सामग्रीमा जानुहोस्

मग्मा

निर्देशाङ्कहरू: २८°४२′N ८२°२३′E / 28.70°N 82.39°E / 28.70; 82.39
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मग्मा
पूर्व गाविस
मग्मा is located in कर्णाली प्रदेश
मग्मा
नेपालको नक्सामा मग्माको अवस्थिति
मग्मा is located in नेपाल
मग्मा
मग्मा (नेपाल)
निर्देशाङ्क: २८°४२′N ८२°२३′E / 28.70°N 82.39°E / 28.70; 82.39
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला
क्षेत्रफल
 • जम्मा४०.३ किमी (१५.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,७२३
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

मग्मा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५७२३ रहेको थियो जसमध्ये २७०८ पुरुष र ३०१५ महिला रहेका थिए भने यहाँ १०९४ घरधुरी रहेको थियो।[] यसको साविकका ७ र ८ नम्बर वडाहरू हाल आठबिसकोट नगरपालिकामा पर्दछ भने (१,२,३,४,५,६,९) वडाहरू बाँफिकोट गाउँपालिकामा पर्दछ।

यसको साविकका ७-८ वडाहरू आठबिसकोट नगरपालिकाको वडा नम्बर १० हो भने २-४,६ वडाहरू बाँफिकोट गाउँपालिकाको वडा नम्बर ६ र १,५,९ वडाहरू वडा नम्बर ७ हो।


सदरमुकाम मुसिकोट खलङ्गा देखि ६ कोष टाढा उत्तर पश्चिममा रहेको मग्मा गाविस ३४ गाविस मध्येको एक हो। मग्मा गाविस राजनीतिक विभाजन अनुसार क्षेत्र नं। २ र इलाका नं। ११मा पर्दछ। पूर्वमा बाँफीकोट पश्चिममा आठविसकोट आठविसडाँडागाउँ दक्षिणमा झुला दुली र उत्तरमा स्यालाखदी गाविसको बीचमा रहेको छ। मग्मा गाविसको ऐतिहासिक पृष्ठभूमिलाई खोतल्दा स्थानीय बुढापाकाहरूको भनाई अनुसार परापूर्वकालमा भान्जाले मामालाई हत्या गरेको र मगरको भाषामा यस गाविसलाई मग्मा भनिएको भनाई रहेको छ। विकासको समयक्रमसँगै मगरहरूले हत्यागरेकालाई मग्मा भनिरहँदा यसै नामबाट मग्मा नाम रहन गएको स्थानीय बासीहरू बताउँछन्। मग्मा गाविसको भौगोलिक अवस्थिति अनुसार २८ डिग्री ४१ मिनेट १५ सेकेन्ड देखि २८ डिग्री ४६ मिनेट १५ सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री २२ मिनेट ३० सेकेन्ड देखि ८२ डिग्री २८ मिनेट १५ सेकेन्ड पूर्व देशान्तरमा रहेको छ। भौगोलिक भू वनावटको आधारमा पहाडी ज्युला गरी दुई भागमा विभाजन गरिएको यस गाविसको नापी शाखा रुकुमको रेकर्ड अनुसार २७ हजार सात सय ७्३ हेक्टर रहेको छ। मग्मा गाविस समुन्द्र सतह देखि एक हजार एक सय ३५ मिटर झारमारेलेक सम्मको उचाईमा रहेको छ। विक्रम सम्वद २०५८ सालको जनगणना अनुसार नौ सय २८ घरधुरी संख्या रहेको यस गाविसमा दुई हजार पाँच सय ९९ महिला र दुई हजार ६ सय ७० पुरुष गरी पाँच हजार दुई हजार
६९ जनसङ्ख्या रहेको छ। सदरमुकाम मुसिकोट खलङ्गा देखि उत्तर पश्चिममा रहेको मग्मा गाविसका अधिकांश मानिसहरूको मुख्य पेशा भनेको कृषि नै हो। यसका साथै यहाँका मानिसहरूको सहायक पेशामा न्यून रूपमा सरकारी नोकरी वैदेशिक रोजगार ब्यापार रहेको छ। आय आर्जन तथा जीविको पार्जनका लागि धेरै जसो मानिसहरू छिमेकी मूलुक भारत कतार मलेसिया अरबतिर जाने गरेको प्रशस्त मात्रामा पाइन्छ। जडिबुटी घरेलु ब्यवसाय घिउ मौरीको मह विकि्र यहाँका मुख्य आयस्रोतहरू हुन्। दुई सय ५० हेक्टर वन क्षेत्रले ओगटेको यस गाविसमा कुरिलो अमला पदमचाल सिल्पारो हाच्छयु झार झ्याउ कुमकुम कटुकी हलहले टिमुर हर्रो दालचिनी पाँचऔले चिराइतो जटामसी बोझो ग्रुजो बादलपाते भलायो आदी जडिबुटीहरू पाइने गर्दछन्। मग्मा गाविसको वडा नं। ५मा भम्पु दह वडा नं। ५मै रहेको मुसे छहरा वडा नं। ७मा झारमारे लेक वडा नं। ५मा पाथिहाल्ना लेक सोही वडामा रहेको खाली पोखरी डोट्के वडा नं। ९को नदुवा भन्ने स्थानमा रहेको विजोर गुफा वडा नं। ४मा रहेको स्यालाखोला नजिकबाँकी भन्ने स्थानमा रहेको अदान लुकाउने गुफा वडा नं। ७मा रहेको खारा छहारा वडा नं। ८मा रहेको सुनचरी छहरा वडा नं। ३मा रहेको मिल्की छहरा यहाँका प्रमुख पर्यटकीय स्मभावना बोकेका स्थानहरू हुन्। यी ठाउँहरूमा मध्ये वडा नं। ४ स्यालाखोलाको नजिकबाँकी भन्ने स्थानमा रहेको अदान लुकाउने गुफाको रमाइलो िकंवदन्ती रहेको छ। स्थानीय बुढापाकाहरूका अनूसार धेरै वर्ष पहिले यस गुफामा भुतहरू वसोवास गर्दथे। भूतलाई गाउँलेहरूले प्रत्येक दिन खाना
पकाउनेलाई भाँडाकुडा दिनेगरेकोमा एक दिन भाँडाकुडा दिन विसर्ी भूत रीसाएर गाउँलेहरू मध्ये कुनै एक घरबाट अदान उखेलेर यस गुफामा लुकाई दिएको हुनाले यस गुफालाई त्यसैबेला देखि अदान लुकाउने गुफाको रूपमा चिनिन थालेको हो। २०१५ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्थापना भई यस गाविसमा पहिलो पटक औपचारीक रूपमा शिक्षाको प्रारम्भ भएको यस गाविसमा हालको ५० दशमलव ६१ प्रतिशत सारक्षरता रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "गाविस सूची", रुकुम जिल्ला विकास समिति