सामग्रीमा जानुहोस्

बाँफिकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँफिकोट
बाँफिकोट मा पर्दछ कर्णाली प्रदेश
बाँफिकोट
बाँफिकोट
नेपालको नक्सामा बाँफिकोट गाउँपालिकाको अवस्थिति
बाँफिकोट मा पर्दछ नेपाल
बाँफिकोट
बाँफिकोट
बाँफिकोट (नेपाल)
निर्देशाङ्क: २८°३९′१८″N ८२°११′५७″E / 28.6549°N 82.1992°E / 28.6549; 82.1992
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षजनककुमार वाँठा मगर (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षतारा बुढा केसी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९०.४३ किमी (७३.५३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,०३३
  घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
केन्द्रसाविक बाँफिकोट गाविसको कार्यालय
वेबसाइटbanphikotmun.gov.np

बाँफिकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ३ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पिपल, बाँफिकोट, झुला, मग्मा गाविस वडा नं. १,२,३,४,५,६,९ र दुली गाविस वडा नं. ४-६ यसमा गाभिएका थिए। बाँफिकोट गाउँपालिका पूर्वमा पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका, दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ। यस गाउँपालिकामा १० वटा वडा रहेका छन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाँफिकोट गाउँपालिकाको कुल जनसङ्ख्या २१,०३३ रहेको छ भने यहाँ ४,६०७ घरधुरी रहेका छन्।[]

बाँफिकोट गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
पिपल (१-२)१,५३७१९.८८७७.३१
पिपल (३-९)३,३०६५०.५६६५.३८
बाँफिकोट (३, ८-९)१,७८२३९.१३४५.५४
बाँफिकोट (१-२, ४)२,२७४४.६५४८९.०३
बाँफिकोट (५-७)१,८०३२०.८६८६.४३
मग्मा (२-४, ६)२,२९८८.३४२७५.५३
मग्मा (१, ५, ९)२,९४६२१.१८१३९.०९
दुली (४-६)१,५८०६.७७२३३.३८
झुला (१-५)१,८९५५.११३७०.८४
१०झुला (६-९)१,६१२१३.९९११५.२२
जम्मा२१,०३३१९०.४७११०.४२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ अभिलेखिकरण २०१७-०९-०३ वेब्याक मेसिन