थल जिल्ला सदरमुकाम मुसिकोट नजिकै अवस्थित छ। राप्ती राजमार्गले सल्ले विमानस्थललाई छोएको हुनाले यो पैदल मार्ग र सडक यातायातद्वारा पहुँचयोग्य छ। यसको धावनमार्ग ६५० मिटर लामो छ जसमा चारवटा विमान पार्किङ गर्न सकिन्छ।

काठमाडौँबाट रुकुमसल्ले विमानस्थलको उडान लगभग ९० मिनेट लाग्छ भने नेपालगञ्जबाट उडान लगभग २० मिनेट लाग्छ।

प्रशासनिक विभाजनहरू

[सम्पादन गर्नुहोस्]

जिल्लामा ६ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिकाहरू रहेका छन्।[१२]

पश्चिम रुकुम जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग
किमी)
जनघनत्व (वर्ग
किमी)
मुसिकोट नगरपालिका खलङ्गा, साँख, चौखावाङ, भलाक्चा, छिवाङस्यालापाखा गाविस वडा नं. ३-४ १४ खलङ्गा ३४,२७० १३६.०६ २५०
चौरजहारी नगरपालिका विजयश्वरी, कोटजहारी, खोलागाउँ, पुर्तिमकाँडा वडा नं. ४,५,९ र नुवाकोट वडा नं. १-२,४-९ १४ विजयश्वरी २८,९५६ १०७.३८ २७०
आठबिसकोट नगरपालिका आठबिसकोट, आठबिस डाँडागाउँ, घेत्मा, गोतामकोटस्यालाखादीमग्मा गाविस (७,८) १४ आठबिसकोट ३५,९१७ ५६०.३४ ६४
बाँफिकोट गाउँपालिका पिपल, बाँफिकोट, झुला, मग्मा गाविस १-६,९ र दुली गाविस वडा नं. ४-६ १० बाँफिकोट २१,०३३ १९०.४३ ११०
त्रिवेणी गाउँपालिका रुगा, खारा, मुरू, पेउघानुवाकोट गाविस वडा नं. ३ १० सिम्रुतु खारानेटा २०,५२५ ८५.४९ २४०
सानीभेरी गाउँपालिका सिम्ली, गराइला, अर्मा, दुली गाविस वडा नं. १-३,७-९ र पुर्तिमकाँडा गाविस वडा नं. १-३,६-८ ११ सिम्ली २४,७५९ १३३.८ १९०
रुकुम जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपालमा अब ७७ जिल्ला !", बाह्रखरी (नेपालीमा), शुक्रबार, भदौ ९, २०७४, अन्तिम पहुँच २६ असोज २०८२ 
  2. "जिल्ला प्रशासन कार्यालय, पश्चिम रुकुम" 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ८ अप्रिल २०१८ 
  5. "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-१०-२२ 
  6. "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)। 
  7. "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  8. ८.० ८.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  9. ९.० ९.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय 
  10. "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  11. "यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २० अप्रिल २०२२ 
  12. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]