आठबिसकोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आठविसकोट नगरपालिकाबाट अनुप्रेषित)
आठबिसकोट नगरपालिका
आठविसकोट
आठबिसकोट नगरपालिका is located in नेपाल
आठबिसकोट नगरपालिका
नेपालको नक्सामा आठबिसकोट नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39निर्देशाङ्कहरू: २८°४८′N ८२°२३′E / २८.८०°N ८२.३९°E / 28.80; 82.39
देश नेपाल
जिल्लापश्चिम रुकुम
वडा सङ्ख्या१४
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रमुखगोरखबहादुर केसी (नेकपा माओवादी केन्द्र)
 • उप प्रमुखगीता नेपाली (नेकपा माओवादी केन्द्र)
क्षेत्रफल
 • जम्मा५६०.३४ किमी (२१६.३५ वर्ग माइल)
 • क्रमदोस्रो
जनसङ्ख्या
 (२०६८)
 • जम्मा३३६०१
 • घनत्व६०/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटofficial website

आठविसकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। यस नगरपालिकाको स्थापना २०७३ सालमा भएको थियो। यस नगरपालिकालाई आथबिसकोट, आठबीस डाँडागाउँ, घेत्मा, मग्मा, गोतामकोटस्यालाखदीका पूर्व गाउँ विकास समितिहरू गाभेर स्थापना गरिएको थियो।[१] At २०६८ को नेपाल जनगणनाको समयमा यस नगरपालिकामा ६,४२१ व्यक्तिगत घरपरिवारमा बसोबास गर्नेको जनसङ्ख्या ३३,६०१ रहेको थियो।

रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहहरूमध्ये जनसङ्ख्या र क्षेत्रफल दुवै आधारमा ठूलो स्थानीय तहको रूपमा आठविसकोट नगरपालिका रहेको छ। आठबिसकोट नगरपालिकाको क्षेत्रफल ५६०.३४ वर्ग किलोमिटर रहेको छ जुन क्षेत्रफलको हिसाबले देशकै दोस्रो ठूलो हो। यो रुकुम जिल्लाको उत्तरपश्चिममा ठुलीभेरी नदीको किनारमा अवस्थित छ आठबिसकोटको ठुलाकोट मध्यकालीन बाइसे राज्य आठबिस को राजधानी थियो । बि.स.१६०० सालमा रुकुमे राजा दारे जैतम का छोरा कालु बमले दरवार बनाई राज्य स्थापना गरेका थिए । यिनै कालु बमका बाह्रौ पुस्ताका राजा रणउद्दीम शाहीका पालामा बि.स. १८४३ सालमा आठबिस राज्य नेपालमा बिलय भएको थियो भन्ने कुरा बंशावलीमा उल्लेख छ ।राजा काटिएकाले यस क्षेत्रको रेखदेख गर्न सेरो खारो खाने गरी राजाका भैयाद पर्ने हित कल्चु शाही र दण्ड उठती खान पाउने गरी धन्नु मल्ललाई नियुक्त गरियो । रुकुममा राजा काटी राजा कहलिएका राजकुमार विभूती शाहीलाई गोर्खालिले धपाएपछी विभूती शाही आफ्ना भाइसहित मुसिकोट भण्डारीकाडामा बसेका थिए । जुम्ली शोभान शाहीका दूतसङ्ग विभूति शाहीको भेट भयो । आफ्ना सगोत्रीय आठबिसे राजा रणउद्दिम शाही काटिएकाले शोभान शाहीको मद्दतले आफू आठबिसे राजाको हकदार हुने सपना विभूती शाहीले देखे । राजकुमार विभूति शाहीले आठबिस राज्य फिर्ता लिन जुम्लाका शोभान शाहीसङ्ग मिलेर बिद्रोह गरे तर सफल हुन सकेनन् र विभूती शाही जोगीको भेष धारण गरेर भागे भन्ने कुरा स्थानीयले बताउँछन् । करीब १२ वर्ष पछि आम माफी पाई आठबिस फर्की घरजम गरी बसेको कुरा स्थानीय एक बृद्ध गौतम थरका ब्राह्मनको टिपोटमा उल्लेख छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आठविसकोट नगरपालिकाको संक्षिप्त परिचय" (नेपालीमा), नगर कार्यपालिकाको कार्यालय, आठविसकोट, रुकुम पश्चिम ६ नं. प्रदेश, नेपाल, अन्तिम पहुँच १ मे २०१८